नेपाली युवा र नयाँ प्रवृति
युवा देशको नयाँ भविश्य हो । समाज रुपान्तरणको अग्रदस्ता हो । युवा नयाँ सोच, नयाँ जोस र नयाँ सम्भावना हो । देशको अमूल्य सम्पत्तिहरुमध्ये युवा शक्ति पनि एक हो । युवाहरू परिवर्तन र विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवाहरूको गुणात्मक र संख्यात्मक सहि विकास र परिचालनले मात्र देशको समृद्धि सम्भव हुन्छ । युवा सहभागिता विना कुनै पनि देशको विकास कल्पना पनि गर्न सकिदैन । अन्य देशमा फरक फरक उमेरशमुहलाई युवा भनि परिभाषित गरेपनि नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मका नागरिकलाई युवा भनेर परिभाषित गरेको छ भने युवा उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ ।(राष्टिय युवा निति २०७२)
श्रम शक्ति सर्वेक्षण २०७४ अनुसार नेपालमा प्रत्येक वर्ष करिब ५ लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् । आन्तरिक रोजगारीको प्रशासन क्षमता न्यून हु“दा अतिरिक्त श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् भने दैनिक करिब १ हजार जना युवा विदेशिने गरेका छन् । १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगार दर २१.४ र २५ देखि ३९ वर्ष उमेर समूहको बेरोजगार दर ११.६ प्रतिशत रहेको अवस्था छ । उदार श्रम नीति, सीपमूलक श्रम शक्तिको अपर्याप्तता, कमजोर श्रम निरीक्षण तथा नियमनका कारण विदेशी श्रम आप्रवाह बढ्दै गएको र स्वदेशी श्रम शक्ति विस्थापित हु“दै गएको छ । श्रम शक्तिको ३६.५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न रहेको, कूल बेरोजगारी दर ११.५ प्रतिशत रहेको, श्रम शक्ति सहभागिता दर ३८.५ रहेको, बाध्यकारी श्रम सहभागिता दर १.२ प्रति हजारको अवस्था रहेको छ । (श्रम शक्ति सर्वेक्षण २०७४)
नेपाली युवाहरुमा श्रम,चेतना,व्यरोजगारि,अभाव र दलाल संसदिय व्यवस्थाको लापरवाहीका कारण वढि भन्दा वढि युवाहरु विदेश पलाएन भएका छन । युवाहरु जो जहा“ भए पनि उनिहरुमा फरक फरक प्रवृत्तिको विकास भएको छ । मुख्य गरि नेपालमा पा“च प्रकारका युवाहरुको विकास भएको छ । पहिलो निरास र विचलित युवा,दोस्रो आशावादी र उर्जासिल युवा,तेस्रो पार्टीका झोले र हनुमान प्रवृत्तिका युवा,चौथो वुद्धु र अराजक प्रवृतिका युवा,पा“चौ लागुऔषध र दुर्वेसनमा फसेका युवारुमा विकास भएको पाईन्छ । यी प्रवृत्तिहरुको केही चर्चा गरौं ।
पहिलोः निरास र विचलित प्रवृत्तिका युवाहरु
चरम व्यरोजगार,गरिवी र अशिक्षाका कारण नेपालमा निसार र विचलित हुने युवाहरुको प्रवृति रहेको छ । उनिहरु सधै निरास भएर वस्ने स्वोभावका हुन्छन । काम गर्न मन नलाग्ने, जताततै असम्भावनामात्र देख्ने,हामी गरिव,हामी स“ग सम्पति छैन, हाम्रो सरकार पनि छैन,हामीलाई शिक्षावाट वन्चित गरिएको छ भनेर गलत सोचहरु मनमा लिने र निरास भएर वस्ने उनिहरुको स्वभाव हुन्छ । यिनिहरु असहाय जस्ता हुन्छन उनिहरुलाई हामी गरिव किन भएको,के हामी धनि वन्न सक्दैनौ या आसावादी हुनसक्दैनौ,हामीले हाम्रा पाखुराहरु श्रममा लगायौं भने हाम्रो जिवन सुन्दर वनाउ“न सक्दैनौ यस्ता तमाम प्रश्नहरुको उत्तर खेज्नसक्ने चेतना पनि ह“ुदैन । यो समस्याको मुख्य कारण राज्य व्यवस्था हो भन्ने सामान्य चेतना पनि हु“दैन । उनिहरु निरास हुन्छन,राजनितिक दलका नेताहरु र सरकारप्रति घृणाको भाव प्रकछ गर्छन । संसारमा सवै चिज खतम, हामी खतम, भन्दै निरास हुने, आफुले आफ्नै मनोवल कमजोर वनउने,कसैस“ग भन्न वोल्न पनि डराउने स्वोभावका हुन्छन । यस्ता विचलित र निरास भएका युवाहरुलाई नया“ जोस भरिदियौं भने उनिहरुको आफ्नै प्रगति र देश विकासमा युवाहरुको नया“ भुमिका थपिने सम्भावना हुन्छ । यस्ता युवाहरुलाई राज्यले पहिलो प्राथमिक्ताका साथ रेखदेख र दिशानिर्देश गर्नुपर्दछ । तालिम,आधारभुत ज्ञानले सुसज्जीत गर्नुपर्दछ । यो प्रवृत्तिका युवाहरु नेपालमा कम संख्यामा रहेकाछन । यो युवा जमात प्रति राज्यको ध्यान समयमा पुग्न जरुरी छ ।
दोस्रो : आशावादी र उर्जासिल प्रवृतिका युवाहरु
आसावादी र उर्जाशिल युवाहरु भन्नाले नया“ जोस जागर भएका युवाहरु पर्दछन । उनिहरु सवैका कुरा सुन्छन, सवैकुराको अनुभव पनि लिन्छन तर उनिहरुको आफ्नै शैलिमा आफ्नै काम गर्दछन । निजि सम्पतिमा रमाउने खालका हल्का स्वार्थी प्रवृतिका हुन्छन । सामुहीक काममा होमा हो मिलाउने तर निजिकामलाई वढि समय दिने खालका हुन्छन । यीनिहरुले दुख सुखलाई सामान्य तरिकाले लिन्छन । समाजवाट सहयोग सवैको लिन सक्छन त्यो पनि आफ्नो फाईदाको लागि । यस्ता युवाहरु आसावादी हुने भएकोले समस्यास“ग जुध्ने खालका हुन्छन । यीनिहरु अर्काको देखासिकी गरिहाल्ने,कुन काममा के सम्भावना हुन्छ पत्ता लगाउने समयमै थालनि गरिहाल्ने खालका हुन्छन जस्तो युटुव च्यानल वनाई माईक लिएर हिडिहाल्ने स्वभावका, विदेश गईहाल्ने,म्यानपावर र कन्सलटेन्सीहरु खोलेर पैसा कमाई हाल्ने खालका,परिण्राम जेसुकै आवस् काम गरिहाल्ने खालका हुन्छन । वढि आसावादी, चतुर स्वभावका हुन्छन । यी युवाहरु कसैको दास वा हनुमान वन्न रुचाउदैनन् । स्वतन्त्र,आत्मनिर्भर,जुझारु र इच्छाशक्ति भएका युवाहरु यस भित्र पर्ने हुदा यीनिहरुको व्याक्तिगत जीवन हरावरा हुन्छ । यो युवाशक्तिलाई राज्यले सहि भिजनमा परिचालन गर्ने हो भने देश विकासमा ठुलो प्रभाव पर्ने देखिन्छ ।
तेस्रो : पार्टीका झोले र हनुमान प्रवृत्तिका युवाहरु
जिन्दगी भरि पार्टीको झोला वोकेर राजनिति गर्छु भन्ने रातदिन पार्टीकै गुनगान गाएर वस्ने । काम पनि खासै केही हुदैन,फुर्सद पनि छैन भन्या जस्तो दिनभर लफाङ्गो झै हिडिरहने, पढाईमा पनि खासै रुचि नभएको, भविश्यमा के हुन्छ भनि वुझ्न नसक्ने खालका युवाहरुको जमात हो । यो अहिलेको नेपाली राजनितिमा अलि वढिनै देखिन्छ । स्कुले जीवनवाट राजनितिमा लाग्ने,विषयहरु पास नगर्ने र आफ्नो पढाईपनि छोड्ने प्रवृत्तिका हुन्छन । पार्टीको नाममा चन्दा मागेर खाने,श्रम प्रति रुचि नभएका काम गर्नेहरुलाई उल्टै हेप्ला जस्तो गर्ने, राजनितिक ज्ञान पनि खासै नभएका, तर्क भन्दा कुतर्क वढि गर्ने जिद्धि स्वभावका युवाहरु पर्दछन । धेरै खाने,वढि सुत्ने सारिरीक रुपमा पनि व्यायाम नगर्ने हातखुट्टा सुकेका पेट पुलेका हुन्छन,केटा वा केटी जिस्क्याउने र आवारा जस्ता स्वभाव भएका हुन्छन । यीनिहरुमा खासै आफ्नो सृजनसिलता हु“दैन,नेताले के भन्छ त्यसलाई कपि गरेर अझ वङ्ग्यायर वोल्ने नया“ अध्यायन,अनुसन्धान र नेताहरुलाई नै नया“ फीटव्याक दिनेखालको त पटक्कै हु“दैन वरु अनावश्यक चालाचुकिला गर्ने,नेताहरुको दुरुपयोग गर्ने खालका हुन्छन । सहि गलत छुट्याउन सक्दैन, गलतै भएपनि नेताले भनेको सहि मान्ने तर राम्रै कुरा भएपनि विरोधि पार्टी वा नेताहरुले भनेको गलत हो भन्ने वुझाई राख्ने चेतना हुन्छ । श्रम नगर्ने,मागेर खाने,नभए थर्कायरै खाने,सुविधा सम्पन्न ठाउ“मा वस्ने मिठो मसिनो खान खोज्ने,आफ्नो पार्टीका नेताले जे भन्यो हो मा हो मिलाउने हनुमान स्वभावका हुन्छन । पढ्दैनन् अल्छि गर्छन,ढोङ्गी,गफाडी,झुट धेरै वोल्ने स्वभावका हुन्छन । वोलिमा कुनै तुक नभएको,रुखो स्वभाव भएको,सके सम्म सर्वेसर्वा आफै हो भन्ने खालको हुन्छन । अरु त मान्छे नै होईनन भन्ने ठान्दछन । पार्टीलाई राम्रो वनाउने,नेताहरुलाई सहयोग गर्ने भन्दा पनि भय नभएका अनावश्यक कुरा लगाउ“ने,नेताहरुलाई नै फसाउ“ने र पार्टी समाज,व्यावसाय नै भाड्ने र विगार्ने खालका गतिविधि गरिरहन्छन । उनिहरु पैसाको लागि जे पनि गर्ने,सामजिक रुल नै तोड्ने,अपराधिक काममा समेत लागेको उनिहरुलाई थाहै हुदैन । अन्ततः स्वयम व्यक्तिगत जीवन पनि खासै राम्रो वन्दैन र जीवन धोस्त हुन्छ । यस्तो प्रवृत्तिका युवाहरु विभिन्न राजनितिक पार्टी हरुमा भेटाउन सकिन्छ । यस्तो झोले र हनुमाने प्रवृत्तिले धेरे युवाहरुलाई समाप्त पारिदिएको छ । जसको असर सिंगो देशमा परेको छ । नेपाली राजनितिक पार्टीमा लागेका युवाहरुले धेरै अध्यायन गर्ने,सृजनसिल,अनुसासित,अनिवार्य आफ्नो श्रममा वाच्ने स्वभावको वनाउ“न जरुरी छ । नैतिकवान नागरिक वनाउन प्रेरित गर्नु पर्दछ । राजनितिक दलहरुले पनि त्यस्ता युवाहरुलाई उचित तालिम दिएर अनिवार्य,दर्शन,राजनिति,अर्थसास्त्रको ज्ञान दिएर समाज रुपान्तरण राष्ट्र निर्माणमा अनिवार्य सहभागि हुने वातावरण सृजना गरिदिनु पर्दछ । श्रममा सहभागि हुने र आफ्नै मेहेनतमा वाच्ने स“स्कार विकास गरिदिनु पर्दछ । तव मात्र राष्ट्र निर्मामा सहयोग पुग्नेछ । राजनितिमा लाग्ने सवै युवाहरु गलतमात्र छैनन , इमान्दार पनि छन । तर ईमान्दारहरुको संख्या नगन्यमात्रामा छ । उनिहरु अध्यायन गर्दछन,मेहेनती हुन्छन,आफुलाई समय सापेक्ष वनाउन तल्लिन पनि भईरहन्छन । पार्टीका नेताको आदेश पालना गर्दछन । नया“नया“ ज्ञान हासिल गरेर व्यावसाय,समुह र राजनितिक दलहरुलाई नया“ फीडव्याक दिने खालका हुन्छन ।
चौथो : वुद्धु र अराजक प्रवृतिका युवाहरु
अर्को नेपाली युवाहरुमा नया“ यस्तो ट्रेन विकास भएको छ । अलिअलि आधारझुत ज्ञानमात्र भएका तर आफुमात्र हिरो अरुसवै जिरो भन्ने खालका युवाहरुको विकास भएको छ । संस्कार,संस्कृति,नियम कानुनसम्वत छछैन केही मतलव छैन खालि युटुवमा भाषण ग¥याछ,दुनियालाई गालिगर्दै हिड्याछ,आफुले गरेको कुरा तर्कपुर्ण छ की छैन,सत्यमा आधारित छ छैन मुल्याङ्कन नै नगरि वोलेको छ वोलेको छ यस्तो वुद्धु र अराजक युवा पंङ्ती विकास भएको छ । भित्रि उदेश्य एउटा हुन्छ वाहीर अर्को भनिरहेका हुन्छन । ,अहिलेका जनताहरु यीनिहरुको फेस्वुके भाषणमा हो मा हो मिलाएर तछाड मछाड गरि पछाडी लाग्ने उत्साहित हुने पछि गएर अन्ततः सवै जनताले धोका पाउ“ने खालको वातावरण वन्दै गएको छ । यसको ज्वलन्त उदाहारण भनेको ज्ञानेन्द्र,रवि,….हरु पर्दछन
विचार दृष्ट्रिकोण र कुनै उदेश्य नभएका,जति सामाजिक सञ्जालमा कुर्लिदैमा अहिलेका समस्याको समाधान हु“नेछैन वरु जनताले धोका पाउने निश्चित छ । अरुको यीसारामा पार्टीहरु निर्माण गर्ने राष्ट्रविरोधी काम गर्ने र विदेशीको चाहाना पुरा गर्ने खालको स्वभाव हुन्छ । यो पत्ता लगाउन उनिहरुले खोलेका विभिन्न पार्टी,पार्टी भित्रको खर्चिलो र भड्कीलो खर्च सुविधा सम्पन्न गाडिहरुको प्रयोगवाट स्पस्ट हुन्छ । यो विलासी जीवनको पछाडी की त आफै श्रममा सहभागि भएको हुनु पर्दछ कि विदेशी डलर लगानि भएको छ भन्ने कुरा सजिलै जान्न सकिन्छ । अरुले परिचालन गर्ने वुद्धिले देश समृद्ध वन्न सक्दैन, यो पानिको फोका जस्तै एक दिन विलाएर जान्छ र जनतालाई धोका हुने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । यस्ता युवाहरुलाई राजनितिक पार्टीहरुले नेतृत्व गरेर दिशा निर्देश गर्नु पर्दछ । यीनिहरुको यो उर्जालाई सदुपयोग गर्न कुनै राजनितिक पार्टीमा सहभागि गराउन र स्कुल दिन जरुरी छ । यो समस्याको सहि समाधान भनेको यहि हो ।
पाँचौ : लागुऔषध र दुर्व्यसनमा फसेका युवाहरु
माथि व्याख्या गरिएका सवै कारणहरु वाट पैदा भएका युवाहरु लागुऔषध र दुर्वेसनमा फसेका युवाहरुमा पर्दछन । गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहु“च, उदारीकरण, सूचना प्रविधिको विकास, विश्वव्यापीकरण,उद्यमशील वातावरणको अभाव, सामाजिक विभेद जस्ता तत्त्वहरू युवा विकासको बाधक भएकोले बाध्य भएर युवाहरू लागु औषद दुर्वेशनिमा फसेका छन । चोरी लुटपाट अत्या आतंकमा सङ्गलग्न भएका छन । नेपालका जेलहरु यस्तै युवाहरुले भरिएका छन । विकासको मुल फुटाउन सक्ने क्षमता भएका यस्ता काममा तल्लिन भएर घरपरिवार, समाज,व्यवसाय,राजनितिक पार्टी र सिङ्गो देशको वोझको रुपमा प्रस्तुत भएका छन । कैयौंले आत्महत्या समेत गरेकाछन । वलत्कारका घटनाहरु दिनप्रतिदिन वढ्दैछन,विहान घरवाट निस्केका युवा युवतीहरु सुरक्षित छैनन । पुरै देशनै सुरक्षा दिनेमा असफल सावित भएको छ । समाजमा सम्पति सुरक्षित छैन,गाडि वाईकहरु सुरक्षित छैनन । हत्या,आतंक,लुटपाछ,करणी,मानववेचविखन,चोरीडकैती र फिरौतीका केसहरु दिनप्रतिदिन वढिरहेकाछन । यी सवै केशहरुमा यस्ता प्रवृत्तिका युवाहरुको धेरै नै सहभागि भएको पईन्छ । नेपालका जेलहरुमा वढिसंख्यामा यस्ता युवाहरु नै वढिरहेकाछन ।
निष्कर्ष ः
नेपालको दलाल संसदिय व्यवस्था र दलाल नेताहरुले गरेका गलत हर्कत र चरम व्यरोजगारीका कारण नेपालमा युवाहरू रोजगारीका लागि विदेश पलायन हुनु पुगेका छन । कोभिड–१९ को घाउ अझै पुरिएको छैन जसका कारण युवाहरूले रोजगारी गुमाउ“दा आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षाजस्ता मानव विकासका पक्षहरूमा प्रतिकूल प्रत्यक्ष असर गरेको छ । त्यसैको असरले अहिलेपनि बेरोजगारी दर बढ्ने, आन्तरिक र वैदेशिक रोजगारी खुम्चिने, आर्थिक वृद्धि दर नकारात्मक हुन गई गरिबी दर बढ्ने प्रवृत्तिका नकारात्मक सूचकहरूले युवाहरूको चौतर्फी विकासमा अवरोध खडा भएकोछ ।
यो समस्या समाधान गर्न युवाका लागि सहज अवसर पैदा गर्नुपर्दछ । हरेक निकायमा युवाहरुको सार्थक सहभागिताको अवसर, क्षमता विकास, स्वरोजगार, रोजगार र आय आर्जनमा सहभागिता गराउनु, बैङ्क तथा वित्तीय संस्थाहरूको बढ्दो सञ्जालहरूबाट आर्थिक साधन, स्रोतहरूमा पहु“च, प्रविधिमा भएको विकासले प्रविधिको हस्तान्तरण र प्रयोग, रोजगारमूलक, व्यावसायिक तथा सीप विकास शिक्षा र तालिमको वृद्धि, वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभव र पु“जीको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारीमा युवाहरूलाई अग्रसर गराउनु नेपाल सरकारको दायित्व हो । नेपालको संविधान २०७२ मा मौलिक हकको रूपमा रोजगारीको हक र श्रमको हक पनि रहेको छ । यी मौलिक हकको कार्यान्वयन गर्न तथा रोजगारी प्रदान गर्न नेपाल सरकारले रोजगार तथा स्वरोजगार सम्बन्धी विभिन्न कार्यक्रमहरू युवाहरू कै लागि भनेर सञ्चालन गरे पनि त्यो पार्टी कार्यकर्ताको भरण पोषणमा सिमित भएको छ । नेपालमा यी तमाम समस्याको प्रमुख कारण नै दलाल संसदिय व्यवस्था हो । यो व्यवस्थालाई जरैदेखी उखेलेर यसको सट्टा वैज्ञानिक समाजवाद जवसम्म स्थापना गरिदैन तवसम्म देशका कुनै पनि युवाले अवसर,तालिम र रोजगारि पाउने छैनन । त्यसकालागि सवै युवाहरु एकीकृत जनक्रान्तिमा लामवद्ध हुनजरुरी छ । एकीकृत जनक्रान्तिद्धारा वैज्ञानिसमाजवाद ल्यायौं भने मात्र यो मुलुकका युवाहरुको भविष्य उज्वल हुनेछ । युवाहरु उज्वल भएभनेमात्र देश सम्रिद्ध वन्नेछ । नत्र केवल भाषण र कुरामा मात्र समृद्धि हुनेछ यदी युवाहरु आफै सचेत भएनौं भने देश अझ ५० वर्ष पछि धकेलिने स्पस्ट छ । युवाहरुको नयाँ भविस्य वैज्ञानिक समाजदको नारा लगाएर अघि वढौ,समाजवाद स्थापनाको लागि हामी तयार भयौं भने सम्रिद्धि हाम्रै जीवनमा सम्भव छ ।
(स्रोत ः नेपालको संविधान २०७२ मा मौलिक हक,एकीकृत जनक्रान्तिको कार्यदिसा, (श्रम शक्ति सर्वेक्षण २०७४),(राष्टिय युवा निति २०७२)