चुनावमा संकट र वितृष्णा
यही मंसीर ४ गते भएको संघीय र प्रदेशको प्रतिनिधि सभाको निर्वाचनमा जनतामा वितृष्णा र निराशा देखिएको छ । उनै अनुहार उनै प्रबृत्ति उनै संस्कारमा पालित व्यक्तिलाई दर्जनौं पटक चुनियो । तर, जनतामा कुनै परिवर्तन आएन, मजदूरले यही भन्छ । किशानले यही भन्छ । जनताको ओठमा हाँसो आएन । मूलनै धमिलो भएको खोलाबाट सङ्लोपानी आउने सम्भावना भएन । राज्यले राज्य शक्तिको दुरुपयोग गरी छिट फुट घटनाबाहेक शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न भएको छ भन्ने डम्पूm बजाएर पानी माथिको ओभानो भएको छ । वास्तवमा भन्ने हो भने चुनावलाई जनताले खारेज गरिदिएका छन् ।
दिउँसो १ बजेसम्म जनता भोट हाल्ल नआउनु, १ बजे पछि पनि आलटाल गर्दै ५–७ जना आउनु आदि कुराले जनतामा रहेको निराशा जनाउँछ । तर, अलि चेतनशील व्यक्तिले बुथमा रहेको बाक्सा उडाइदिएका छन् । सेना प्रहरी पछि–पछि चुनाव खारेज गर्ने युवाहरु अगाडि–अगाडि दगुरेको फिल्मी शैली देख्न सकिन्थ्यो । जनता अटल बसेपछि के लाग्छ र ? रोल्पा थवाङमा रित्ता बक्साहरुले चुनावलाई गिज्जाइरहेका थिए । कपिलवस्तुको शिवगढी होस् वा पोखराको विप्लव बस्ती वा धादिङको च्यात्रा वा काभ्रेको नयाँ बस्ती आदि–आदि दर्जनौँ ठाउँहरुले चुनाव खारेजीको जनाउँ दिइरहेका थिए । सबभन्दा दुःखद घटना बाजुरामा देखिएको छ । निर्वाचन भइरहेको बेला निहत्था जनता माथि सेनाले गोली चलाएको छ । हतियारबिहीन जनतामाथि गोली चलाउनु कायरता हो । बाजुरामा एकजना युवक चेतनको हत्या गरिएको छ । त्यहाँ चुनाव स्थगित भएको छ । शव त्यहीँ नै राखिएको अवस्था छ । मृतक एमाले सम्बद्ध ब्यक्ति भएको बताइन्छ । अनेरास्वबियुले आन्दोलन गरिरहेको बुझिन्छ । व्यक्ति जुनसुकै पार्टीका हुन मानिसको हत्या गर्नु अपराध नै हो ।
दलाल संसदवादीहरुको गतिविधि हेर्ने हो भने आफैँमा चुनाव गोलमाल छ । चुनाव जसरी पनि जित्नुु पर्छ । गठबन्धनमा कम्युनिष्टले काँग्रेसलाई भोट दिुनुुुपर्ने बाध्यता छ । त्यस्तै काँग्रेसले कम्युनिष्टलाई । यसरी पनि धेरै भोट खेर गएका छन् । कार्यकर्तासम्मले निर्देशनअनुसार भोट हाल्न सक्छन् तर साधारण मतदाताले यस प्रकारको उर्दी मान्न सक्दैनन् । यही नतिजा भयो चुनावमा । नेताहरुले पहिला जितिरहेको ठाउँमा हार खानु परेको छ । ‘नो नट अगेन’ नारा पनि देख्न सकिन्थ्यो । भोट हाली–हाली कपाल फुुलिसक्यो । भोट हालेर के नै भयो ? हाम्रो दुःख उस्ता उस्तै । निर्वाचनस्थलमा यस्तै कुरा सुनिन्थे । संसद यस्तो मोह लगाउने थलो रहेछ । ७०–७५ वर्षसम्म पनि मानिस उम्मेदवार भएर चुनावमा लडेको देखियो । अरुको पालो पनि आउँदो रहेन छ कि ? चुनावलाई रणनीति बनाएर कम्युनिष्टका नामधारी चुनाव लडेको देख्दा आश्चर्य लाग्छ । सधैँ एकै कहाँ हुन्छ र ? कम्युनिष्ट भाउँदा पार्टीहरु ओरालो लागिरहेको देखिन्छ । माओवादी केन्द्रको स्थिति यस्तै देखिन लागेको छ । उदाहरणको लागि प्यूूठानमा नेकपा मसालको यस्तै अवस्था देखिएको छ वा देखिन थालेको छ । चुनावलाई नै रणनीति बनाएर भाग लिँदा वा एउटै व्यक्तिलाई चुनावमा उठाइरहँदा मसाल फाटेको अवस्था छ । चुनावमा हार–जित स्वभाविक हो । प्यूठानलाई लालकिल्ला भनिन्थ्यो । तर, अहिले भत्केको अवस्था छ । प्यूठानमा अहिले एमाले नेता सूर्य थापाको जित भएको छ । पाँच दलको सहारा लिए पनि बेसहारा देखियो मसाल । नेकपा मसाल फुटेको छ । यही कारणले पनि लालकिल्ला भनिने प्यूठानमा केही थोरै मत आउन सक्छ । आगामी चुनावमा जित हासिल गरोस्् यही शुुभकानना । सबभन्दा ठूलो विचार र सिद्धान्त हो । कम्युुनिष्ट विचार हराउँदै गएपछि अरु पार्टीभन्दा फरक देखेनन् जनताले । अर्घाखाँचीमा मसालले पराजय बेहोर्नु परेको छ । बाग्लुङमा भने धन्य रुखले बेइमान गरेनछ । जित हासिल गर्न सफल भएको छ । अहिले स्वतन्त्रबाट धेरै मानिसहरु उठेका छन् । चितवनमा स्वतन्त्र पार्टीबाट रवि लामिछानेले अत्यधिक मत ल्याएर विजय गरेका छन् । चितवनमै २३ वर्षकी केटी डा तोसिमा कार्कीले अत्यधिक मत ल्याएको समाचार छ । माओवादी केन्द्रका नेता प्रचण्ड गोरखाबाट उठेर विजय हासिल गरेका छन् । निर्वाचनमा नयाँ अनुहार सीके राउतले जितेका छन् । नयाँ बिजेताहरु कसरी आउँछन् हेर्न बाँकी छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ । राप्रपाका ज्ञानेन्द्र शाही पनि नयाँ अनुहार हुन् ।
यसरी व्यक्ति फेरेर हुँदैन, व्यवस्था नै फेर्नु पर्छ । जनतामा नैराश्यता छाएको छ । २०७९ को चुनाव अन्तिम चुनाव हुन सक्छ । जनताले विद्रोह गरे यसभन्दा अगाडि पनि संसद भङ्ग हुन सक्छ । स्थिर बहुमतको सरकार बन्न सकेको छैन । कोही स्वतन्त्र उम्मेदवार बाहिरबाट परिचालित हुन सक्छन् । अहिल्यै मानिसको नाम तोक्नु चाँडै हुन्छ । प्रान्तीय सरकारको बजेट युरोपियन युनियनबाट परिचालित हुन्छ भनिन्छ । व्यवस्था असफल भइसकेको छ । नेपाल अमेरिका र युरोपियनको हातमा छ । अमेरिका एमसीसीको कार्यालय खोलेर बसेको छ । नेपालकै दलालहरुले सदनबाट पास गरेर बुझाएका छन् एमसीसी । भीम रावलजस्ता देशभक्तको आवाज हावाले उडाएको छ । लिपुलेक, लिम्पियाधुरा तथा कालापानीमा भारतको नियन्त्रण छ । यसको विरोधमा नारा, जुलुस त बेला मौकामा हुन्छ तर सरकार सुन्दैन । अब बेला आएको छ । धेरै समयसम्म सह्य हुन सक्दैन । देशको माया छ भने सबै देश भक्त शक्ति उठ्नु पर्छ ।