श्रमिक समुदाय र मुक्तिको प्रश्न
यो समुदायको प्रतिनिधित्व गर्ने नेतृत्वदायी संगठनको नाम राख्ने सम्बन्धमा अहिले व्यापक बहस छ । यसको नाम दलित शब्दसँग जोडेर राख्ने कि छुट्टै राख्ने भन्ने चर्चा छ । यद्यपि, यो बहस नयाँ भने होइन । नेपाल र भारतमा पनि यसबारे लामो समयदेखि बहस चलिरहेको इतिहास छ । यो सङ्गठनको नाम राख्दा दलित शब्दको अर्थ, महत्व र घनत्वबारे स्पष्ट हुन जरुरी छ । दलित शब्दको पहिलो पटक भारत महाराष्ट्रका समाज सुधारक ज्योतिबा फुलेले गरेको मानिन्छ । नेपालमा विस. २०२४ सालमा नेपालमा पहिलोपटक दलित नामनै उल्लेख गरेर नेपाल राष्ट्रिय दलित जनविकास परिषद् गठन भएको थियो । कथित अछुत समुदायकै साझा परिचयका रुपमा दलित शब्द प्रयोग गरिएको थियो । भारतमा कथित पहिला तल्लो जात वा अछूत भनी सम्बोधन गरिने दलित समुदायलार्ई अंग्रेजको शासनकालमा सन् १९३० पश्चात राज्यले अप्रेस्ड क्लासेज भन्ने शब्द प्रयोग गरेको थियो, जसको अर्थ उत्पीडित वर्ग भन्ने हुन्छ । डा. भिमराव अम्बेडकरले अछूत, अप्रेस्ड र दलित आदि प्रायः सबै शब्दको प्रयोग गरेका छन्् । सन् ७० को दशकमा भारतमा चलेको ‘दलित प्यान्थर मुभमेन्ट’ले दलित शब्दलार्ई बढी प्रचार र स्थापित गर्न सहयोग पु¥यायो ।
दलित शब्दलार्ई हेर्ने दृष्टिकोण
अहिले तीन कोणबाट दलित शब्द हटाउने कुरा उठिरहेको छ । एक, नकारात्मक कोणबाट जसले दलित एकता भाँड्ने मनसायसहित यो शब्द हटाउने र दलित समुदायलार्ई शक्तिहीन बनाउन चाहन्छ । दुई, ज्ञानको कमजोरीका कारण । उनीहरु आपूmले आफंैलार्ई किन दलित भन्ने, दलित भनिरहँदासम्म त दलित अवस्था रहिरहने भयो भन्ने सोच्छन्् । र तीन, कुनै पनि वस्तु वा शब्द समयानुकूल फेरिन्छ र फेरिनुपर्छ भन्ने दृष्टिकोण । अहिलेसम्म वर्णव्यवस्थाअन्तर्गत जातप्रथा भित्र सबैभन्दा पिँधमा पारिएको वर्गीयरुपमा श्रमजीवि, सांस्कृतिकरुपमा बहिष्कृत र पानी अचलसमेत बनाइएका जातहरुको साझा परिचयका रुपमा दलित शब्द प्रयोग हँुदै आएको शब्द हो । दलित कुनै एउटा जात ९अबकतभ० वा जाति ९ल्बतष्यलबष्तिथ० नभएर ती पानी अचल बनाइएका जातहरुको राजनीतिक, आर्थिक र सांस्कृतिक अवस्था हो ।
कुनै पनि विषयवस्तु आफैंमा गतिशील र परिवर्तनशील हुन्छ । जुन कुरा पहिला ठीक थियो त्यो अहिले नहुन सक्छ । जुन पहिला ठीक थिएन, अहिले ठिक हुनसक्छ । दलित शब्द कुनै समयमा ठीक थियो तर आजको समयमा यसले दलितको एउटा पाटोलार्ई मात्र सम्बोधन गरेको छ । यो समुदाय उत्पीडित र असंगठित रहेको अवस्थामा दलित समुदायको उत्पीडनको पाटोलार्ई सम्बोधन गर्ने सन्दर्भमा ‘दलित’ पदावली सही र सान्दर्भिक थियो । तर, आज यो समुदायको परिभाषा अलि फराकिलो ढङ्गले गर्नुपर्ने भएको छ । दलित समुदाय उत्पीडित त हो नै यसका साथै यसको अर्कै गौरवमय र ऐतिहासिक परिचय, पहिचान र अर्थ पनि छ । दलितभित्रका विज्ञान प्रविधिमा काम गर्ने कामी, प्रविधिका काम गर्ने चमार, सार्की, दमाईलगायत वैज्ञानिक प्राविधिक छन्् । त्यसैगरी, संगीतका क्षेत्रमा काम गर्ने गन्धर्व, वादी, दमाईलगायत सर्जक जातिहरु छन्् । बस्तीमा चौकीदारी गर्ने परम्परागत पेशाका दुसाध, खेतीयोग्य भूमिको निर्माण गर्ने मुसहर जो सेवा र उत्पादनकार्यसँग सम्बन्धित छन्् । त्यस्तै, डोम, हलखोर, च्यामे, पोडेजस्ता जात छन्् जो मूलतः सेवा क्षेत्रका आबद्ध हुन् । सारमा भन्नु पर्दा दलित समुदाय भनेका वैज्ञानिक, प्राविधिक, स्वास्थ्य प्राविधिक, औषधी शास्त्री आदि हुन् । यस अर्थमा भन्नुपर्दा वर्णव्यवस्थामा आधारित हिन्दु समाजका वास्तविक बहुसंख्यक श्रमिक भनेका शुद्र र दलित हुन । उपर्युक्त कुराबाट यो निश्कर्ष निकाल्न सकिन्छ कि यो समुदाय समाजको सबैभन्दा गौरवशाली श्रमिक मानव समुदाय हो । यसर्थ अब यो समुदायलार्ई उत्पीडनमा परेको, हेपिएका, थिचिएका तथा विभेद र छुवाछूतमा परेको समुदायको रुपमा मात्रै नामाकरण गर्दा अपुरो हुन जान्छ । अब यो समुदायले आफ्नो ऐतिहासिक श्रमजीवि पहिचान, वैज्ञानिक, सर्जक, संसारको निर्माता, राज्यको एउटा हिस्सेदार र सञ्चालकको रुपमा आफ्नो पहिचान र नाम स्थापित गर्न सक्नुपर्छ । मूलतः चार कारणले यो समुदायको नामाकरण नयाँ ढङ्गले गर्न जरुरी छ । एक, अहिलेको विकसित वस्तुस्थिति र यो समुदायको चाहना र मनोविज्ञानलार्ई सम्बोधन गर्न वा विशेषगरी युवायुवतीका माग । दुई, यो जाति नभएर उत्पीडित समुदाय हो, राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक अवस्था हो, यो पहिचानको मुद्दा नभएका कारण । तीन, यो समुदायको पहिचान उत्पीडित र हेपिएको होइन, बरु यो त संसारको निर्माता, सर्जक, वैज्ञानिक तथा श्रमिक समुदाय हो । र चार, यो समुदाय एक्लैले अलग–अलग भएर यो समस्या समाधान हुँदैन । यसका लागि सम्पूर्ण उत्पीडित जाति, जनजाति र श्रमिक समुदाय नयाँ तरिकाले एकताबद्ध भएर अघि बढ्न आवश्यक छ । तसर्थ, यस समुदायलार्ई “श्रमिक समुदाय” भन्नु उपयुक्त देखिन्छ ।
वर्ग र जातिको विकास
यो संसारमा पहिला वर्गको जन्म भयो कि जातिको भन्ने सन्दर्भमा विचार गर्दा पहिला वर्गको जन्म भएको देखिन्छ । चार युगहरु आदिम साम्यवाद, दास युग, सामन्ती युग र पुँजीवादको चर्चा गर्ने हो भने आदिम साम्यवादमा कुनै वर्ग, जाति, धनी र गरीब भन्ने थिएन । सानो र ठूलो भन्ने थिएन र स्वभाविकरुपमा विभेद, असमानता, उत्पीडन र छुवाछूत पनि थिएन । मानवसमाजको विकासको क्रममा पहिला निजी सम्पत्तिको शुरुवातसँगै समाजमा वर्ग र निजी सम्पत्तिको रक्षाको लागि वर्गीय राज्यसत्ताको स्थापना गरियो र समाजमा शासक र शाषित, शोषक र शोषित, बसीखाने र कामगरी खाने वर्ग बन्न पुग्यो । सत्तासंघर्षको क्रममा शोषक र बसीखाने वर्गले आफ्नो शक्ति, निजी सम्पत्ति, वैभव र लुटको स्वर्ग बचाई राख्न आदर्शवादी दर्शन र धर्मको नाममा विभिन्न प्रपञ्च रचेर पहिला वर्णव्यवस्थाका साथै जात–जातिमा विभाजनका साथै उँच–निच, विभेद, छुवाछूतजस्ता विभेदकारी नीति निर्माण गरे । यसका साथै श्रमिक वर्ग र समुदायलार्ई फुटाएर शासन सत्तालार्ई दिर्घजीवि बनाए । वर्णव्यवस्थामा आधारित जातविभाजन र छुवाछूतको मूल कारण निजी सम्पत्ति, शारीरिक श्रमप्रतिको घृणा, जनतालार्ई फुटाएर शासन गर्ने चिन्तन र राज्य–व्यवस्थासँग सम्बन्धित छ । भारत र नेपालमा अछूत बनाइएका श्रमिक समुदाय अरु कोही नभएर मूलतः राज्यसत्ता संघर्षको क्रममा पराजित भै दास बनाइएका र सत्ताधारीका विरोधीहरु(विद्रोही) हुन् । जे सुकै कारण र बहानामा उनीहरुलार्ई शूद्र, अछूत वा पछि आएर दलित समुदायको रुपमा नामाकरण गरिए पनि यसको मूख्य कारण भनेको राजनीतिक व्यवस्था नै हो भन्ने कुरा बुझ्न कठिन छैन् । भारत र नेपालमा शूद्र र अछूत निर्माणको पृष्ठभूमि र प्रक्रिया फरक छ । भारतमा यो प्रक्रिया मानव समाज विकासको प्रारम्भिक चरणमा भएको थियो भने नेपालमा यो भारतबाट ल्याएर थोपरिएको थियो ।
नेपालका दलित कुनै जाति नभएर पहाडका आर्य जाति अन्तरगत अछूत बनाइएका उत्पीडित श्रमिक समुदाय, मधेसका अष्ट्रो–द्रविड अन्तर्गत उत्पीडित श्रमिक समुदाय र उपत्यकामा नेवाः भित्रका उत्पीडित श्रमिक समुदाय हुन् । त्यसैले यो समुदायलार्ई उत्पीडित श्रमिक समुदाय भनेर नामाकरण गर्नु र स्थापित गर्न उपयुक्त देखिन्छ । जब निजी सम्पत्तिको रक्षाका लागि शक्तिको आर्जन गर्ने क्रममा राज्यसत्ताको उत्पत्ति भयो त्यसपछि वर्ग निर्माणका साथै विभेदको पनि सुरुआत भयो । मानव समाजको प्रारम्भिक समूह परिवार हो । त्यसपछि गोत्र(कुल), कविला, प्रजाति (जनजाति) हुँदै जातिको विकास भएको हो । स्तालिनका अनुसार, जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन र साझा संस्कृतिमा अभिव्यक्त हुने मनोवैज्ञानिक स्वरुपको आधारमा निर्मित एक ऐतिहासिकरुपले स्थापित र स्थिर जन–जनसमुदाय हो । समाज विकासको प्रक्रिया नियमित प्रक्रिया हो । यो प्राकृतिक र वैज्ञानिक ढङ्गले अघि बढ्छ । जहाँ समाज विकासको प्रक्रिया स्वभाविक तरिकाले आफ्नै नियममा अघि बढ्यो त्यहाँ समाज र राष्ट्रराज्यले विकास ग¥यो, कुनै किसिमको सामाजिक विभेद भएन । तर, जहाँ स्वभाविक समाजविकासको नियम विपरित केही टाठा–बाठा, बसीखाने शोषक–सामन्त र शासकवर्गले निहीत स्वार्थ र सनकमा अर्कै नियम र व्यवस्था निर्माण गरे त्यहाँ गत्यावरोध, अशान्ति, द्वन्द्व र विभेद पैदा भयो । कथित शूद्र र अछूत निर्माणको पृष्ठभूमि र प्रक्रिया पनि यस्तै छ । यो मानव समाज विकासको स्वभाविक र प्राकृतिक नियम अनुसार भएको छैन् । यो केही मानिसहरुको कल्पना, सनक र स्वार्थमा पछि थोपरिएको हो ।
छुवाछूत र विभेदबाट मुक्तिको सवाल
छुवाछूत प्रथा – वर्णव्यवस्था र हिन्दुधर्मीय समाजको सामाजिक विकृति हो । यो समस्या समाधानको लागि हामीले समाज विकासको नियमलार्ई समात्नु पर्छ । यो पछि समाज विकासको नियम विपरित थोपरिएको समस्या भएकाले यो पहिचानको मुद्दा होइन । यो एउटा उत्पीडित र वञ्चितीकरणमा परेको अवस्था हो । राजनीतिक, आर्थिक अधिकार प्राप्ति र सामाजिक–सांस्कृतिक रुपान्तरणसहितको अन्तरघुलनपछि यो समस्या रहँदैन । त्यसपछि सम्बन्धित जाति र समुदायमा अन्तरघुलित हुने भएका कारण अल्पकालका लागि यो पहिचान र अस्तित्वको सवाल भएता पनि दिर्घकालमा यो रुपान्तरण, अन्तरघुलन र उन्मूलनको मुद्दा हो । यो समुदायको जातिगत विशेषता पहाडमा खस–आर्य, मधेसमा अष्ट्रो–द्रविड र उपत्यकामा नेवाः समुदायसँग सम्बन्धित रहेको र यो समुदाय निश्चित भूगोलमा नभइ देशैभरि छरिएर रहेका कारण पनि यो समुदाय छुट्टै पहिचानसहितको अस्तित्वमा रहिरहने कुरा वैज्ञानिक देखिंदैन । मधेसमा कतिपय राजनीतिक र आर्थिक सुविधाका लागि दलित बन्न चाहने र नेवाः भित्र दलित बन्न नचाहने बरु त्यही जातिमा अन्तरघुलित हुन चाहने कुराले पनि यो मुद्दा पहिचान वा छुट्टै अस्तित्वको विषय होइन भन्ने पुष्टि हुन्छ । भारतमा अम्बेडकरले यो समुदायलार्ई गाउँबाट स्थानान्तरण गरेर शहरमा बसाल्नेजस्ता थुप्रै विकल्पमा विचार गरे पनि अन्ततः उनी अन्तरघुलनकै विधिमा पुगेका थिए । तर राज्यव्यवस्था र आर्थिक प्रणाली परिवर्तनसहितको सामाजिक–सांस्कृतिक अन्तरघुलनको बाटो छोडेर धर्मपरिवर्तनको भ्रमपूर्ण र अवैज्ञानिक बाटोमा लाग्दा उनी असफल हुन पुगे ।
वर्णव्यवस्थामा आधारित रहेर प्रारम्भमा शूद्र, अछूत हुँदै हाल आएर दलित समुदायको रुपमा परिचित ऐतिहासिक सर्वहारा वर्गको पूर्ण मुक्ति वर्णव्यवस्थामा आधारित जातव्यवस्थाको उन्मूलन र अत्यधिक निजी सम्पत्ति केन्द्रीकरणको अन्त्य र समुदाय वा राज्यको सामूहिक सम्पत्तिको निर्माणसँग सम्बन्धित छ । राज्यव्यवस्था परिवर्तन, आर्थिक प्रणाली परिवर्तन सहितको समृद्धिसँगै सामाजिक–सांस्कृतिक रुपान्तरण, अन्तरघुलन र विभेद उन्मूलन नै यो समस्याको सही समाधान हो । सामाजिक–सांस्कृतिक रुपान्रणको विषय तीनवटा प्रक्रियाबाट अघि बढाउनु पर्दछ । पहिलो, यो समुदाय थर र गोत्रमा फर्किनु पर्दछ, दोश्रो, पहाड अन्तरगत खस–आर्यसँग, मधेसका अष्ट्रो–द्रविडसँग र नेवाःभित्र अन्तरघुलित हुनु पर्दछ । तर, अन्तरघुलित खस–आर्य, अष्ट्रो–द्रविड र नेवाःलगायत अन्य जनजाति पनि पुरानै पहिचान र अस्तित्वमा सदासर्वदा रहनु प्रकृति, मानव समाज विकासको नियम विपरित हुन्छ । सामूहिकतामा निरन्तर गतिशील र रुपान्तरण भइरहनु नै कुनै पनि वस्तु, समाज र विज्ञानको नियम हो । तसर्थ, सबै जाति पुरानो पहिचान र अस्तित्वबाट माथि उठेर नयाँ अन्तर्राष्ट्रिय मानव जातिमा विकास वा परिवर्तन हुनुपर्दछ । र त्यसको साझा आधार श्रम हुन सक्छ । श्रम गर्नेहरुको नयाँ मानव जाति ।
(लेखक ः श्रमिक समुदाय मोर्चा, नेपालको अध्यक्ष हुन्)