बृहत् समाजवादी मोर्चा र वामध्रुवीकरणको प्रश्न

२०८० असार ४ गते, सोमबार

रणदिप सी

यतिबेला समाजवादी मोर्चा र वाम ध्रुवीकरणको विषय सर्वत्र चासोको विषय बनेको छ । जो ऐतिहासिक आवश्यकताका साथै वर्तमान वस्तुस्थितीको माग दुबै कोणबाट हेर्दा, नाप्दा र जाँच्दा आबश्यक छ । विश्व भूमण्डलीकृत पुँजीवादका सम्पूर्ण गतिविधि र स्टाटेजीलाई अध्ययन गर्ने हो भने सार र रुप दुबै कोणबाट उ निकृष्ट ढंगले उत्पीडित र श्रमिक जनताका बिरुद्ध छ दक्षिण एशिया आफ्नै रणनीतिबाट अगाडि बढी रहेको छ जहाँ छिमेकीको नाताको त्यान्द्रोमा सिमित छ, गतिविधि पूर्णशोषणकारी हस्तक्षेपकारी नै देखिन्छ भने दलाल पुँजीवादले आफ्नैखालको जनविरोधी चरित्र प्रदर्शन गरिरहेको छ । एकातिर कम्युनिष्ट जनमतलाई कम्युनिष्ट आस्था र विचारबाट बिमुख पार्न न्वारानदेखिको बल लगाएको छ भने अर्कोतिर विश्वलाई साम्राज्यवादी पुँजीको नियन्त्रणमा विजय प्राप्त गर्ने दाउमा भूमण्डलिकृत पुँजीवाद अगाडि आएको छ । जनतालाई भने दैनिकी टार्न निकै ठूलो सास्ती भैरहेको छ । दलाल पुँजीवादको लुटको मस्ती जनताको जिवनमा सास्तीको जो अबस्था देखिएको छ यस विषयमा ईमान्दार कम्युनिस्ट नै जिम्मेवार बन्ने हो र जिम्मेवार पूर्ण ढंगले सोच्ने हो । बिगत इतिहास हेरौँ भने देश र जनताप्रति बढी जिम्मेवार भएर कम्युनिष्ट पार्टी र नेताबाहेक कस्ले जनताको हितमा काम गरेको छ ? सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक रुपमा परिबर्तन हालको अबस्थामा जे जति भएको छ यस्मा कम्युनिस्ट पार्टी र यसको नेतृत्व, कार्यकर्ता र समर्थक जनता परिबर्तनको आन्दोलनमा कम्युनिष्ट पार्टीको अपिलमा बलिदान गर्ने महान सहिदहरुको बाहेको कसैको छैन भए पनि नगन्य मात्रामा नै छ । यो कुरा विश्वका भूमण्डलीकृत पुँजीवादीहरु ले बुझेका छन् र यो इतिहास मेटाउन विभिन्न आक्रमणहरु कम्युनिस्ट आन्दोलन, पार्टी र नेतृत्वमाथि गरिरहेका छन् । यो कुरा एकीकृत जनक्रान्तिको नयाँ अन्वेषणले पुष्टि गरेको कुरा हो र त्यसको सिकार कम्युनिस्ट पार्टीहरुको भोगाईको द्योतक हो समाजवादी मोर्चाको बहस र अभ्यासको चर्चा भने अर्कोतिर विचार र सिद्धान्त मिल्नेहरुसँगको पार्टी एकता र ध्रुवीकरण को कुरा पनि नयाँ बहसको विषय पक्कै पनि भएको छ जुन अत्यन्तै आबश्यक छ यो लेखमा यही विषयमा उल्लेख गर्ने प्रायस गरिएको छ ।

बृहत् समाजवादी मोर्चाको प्रश्नबारे

मानव जातिको उत्पतीदेखि हालसम्म प्रयोगमा आएका वा ल्याईएका व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था भनेको समाजवादी व्यवस्था नै हो यो निर्बिवाद कुरा हो र सबै ले स्पस्ट बुझेको कुरा हो योभन्दा अगाडि पनि बढ्न सकिन्छ कुनै बेला समाजवादको पनि विकल्प खोजिनेछ र यसपछिको अन्भेषणले खोज्नु नै पर्छ किनकि मानव जाती एकचोटि साम्यवादमा पुगेरै छाड्छ यति त ठोकुवानै गर्न सकिन्छ तर हालको परिबेशमा दलाल पुँजीवादले जसरी जनतालाई मर्नु न बाँच्नुको दोसाँधमा ल्याइपु¥याएको छ यसको विकल्प नखोज्ने हो भने नेपाल एकातिर विश्व भूमण्डलीकृत पुँजीवादको क्रीडास्थल र दलाल पुँजीवादको नाङ्गो नाँच नाँच्ने आगनमा परिणत हुने छ र नेपाली जनता यसको दास भएर बस्नु पर्ने छ । विश्व भूमण्डलीकृत पुँजीवाद कम्युनिष्ट सिद्धान्त सिध्याउन एक ढिक्का भएर मुभ भैरहेको बेला समाजवाद चाहाने शक्तिहरु अलग–अलग झुण्डमा बाँधिने हो भने भूमण्डलीकृत पुँजीवाद वा दलाल संसदिय पुँजीवाद स्वतः जित्ने कुरा सामान्य नागरिकले सम्म बुझेका छन् भने आपूmलाई समाजवादी भन्न रुचाउनेले यो कुरा बुझ्ने होइन र सिद्धान्तको रटान मात्रै गर्ने वा जनताबाट एक्लिदै जाने र पुँजीवाद ले भित्री मनले चाहेको कुरा सजिलै पूरा गरिदिने माध्याम कम्युनिस्ट नै हुने कुरा पक्कापक्की देखिन्छ । पार्टीको आदर्श, सिद्धान्त कार्यनीति वा रणनीतिमा मात्र समाजवाद होइन पार्टी नामसमेत समाजवाद राखेका त दर्जनौ पार्टीहरु नेपालमा बिद्यमान छन् । के पार्टीको नाम र सिद्धान्त बिधानमा दस्तावेजमा उल्लेख मात्र गर्ने विषय हो वा प्रयोगमा ल्याउने विषय हो ? यो कुरा गहिरोसँग किन नबुझ्ने ? बिधानमा दस्तावेजमा र पार्टीको नाम समाजवाद राख्ने तर अभ्यास चाहिँ संसदवाद को गर्ने अनि साम्राज्यवादी भूमण्डलीकृत दलाल पुँजीवाद सफल नभएर को हुन्छ ? जुन व्यवस्थाको परिकल्पना गरेका छौ बाटो पनि त्यहा पुग्ने पहिल्याउने गरौ अनिमात्र पो समाजवादी भईन्छ होला वा ल्याइन्छ होला नि होइन र ?

जहाँसम्म हिजो आज समाजवादी मोर्चा गठनको प्रयासको बढी चर्चा भैरहेको छ यस विषयमा पनि विभिन्न टिकाटिप्णीहरु हुने गरेको पाइन्छ । पहिलो कुरा त यो विषय ले दलाल पुँजीवादी हरुमा आतंक छाएको देखिन्छ र यो सफल नहोस भन्ने चाहन्छ । दोस्रो कुरा समाजवादको सुगा रटाई गर्ने बिर्सजनवादी कम्युनिष्ट जो सिद्धान्तबाट एक ईन्च दायाँबायाँ नगर्ने तर लेख लेखेर अर्कालाई सत्तोसराप वा गाली गरेर समाजवादको कल्पना गर्नेहरुमा निरासाको वादल छाएको छ भने तेस्रोथरी मान्छेहरुमा समाजवादी मोर्चाको कल्पना पहिल्यै गरेका थिए र जसको नीति उसैको नेतृत्व हुन पाउनु पर्छ जस्ता मनगणन्ते बलमिच्याई पाईन्छ यी सबै गलत कुरा वा धारणा हुन । सत्य कुरा केहो भने संसदवाद पूर्णरुपमा असफल भयो असफल संसदिय व्यवस्थाले आफ्नो असफलतालाई ढाकछोप गर्न यथास्थितिवादीहरुलाई नयाँ मुकुण्डो भिराएर पुराना दल भनिएकाहरुलाई च्यालेन्ज दिनेगरी उदाएको देखाउँदै बाहालवाला प्रधानमन्त्री समेतलाई जेलहाल्ने षड्यन्त्र खुल्यामरुपमा देखापरेपछि कोही कसैले एक्लाएक्लै लडेर एक ढिक्का भएर आएको दलाल पुँजीवाद लाई प्रास्त गर्न नसक्ने बरु अबको केही वर्षमै कम्युनिष्ट भन्ने बित्तिकै जनताले तिरस्कृत गर्ने अबस्था सृजना हुने वस्तुगत र आत्मगत अबस्थाले गर्दा समाजवादी मोर्चामा गोलबन्ध हुने र संसदवादको विकल्प खोज्ने सकारात्मक सोच पलाएको कुरा सत्यहो नेकपाको स्पस्ट नीति नै नवौ महाधिबेसन ले तय गरेको थियो कि दलाल संसदिय व्यवस्थाको विकल्प खोज्न तयार शक्तीहरुसँग मोर्चामा सामेल गराउने कुरा गरेको थियो । जसले जे व्याख्या गरे पनि समाजवादी मोर्चा आजको अपरिहार्य आवश्यकता को रुपमा बुझौ र बुझाउने कोसिस गरौ यसै मा सबै को हित हुने छ ।

वामध्रुवीकरण वा पार्टी एकताको प्रश्न

कम्युनिष्ट पार्टीको स्थापना कालदेखि हालसम्मको कम्युनिस्ट पार्टीको इतिहास भनेको टुटफुट र बिभाजनको इतिहास हो । बिगतका कम्युनिस्ट अग्रज लिडरसिपले यसलाई एकताबद्ध गर्नुको साटो फुटको नै बढी अभ्यास गरेको पाईन्छ यो चिन्तनगतभन्दा पनि सिद्धान्तको अन्धानुकरण कै कारण मुख्य देखिन्छ भने कतै नेतृत्व पंङ्तीमा पलाएको कम्युनिस्ट आवरण भित्रको दक्षिणपन्थी अवसरवादी बिचलनका कारण पनि एकताभन्दा फुटलाई कम्युनिस्ट आन्दोलनले बढी ब्यवहोर्नु परेको छ । भने सबै फुटहरु गलत र सबै एकताहरु सही पनि सावित भएका छैनन् अर्थात् कम्युनिस्ट आन्दोलन फुटको इतिहास मात्र बोकेको छ भन्ने जो देखाउन खोजिदैन यो सबै सत्य पनि होइन किनकि कोही फुटले कम्युनिस्ट आन्दोलन र विचार को रक्षा गरेको छ भने केही फुटले दक्षिणपन्थी पुँजीवादलाई टेवापु¥याएको छ । तर यो बेलाको कम्युनिस्ट एकताको बहसलाई नेकपाको नवौ महाधिवेशनले अघिसारेको एकता सम्बन्धी नयाँ मान्यता को सारतत्वसँग दाज्ने हो भने सही निस्कर्ष निस्किन्छ किनभने नेकपा को नवौ महाधिबेशन ले नयाँ मान्यता अघिसारेको छ त्यो भनेको विचार सिद्धान्त र दृष्टिकोण मिल्नेसँग पार्टी एकता को लागि तयार हुने कार्यक्रम मिल्नेसँग कार्यगत एकताको लागि तयार रहने रणनीति मिल्नेसँग सयुक्त मोर्चाको लागि पहल गर्नेनीति नै पास गरेको छ र निष्कर्ष निकालेको छ कि तितर बितर रुपमा रहेको कम्युनिस्ट आन्दोलन लाई एकताबद्ध गर्ने नयाँ कार्यभार नेकपाको काधँमा आईपुगेको छ र दलाल पुँजीवादको विकल्पमा समाजवादी धाराको नेतृत्व गर्दै यो दलाल संसदिय व्यवस्था र लागू भएको संविधान र कार्यान्वयन गर्ने सिस्टमको खिलापमा उभिएको एक मात्र पार्टी नेकपा मात्र हो भन्ने कुरा दिनको घामझै छर्लङ्गै छ । अब रह्यो एकता र ध्रुवीकरण को कुरा कम्युनिस्ट आन्दोलन लाई सार्थक निस्कर्षमा पु¥याउन का लागि कम्युनिस्टहरुमा एकता हुन जरुरी छ तर एकता संसदिय व्यवस्था को विकल्प खोज्ने र समाजवादी पक्षधर शक्ति हरुसँग वा विचार र सिद्धान्त वा दृष्टिकोण नमिल्नेसँग मात्र एकताको कुरा हुन्छ न कि एकता गरेर यही व्यवस्थामा ठूलो पार्टी बन्नका लागि एकता हो यदी कसैलाई यो परेको छ भने भ्रम बाहेक केही होइन । आजको युगमा १८–१९ र २०औ शताब्दीका कुरा रटेर मात्र पनि पुग्नेवाला छैन नयाँ नयाँखोज अध्ययनहरु जरुरी छ जो नेकपाले नवौ महाधिबेशनमा दर्शनशास्त्र राजनीतिक अर्थशास्त्र र समाजवादमा केही नयाँ मूल्य एबं मान्यताको बिकास गरेको छ र आज त्यो राष्ट्रिय – अन्तर्राष्ट्रिय रुपमा बहसको विषय बन्न पुगेको छ मलेमावाद को आधारभूत सिद्धान्त भनेर मात्र आजको दुनिया लाई कम्युनिष्ट आनदोलनमा गर्ने कुरा यसको महान अभिस्ट रहेको छ जो ढिला चाडो सम्पूर्ण कम्युनिस्टहरुले लागू गर्नु पर्छ किनकि मालेमावाद कुनै जडवस्तु होइन यो कला र सृजना को विज्ञान हो सृजना बिना यसको मृत्यु हुन्छ भन्य सच्चाई लाई लागू गरेको कुरा हो त्यसैले नेकपा अमुख पार्टीसँग एकता गर्न आतुर जस्ता जस्ता कुरा झुट्टा भएको तथ्य यिनै कुराले गरेको छ र होपनि । ध्रुवीकरण भने चलिरहने प्रकृया हो अन्य कम्युनिष्ट पार्टी मा रहेका ईमानदार कम्युनिस्ट नेता कार्यकर्ताहरु जो असफल संसदिय व्यवस्था बाट आजित हुनु भएको छ उहाँहरु नेकपा मा ध्रुवीकरण को प्रकृयामा आईरहनु भएको छ र आउनु पर्दछ । यो भनेको राष्ट्रघात र राष्ट्रवादी बीचको ध्रुवीकरण हो असल र खराव बीचको ध्रुवीकरण हो सहि र गलत बीचको ध्रुवीकरण हो । किनकि जतिको समाजवादी मोर्चाको आबश्यक छ त्योभन्दा १० गुणा बढी ध्रुवीकरणको महत्व ।

निष्कर्ष

समाजवादी मोर्चा भनौं वा ध्रुवीकरण जे भए पनि यो निकै गम्भीर र महत्वपूर्ण कुरा हो किनभने यो कसैलाई देखाउन का लागि तर्साउनका लागि होइन र हुनु पनि हुन्न यो भूमण्डलीकृत पुँजीवादका हरेक प्रायसहरुलाई असफलसिद्ध गर्ने र नेपाली समाजलाई समाजवादमा पु¥याई छाड्ने कुरा हो, को कस्मा बिलय भयो कस्को नीति हो र नेतृत्व कस्ले गर्नेको क्रान्तिकारी भयो र को संसदवादी भयो भन्ने कुरा मुख्य होइन मुख्य कुरा नेपाली जनता र सार्बभौम भनिएको संसदलाई च्यालेन्ज दिने गरिआएका साम्राज्यवादी कार्यक्रम र भारतिय साम्राज्यवादद्वारा दिनप्रतिदिन नेपाली जनतामा लाद्न खोजेका हस्तक्षेपका विरुद्ध आमनेसामने जुध्ने र मुलुकलाई समाजवादमा पु-याई छाड्ने मोर्चा हो र एकता र ध्रुवीकरणलाई पनि यही अर्थमा बुझ्नु आजको आवश्यकता हो र हुनुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आगामी भविष्य समाजवादीहरूकै हो

२०८२ भाद्र ३१ गते, मंगलवार

भारत र अमेरिकी घेरामा नेपाल

२०८२ भाद्र ३१ गते, मंगलवार

देशको आँसु कसले पुछ्ने ?

२०८२ भाद्र २६ गते, बिहीबार