नेपालको पत्रकारिता र दलालपुँजीवाद

२०७८ चैत्र १९ गते, शनिबार

शोभराज बराल

सत्यको नजिकरहेर तथ्यमा आधारित सामग्री सञ्चार माध्यमबाट आमनागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । नेपालमा दुर्ई किसिमले पत्रकारिता गरिन्छ । नेपालको पत्रकारिता बजारमा चलेको एउटा शब्दहो ‘मिसन पत्रकारिता’ र अर्को हो ‘व्यवसायिक पत्रकारिता’ । मिसन पत्रकारिता निश्चित उद्देश्य प्राप्तिका लागि गरिन्छ । यो निश्चित समयका लागि हुन्छ । व्यवसायिक पत्रकारिता आर्थिक उपार्जनका लागि गरिन्छ, जसलाई केही दलालहरुले र केही डलरवादीहरुले स्वतन्त्र पत्रकारिता पनि भन्ने गरेका छन्् । मिसन पत्रकारिताका बारेमा थुप्रै सामग्रीहरुले लेखिएका छन््, पढिएका छन्् । यो लेख व्यवसायिक पत्रकारिता वा स्वतन्त्र पत्रकारितामा केन्द्रीत छ । यसलाई अर्को भाषामा पत्रकारिताको दलालीकरण भनेर पनि व्याख्या गर्न सकिन्छ ।

पहिलो कुरा त संसारमा वर्ग रहेसम्म स्वतन्त्र पत्रकारिता भन्ने हुँदै हुँदैन । उहिल्यै कार्लमाक्र्सले वर्ग विभाजित समाजमा पत्रकारिता स्वतन्त्र हुन सक्दैन भन्नु भएको थियो । समाजमा कि मिसन पत्रकारिता हुन्छ कि व्यवसायिक पत्रकारिता हुन्छ । मिसन पत्रकारितामा मिसनलाई केन्द्रमा राखिएर खोज अनुसन्धानमूलक सामग्री पाठक ÷ दर्शक ÷ श्रोतका आवश्यकता र मागअनुसार प्रकाशन ÷ प्रशारण गरिएका हुन्छन्् । त्यसमा उत्पीडित जनताको आवाज बोलिन्छ, जनताका समस्यासँग एकाकार भएर, जनतालाई केन्द्रमा राखेर समाचार वा समाचार सामग्री तयार पारिन्छ ।

व्यवसायिक पत्रकारितामा समाचार वा सामाचार सामग्रीमा खासै ख्याल गरिँदैन । समाचार वा सूचनालाई आधार मानेर समाचार खरिद–विक्रीको धन्दा चलाइन्छ । हरेक दिन हजारौँ समाचारहरुको हत्या हुन्छ र सम्झौतामा गएर ती समाचार सामग्रीहरुलाई वस्तुको भाउमा बार्गेनिङ गरिन्छ । यसमा जनताको आवाज बोलिँदैन, पीडितको पीडामा नुनखुर्सानी दलेर झन् धेरै पीडा दिने काम गरिन्छ र दलालहरु त्यही पीडामा बार्गेनिङ गर्छन् अनि आर्थिक उपार्जनको माध्यम बनाउँछन्् । यसका केही उदाहारण छन्् । जस्तो, २०७८ साल मंसिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लगायतका उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तरहीन भएको भन्दै यस्तो सिमेन्टको विक्रीवितरणमा रोक लगाउँदै कारवाही ग¥यो । विभागको विज्ञप्ति आए लगत्तै विभिन्न अनलाइन तथा इलेक्ट्रोनिक संचार माध्यमहरुमा समाचार सम्प्रेषित भए । अनलाइन, रेडियो र टेलिभिजनमा सामाचार प्रशारण भए पनि पत्रिकामा समाचार आउन भोलिपल्ट कुर्नुपर्छ । त्यसबीचको बाँकी समयमा बार्गेनिङको धन्दा चल्यो । अन्ततः पत्रिकाका लागि मारुती सिमेन्टबारेको समाचारको हत्या भयो र पत्रिकाहरु मोटाए । भोलि बिहानको पत्रिकामा समाचार आउनको सट्टा मारुती सिमेन्टको समाचार खण्डन गरेको विज्ञप्ति छापियो ।

समाचारको खण्डनको सामान्य सिद्धान्त हो, जुन संचार माध्यममा समाचार प्रकाशन÷प्रशारण भएको होे, त्यही संचार माध्यम खण्डन पनि प्रशारण वा प्रकाशन हुनु । समाचार अनलाइन, टेलिभिजन र रेडियोमा आयो तर खण्डन पत्रिकामा छापियो । अनलाइनमा समाचार पढ्ने पाठकका लागि खण्डनले छोएन, रेडियो सुन्न श्रोताका लागि छोएन, टेलिभिजन हेर्ने दर्शकका लागि पनि त्यो खण्डनले काम गरेन । जसले समाचार पढेकै थिएन त्यसमा खण्डन छापियो । अर्को अर्थमा भन्दा थाहै नपाएको विषयमा विज्ञप्ति आएपछि पत्रिकाका दर्शक पनि समाचार खोज्न लागे । भलै अर्कोदिन केही अनलाइन, रेडियो र टेलिभिजनमा पनि उसको खण्डन आयो, जुन संचार माध्यममा समाचार आएकै थिएन ।

विभागले विज्ञप्ति निकाल्दै, ‘यस विभागबाट विभिन्न मितिमा बजार अनुगमनको क्रममा संकलित नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त देहायबमोजिमको वस्तुको नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तर बमोजिम नपाइएकोले नेपाल गुणस्तर (प्रमाण–चिन्ह) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम देहायअनुसारको कारवाही गरिएको छ ।’

विभागले संकलित नमुनामा ऋयmउचभककष्खभ भलनतज ९ःएब० र २८ दिनको क्रमशः ३१ र ३७ हुनुपर्नेमा क्रमशः न्यूनतम ३३ र ४३ रहेको पाइयो । यो नेपाल गुणस्तर ५७२ बमोजिम नरहेको पाइएकाले ओ.पि.सि. ४३ ग्रेडको विक्रीवितरण रोक्न, उपरोक्त व्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन साथै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारवाही गरेको थियो । विभागले विज्ञप्ति निकालेर कारवाही गर्दै विक्रीवितरणमा रोक लगाउँदा पनि मारुती सिमेन्टले विभिन्न पत्रिकामा विज्ञप्ति छाप्नप¥यो । ‘विगत केही दिनदेखि मारुती सिमेन्टको गुणस्तरप्रति लक्षित समाचारहरु सम्प्रेषित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उसको विज्ञप्तिमा लेखिएको थियो, ‘मारुती सिमेन्ट आधुनिक प्रविधिबाट गुणस्तरीय ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने निजी क्षेत्रको पहिलो उद्योगको रुपमा आपूmलाई परिचित गराउन सफल उद्योग हो र आफ्नो उत्पादनको १५ वर्षदेखि नै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन नदिई नेपालको सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको सर्वबिदितै छ ।’

‘मारुती सिमेन्ट ५३ ग्रेडको ओ.पि.सी. र ४३ ग्रेडको ओ.पि.सी. सिमेन्ट ल्क् बाट प्रमाणित भई उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुनुका साथै नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपालकै सर्वप्रथम ल्क्रक्ष्क्इ ढण्ण्ज्ञडज्ञद्धण्ण्ज्ञ प्राप्त गर्ने पहिलो कम्पनी बन्न सफल भएको हो ।’ उसको विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘हामी हाम्रो उत्पादनको गुणस्तर चुस्त–दुरुस्त कायम राख्न सदैव चनाखो र प्रतिबद्ध छौं । हाम्रो उत्पादनको गुणस्तर सुनिश्चितताका लागि हामीले आफैँ समय–समयमा विस्तृत परीक्षण तथा विश्लेषण गर्ने गर्दछौं र यो कार्य अहिले पनि निरन्तर गर्दै आइरहेकोमा विश्वास दिलाउन चाहन्छौं ।’

उसले विज्ञप्तिमा निश्चिन्त भई ढुक्कसँग मारुती सिमेन्ट प्रयोगलाई निरन्तरता दिन ग्राहकलाई समेत आग्रह गरेको थियो । ‘विगत १५ वर्षभन्दा लामो समयदेखि हाम्रो उत्पादनप्रति समस्त ग्राहक तथा उपभोक्ता महानुभावहरुले देखाउनुभएको विश्वास तथा भरोसाका लागि हामी हृदयदेखि नै आभारी छौं साथै निश्चिन्त भई ढुक्कसँग मारुती सिमेन्ट प्रयोगलाई निरन्तरता दिनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’ विज्ञप्तिमा भनिएको थियो । गुणस्तर तथा नापतौल विभागका लागि योभन्दा ठूलो अपमान अरु के हुन सक्छ, पत्रिकामा समाचार नआएर विज्ञप्ति आएपछि विभागका कर्मचारी पनि झस्किए । मारुती सिमेन्टले र सबै पत्रिका किनिसक्यो भन्ने प¥यो, उनीहरुले पनि बार्गेनिङ गरे र सिमेन्ट माथिको कारवाही प्रक्रिया रोकियो ।

यस्तै अर्को एउटा घटना पनि हालसालै घटेको छ । गोरखापत्र दैनिकका पत्रकार देवबहादुर कुँवरले नारायणहिटी दरबारमा रेष्टुरेन्ट बन्न लागेको समाचार सम्प्रेषण गरे । यो समाचार सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रधानमन्त्रीपत्नी आरजु देउवा र नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकासका कार्यकारी निर्देशक भेषनारायण दाहालको छट्पटी सुरु भयो । समाचार देख्नेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले एक्सनमै उत्रिए । देशभरका मिडियाहरुलाई बतासले अवमूल्यन गर्दै आएको थियो । त्यही भएर एक हप्तासम्म नारायणहिटीभित्र व्यवसाय गर्न ठेक्का पाएको बतास समूहको समाचारले संचार माध्यम भरिए । ठाउँँठाउँँमा अनियमितता भएका विषयहरु आए । आनन्दराज बतासले नेतृत्व गरेको बतास समूहलाई अपराधी करार गरियो । ‘विचौलिया, दलाल, भ्रष्ट’ के–के उपनाम दिएर बतास समूहको बद्नाम भयो । देशभरका सार्वजनिक सम्पत्ति कौडीको भाउमा भाडामा लिएर चर्को आर्थिक लाभ लिएको आरोप उनीमाथि लाग्यो । केही दिन अघि पत्रकार कुँवर नारायणहिटी भ्रमणमा गएका थिए । उनले नारायणहिटी संग्राहलय परिसरभित्र भौतिक संरचना निर्माण भइरहेको देखे । त्यसबारेमा खोजिनीति गर्न थाले । त्यहाँ कार्यरत मजदूरहरुसँग उनले सामान्य जिज्ञासा राखे । जवाफमा उनीहरुले यहाँ रेष्टुरेन्ट बन्न लागेको जानकारी दिए । यो कुरा सही सत्य के हो बुझ्न उनले नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिलाई सम्पर्क गर्ने प्रयास गरे । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मामुली पत्रकारलाई भेट्न चाहेनन् । पत्रकारले बतास समूहका आनन्द बतासलाई सम्पर्क गर्ने प्रयास गरे । उनीहरु कोही पनि सम्पर्कमा आएनन् । कार्यकारी निर्देशक दाहालले गोरखापत्रका रिपोर्टरलाई किन भेट्ने सम्पादकसँग राम्रो सम्बन्ध छ भनेर नजरअन्दाज गरे भने बतासले पनि पत्रिकाको मालिक प्रधानमन्त्रीसँग घनिष्ठ सम्बन्ध छ, मलाई किन चाहियो पत्रकार भनेर ‘इगनोर’ गरे । समाचार सार्वजनिक भइसकेपछि पनि बतासले मिडियालाई पहुँच दिएनन् । जसको परिणाम ऋषि धमलाको टेलिभिजन प्राइम टाइम्स टेलिभिजनले ‘स्ट्रिङ अप्रेशन’ गर्नुप¥यो । त्यही ‘स्ट्रिङ अप्रेशन’ पछि बतासको आन्द्राभुँडी थाहा भयो । मिडियोसँग भाग्दै हिँडेका बतास अहिले आएर त्यही मिडियासँग गुहार मागिरहेका छन्् । अहिले उनी सानादेखि ठूला मिडियामा आपूm निर्दोष रहेको बताइरहेका छन्् । उता पत्रकारलाई समय दिन नसक्ने कार्यकारी निर्देशक दाहालले समितिबाट राजीनामा दिएका छन्् ।

मथिका दुर्ई घटना सामान्य प्रतिनिधि घटना मात्र हुन् । पहिलो घटनामा मारुती सिमेन्टसँग मिडिया हाउसहरुको डिलिङ भयो र महत्वपूर्ण समाचारको हत्या भयो । दोश्रो पत्रकारले व्यवसायी र समितिका कार्यकारी निर्देशकसँग सम्र्पकै भएन । पत्रकारले प्रतिशोध साँधेकाले समाचार छापियो । सिधा भनौं, पहिलो समाचारमा दुबैको स्वार्थ मिल्यो र समाचारको हत्या भयो । दोश्रोमा कुरै हुन पाएन र सामाचार लिक भयो । दुबै घटना दलाल पुँजीवादका विशेषता हुन् । आर्थिकलाई केन्द्रमा राख्दा ठूला ठूला काण्डहरु सेटिङमा मिलाइएका छन्् भने सेटिङ मिलाउन नसक्दा हुँदाखाँदाको जागिरबाट च्युत हुनुपरेको छ । दुबै घटनामा पीडित जनता हुन् । जिन्दगीभर कमाएको सम्पतीले बनाएको घर सिमेन्टकै कारण भत्कियो भने यसको दोषी को हुन्छ ? नेपालमा बेलामैकामा भूकम्प गइरहन्छ, सिमेन्टकै कारण भूकम्पले भौतिक संरचना भत्किएर ज्यानै गयो भने यसको जिम्मेवार को हुने ? पत्रिकामा विज्ञप्ति छापेकै कारण मारुती सिमेन्टकोे गुणस्तर बढ्ने हो र ? विभागका कर्मचारीलाई आर्थिक सहयोग गरेकै कारण सिमेन्टलाई कारवाही नहुने हो र ?

यो त दलाल पुँजीवादको उत्कृष्ट नमुना हो । पत्रकारिताको दलालीकरण हो । पैसा भए सबै किन्न सकिन्छ भन्ने दलाल मानसिकताको उपज हो । यो व्यवस्था रहेसम्म नागरिकले सामाजिक न्यायाको अनुभूति गर्न पाउने छैनन् । आफैँले बनाएको घरमा असुरक्षित भएर बस्नुपर्ने बाध्यता रहिरहने छ । दलाली गरेर पत्रिका चलाउनु पर्ने बाध्यता जीवितै रहनेछ । त्यसका सबैको अपनत्व हुने, सबै समान हुने, जनताको व्यवस्था, उत्पीडित जाति, जनजाति, मजदुर, किसान, विद्यार्थीको व्यवस्था आवश्यक छ । त्यो व्यवस्था भनेको वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भई संघर्ष गर्न तयार हुने आवश्यक छ । भन्न त अरु संसद्वादी पार्टीहरुले पनि आफ्नो लक्ष्य ‘समाजवाद’ भन्ने गरेका छन्् । तर, उनीहरुले भन्ने गरेको मिर्चैयाको ‘बूढो बाजेको पेडा पसल’भने जस्तै हो । बूढो बाजेको फोटो टासिएन भने मिर्चैयामा पेडा विक्री हुँदैन । त्यस्तै नेपालका संसदीय राजनीतिक दलहरुले समाजवाद लेखिएनन् भने भोट बटुल्न सकिँदैन भन्ने मानसिकताले काम गरेको पाइन्छ । साँच्चै समाजवाद ल्याउने हो भने झण्डै दुर्ई तिहाई बहुमत प्राप्त तत्कालिन डबल नेकपाले किन संविधानमै लेखिएको स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी गर्न सकेन । यिनीहरुले त देशमा झन् धैरै दलालीकरण गरे । दलाल पुँजीवादका नाइकेहरुलाई सहयोग गर्दै प्रतिगमनको बाटो समाते र जनता माथि ऋणको भारी थपिदिए ।

तसर्थ, नाम मात्रका कम्युनिस्ट वा समाजवादको नारा दिने राजनीतिक दलहरुबाट देशमा समाजवाद आउँदैन । त्यसका लागि वास्तविक जनताको मुक्ति चाहने, समाजवाद स्थापना गर्नेबाहेक अर्को कुनै लक्ष्य नभएको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर समाजवाद स्थापनाको आभियानमा लामबद्ध होऊँ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु