बिना आधार बहुमत लेख्दै जग हसाउने काम नगरौं
संख्याको आधारमा हुने कुरा हो ‘बहुमत र अल्पमत’। संसारका जुनसुकै शब्दकोषले यही भन्छ । तर यहाँ बैज्ञानिक बिधि मान्यता एकातिर छ मूढ पेलाई अर्काेतिर छ। बिचार र सिद्धान्तलाई छोडे जे पनि हुने रहेछ। के ६९ जनामा ११ जना बहुमत हुनसक्छ ? यो पंक्तिकारले नबुझेको रहेछ भने बुभाउन अनुरोध छ।
प्रसंग हो, क सुदर्शन र कन्चनले ११ जनाको अल्पमतलाई बहुमत भनेको हास्यात्मक नाटक मंचन। यो भद्दा नाटक हो वा प्रहशन ? १२ औं बैठकमा जम्मा ६९ जना हुन्छन् । त्यसमा ११ जना पलायन हुन्छन् भने ११ जना बुमत हुन्छ कि ५८ जना ? के आधारमा बहुमत भनियो ? यसको जबाफ केही छैन। यो मुढ पेलाई वा दुनिया हसाउने कुरा नभएर के हुन सक्छ ? मेरो खुल्दुली यही हो। कुनै पनि चिजमा बस्तुगत आधार हुन्छ। पार्टी फुटाउने मनशाय थियो भने पार्टीबाट अलग हुन सकिन्छ। यो अर्कै पाटो भयो। अस्वस्थताका कारण पहिले जस्तै नलेखे पनि यो हास्यात्मक अकगणितले मलाई लेख्न कुतकुती लागेर आयो। कसुबाट पार्टी फुट्यो। यो वास्तबमा कम्युनिष्ट पार्टी कै घाटा हो।
अहिले साम्राज्यबादी र यसैको पृष्ठपोषक दलाल पुँजिबादले कम्युनिष्टलाई चिरा चिरा पारेर यसको बिउ नै समाप्त पार्न खोजेका छन्। के कसुले यही खोजेका हुन्? सिद्धान्तमा के फरक छ ? बिचारमा के तलमाथि छ ? यसैले कतै बाहिरी शक्ति त लागेको छैन ? भन्ने प्रश्न उठ्छ। कसुको ध्यान कम्युनिष्ट पार्र्टीको बृद्धि गर्न होइन कि यसलाई कसरी बिखण्डन गर्ने हो भन्ने कुरामा ध्यान छ। यो सरासर कुर्सीको खेल नभएर के हुन सक्छ ? नेकपा बिप्लबको नेतृत्वमा एमसीसी र एसपीपीको बिरोध जनाउन जनताले ठूलो साथ र सहोग दिएका थिए। हुन त नागरिक समाजबाट पनि ठूलो साथ सहयोग मिलेको थियो। तर नेकपामा नेतृत्व दह्रो थियो। शक्ति देखेर नै दूश्मनले दुई -दुई बर्षसम्म प्रतिबन्ध लगाएको थियो। अहिले असमान नागरिकता बिधेयक दलाल पुँजिबादी ससदले पारित गरेको छ। नेकपाले यसको शसक्त बिरोध गरेको छ। राष्ट्रपतिले पनि नागरिकता बिधेयक रोकि राखेको अवस्था छ। यसमा दलालहरुलाई टउको दुखेको छ। सम्राज्यबादको इशारामा जे पनि गर्न मिल्छ? नेपाललाई फिजी बनाएर पैसाको लोभमा देशलाई नै ध्वस्त पार्ने दलालहरुको रणनीति हुदै आएको छ। बिदेशी चेलीलाई एउटा हातले सिंन्दूर लगाई दिने अनि अर्को हातले नागरिकता दिने गर्दा देश बिहारमा जानसक्दैन ? तराईका जनताले होइन, तराईका २- ४ जना नेताहरुले देशलाई फिजी बनाउन खोजेका छन्। सिक्कीमीकरण गराने उनीहरुको योजना छ। राष्ट्रियतामा चारै तर्फबाट प्रहार हुदै आएको अवस्था छ। भरतीय सेना कालापानी लिपुलेखकमा परेड खेलिरहेको अवस्था छ। उता, अमेरिकाले एसपीपी र एमसीसीबाट सिंगै देश निल्ने योजना बनाएको छ। यसमा दलाल नेताहरुले सहजीकरण गरिरहेका छन्। अहिले यसको बिरोधमा बोल्ने कि सर्लाहीमा गएर यतिजना मानिस हाम्रो पार्टीमा आए भनेर प्रपोगण्डा गर्ने ? बर्गीय धरातलमा नरहे पछि यस्तै हुन्छ ।
क हेमन्त प्रकास ओलीसँग मैले नक्खु कारागारमा हुदा नै संपर्क नगरेको होइन। मैले उहाँलाई एक इमानदार मानिस भनेर चिनेको हुँ। तर सोंचाइ फरक भयो। बैठकमा छलफल हुदा रुझेको बिरालो जस्तो भएर बस्ने अनि बाहिर आए पछि बबण्डर मच्चाउने यस्तो पनि नैतिकता हुन्छ ? चुनाबमा भाग लिनु वा नलिनु कार्यनैकि सवाल हो। पार्टीको तहबाट चुनाबमा भाग नलिने तर कोही इच्छुक ब्यक्तिले भाग लिन खोजे स्वतन्त्र रुपमा भाग लिने भन्ने निर्णय गरेको मसी नसुक्दै हंगामा मच्चाएर हुन्छ ? पार्टीको बिचार र सिद्धान्तमा कहीँ कतै छलफल भएको छ ? नेताहरुमा त कसरी पार्टीलाई एक ढिक्का बनाउन सकिन्छ ? भन्ने चिन्ता हुन्छ। तर यहाँ कसरी फुटाउन सकिन्छ भन्ने दाँउ देखियो। बैठकमा आर्थिक जिम्मेबारी दिएको कमरेडबाट हिसाब माग्नुपर्छ। आर्थिक सवालमा छाडा गरिदिएर कहिँ पार्टी चल्न सक्छ ? आर्थिक कुरा प्राबिधिक भएकोले यसको बारेमा हिसाब किताब दिनुपर्छ नै। पैसाको लागि पार्टीमा लागेको हो कि क्रान्ति र परिबर्तनको लागि? यही फुटले गर्दा देशको बैकल्पिक शक्ति देखिएको पार्टी आज रक्षात्मक अवस्थामा बस्नुपर्ने स्थिति आउन लागेको छ। तर बिप्लब नेकपा दिन दुईगुणा रात चारगुणाको दरले बृद्धि भैरहेको छ। ७७ जिल्लामा नै यसको सशक्त जनउभार देखिएको छ। संगठनात्मक हिसाबले यो स्पात बनेकोछ। नेकपा बिप्लबको नेतृत्वमा यसले संझौताहीन संघर्ष गरिरहेको छ।
देशको बैकल्पिक शक्ति यही भएको छ। कसैले आधारहीन फत्तुर लगाएर त्यसमा नेकपा अल्झिदैन। यो कुहीराको काग बन्न सक्दैन। कारण नदेखाई जंगे बोलेको हो यो ? यो पंक्तिकारको आग्रह छ, सबै मिलेर बर्ग दुश्मनलाई परास्त पारौं। देशभक्त एक ढिक्का भएर अगाडि बढौ। सधै एउटै अनुहार एउटै ब्यक्तिले चुनाब जितेर केही गर्न सक्दैन। सम्राज्यबादको भरियामात्र बन्ने हो। त्यसैले आफ्नो अमूल्य भोट दिएर साम्राज्यबादको सेवा गर्न पठाउने हो वा राष्ट्रियताको लागि पहरेदार बन्ने हो ? यो बिषय गंभीर छ। काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर भने जस्तै बिना आधार बहुमत लेख्दै जग हसाउने काम नगरौं।