ब्याड लक दाइ–रिप !

२०८० असार ३१ गते, आईतवार

बिक्रान्त सी

झट्टै सामाजिक सञ्जालमा हाजिर हुनुपर्छ, त्यहाँ जथाभावी रिप, कमेन्ट बक्सभित्र रिप पोस्ट देखिन्छ यसो बुझ्दै गर्दा लाग्छ किन ? जिउँदो मान्छेलाई त्यस्तो लेखेको होला त्यो त दाइले परिवर्तनका लागि सिकाएको प्रशिक्षण पो रहेछ ! कसैले बोलेनन् भने हेर त दाइभन्दा बोल्ने कोही छ कसैले बोल्न सक्दैनन् दाइ जति भन्नै प¥यो, अरु सबै खतम, दाइ हाइ हाइ ! कोही बोलिहाल्यो भने उसलाई जिउँदै मारेर फेरि रिप लेखिन्छ । धेरै पटक म त अलमल्ल परे के हुँदैछ यहाँ तर बुझ्दै जाँदा दाइले अमेरिकाबाट नयाँ संस्कार भित्र्याउनु भएको रहेछ । अरु सबैलाई अश्लील शब्द प्रयोग गर मैले जे गर्छु गुड लक दाइ भन, मैले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएपछि गुड लक दाइ भन, मैले जताततै भाउजु बनाएपछि गुड लक दाइ भन, मैले दुइचार भुराभारीलाई मारिदिए पनि गुड लक दाइ भन, मैले दुई करोड मागे पनि गुड लक दाइ भन । ए बतासे भाइहरु एक दिन देशलाई विदेशीको हातमा पारिदिन्छु गुड लक दाइ भन, किनभने म सिधै भगुवान् रुपि अनुहार लिएर अमेरिकाबाट व्यवस्था हैन अवस्था बदल्न आएको हो, पुरानो घरलाई रङ्ग्याउन आएको हो, तिम्रो दाइ त्यसै यता आएको छ ? नेपाल बनाउने भनेर आएको हु ।

अरुलाई रिप र अश्लील शब्द प्रयोग गर, एउटा कुरा चिच्याएर भन भाइहरु हो तिम्री आमा मलाई बुझाइ देउ गुड लक दाइ भन किनकि तिम्री आमा भगुवान् सँग पो सुत्न पाउने भइन् ।

त्यो कुरामा विश्वास नगर अरु सबै खतम हुन खतम भैसके कामै नलाग्ने भैसके स्टिल छिटो तातिन्छ छिटो सेलाउछ । कहिलेकाही अरुले दाइको विरुद्धमा उचाल्न सक्छन् किनकि तिमीहरूको दाइ फोहोर सफा गर्न अहिले फोहोरभित्र डुबिसक्यो म फोहोरको डुङ्गुरमा फसे भने पनि गुड लक दाइ भन किनकि तिम्रो दाइ भगुवान् हो । को भगुवान्ले हत्या गर्दैन र ? को भगुवानको दुई–चारवटा श्रीमती हुँदैन र ? भगुवान्को त देशै हुँदैन किनकि साह्रा जगत भगुवान्को इसारामा चल्छ नपत्याएर हेर त मेरा भक्तहरु, दासहरु मलाई सामाजिक सञ्जालभरी हाइ हाइ गुड लक दाइ भनिरहेका छन् ।

साच्चै भन्नुपर्दा सुन भाइ हो, तिम्रो दाइ नेपालमा जन्मेर सबै त्यागेर भगवान् नमान्ने क्रान्तिकारीको आतंकले अमेरिका गएको थिए त्यता चमत्कार नै भयो नि भाइ हो अमेरिकी सरकारले मलाई महिनाको दुई करोड फल्ने रुख दिएको थियो, त्यसपछि म काम गर्न यता आए अमेरिकी हावा चलाउन, सबैलाई बतासे बनाउन तर जे भएपनि भाइ हो अरुले राम्रो गरे पनि रिप भन दाइले जे गरे पनि गुड लक दाइ भन किनकि तिम्रो दाइ बतासे भगुवान् हो । सुन भाइ हो यस्तो कसरी हुन्छ भने यो सबै बतासे कमाल हो किनकि छोरा भएपछि बेलुनमा हावा भर्न सक्नुपर्छ ।

संसार बतासद्वारा चलिरहेको छ त्यसैले कसैले मलाई आबारा वर्गको मालिक भन्लान् तिमीहरुले उनीहरूलाई रिप भन्नु कसैले यो दलाल पुँजीवादी संसदीय व्यवस्था खतम भन्लान् उनीहरूलाई अश्लील शब्द र सबैभन्दा बढी रिप भन्नु अरु सबैलाई रिप भन्नु दाइ मात्र ठिक भन्नु, किनकि तिम्रो दाइ बतासे कम्पनीको मालिक हो ।

एउटा कुरा थाहा छ भाइ ! ओ गुगलमा रोटी भेटिन्छ अहिले के पाइदैन फेसबुक, टिकटक, टुइटरमा, सामाजिक सञ्जालमा खोज्यो भने सबै भेटिन्छ, त्यो तिम्रो दाइको नयाँ अवतार हो अरुले जे गरे पनि रिप लेख्नु, मैले जे जे गर्छु ठिक लेख्नु, गुड लक दाइ लेख्नु किनभने यो भाइरल र भाइरसको जमाना हो, म यहाँ व्यवस्था हैन अवस्था परिवर्तन गर्न आएको हु, विस्तारै नेपाललाई विदेशीको हातमा बुझाउन आएको हुँ, पुराना सबै खतम भएपछि मैले नयाँ राजनीति कम्पनी खोलेको हु, मैले त्यसै बोलेको हु र ? भाइ हो म एमसीसी, एसपीपी जिन्दावाद भन्छु गुड लक दाइ भन्नु जसले मुर्दावाद भन्छन् उनीहरुलाई रिप भन्नु किनकि यो सबैभन्दा राम्रो छ ।

ब्याड लक दाइ रिप–साच्चिकै सत्य कुरा भन्नुपर्दा नेपालको इतिहासमा विभिन्न किसिमका आन्दोलन भए त्यसले आमुल परिवर्तन गर्न सकेन । वर्तमान नेपालमा ब्याड लक भनेको असफल दलाल पुँजीवादी संसदीय व्यवस्था नै ब्याड लक हो, यसलाई परिवर्तन गरेर जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाबाट राज्य संचालन गर्नु नै गुड लक हो हामी सचेत नौजवान नेपाली युवा पुस्ताहरु विदेशी दलालले चलाएको हावामा सामाजिक सञ्जालका भाइरल र देशमा पैदा भएका नयाँ भाइरस उल्टासुल्टा गाना गाउने हावा चलाउने, भ्रम छर्ने देशलाई असफलता स्थिरतामा अड्काउने, रोक्ने, परिवर्तन नचाहने भूमण्डलीकृत साम्राज्यवादका टट्टू दलाल पुँजीवादका मतियार, संसदीय आबारा, बर्गिय बतासेहरु हाम्रो देशका ब्याड लक हुन ।

एउटा कुरा झुटो हैन साचो छ नेपालमा विकास र परिवर्तनको खाचो छ जताततै निराशाले छाएको छ, अर्थतन्त्र धरासायी भएको छ, देश परनिर्भर छ, दिनौदिन युवा विदेशीएका छन्, हत्या– हिंसा बलात्कार, आर्थिक मन्दी, शिक्षा क्षेत्रमा परनिर्भरता, दक्ष जनशक्ति पलायन तथानाम जनताको जनजीविकाको पक्षमा जटिल स्थितिमा पुगेको छ, यो सबै दलाल पुँजीवादी संसदीय व्यवस्थाको उपज हो ।

बर्तमान सरकारले आफ्नै देशको नागरिक बेच्ने दलालहरु हरेक काण्डका भ्रष्ट र दलालका फाइल पल्टाएर केहीलाई प्रकाउ गरेर जेल हाल्यो, यो क्रम जारी छ तर जेल हाल्नुपर्ने, झुन्डिएर रिप भन्नुपर्ने, लेख्नुपर्ने त यो व्यवस्था भैसक्यो नि ? भनिन्छ शासन व्यवस्था सही वा गलतले राष्ट्रको पहिचान झल्किन्छ । त्यसैले पुराना पार्टी, पुराना मान्छे हैन कि यो भत्किन लागेको पुरानो व्यवस्थाले यो संकट पैदा भएको छ कोही पश्चिम नेपालको पुरानो घरको वार्दलीमा गएर भाइरल होस् तथानाम हावा र भ्रम छरोस् हुनेवाला केही पनि छैन, झन् देश जटिल परिस्थितितिर थकेलिन्छ । संसारले गुड लक दाइ भनोस् आइ लब यु बा भनोस्, काका हजुर बा जे भने पनि कोही भारत गएर भाइरल होस्, बतासे गफ छरोस् यो व्यवस्थाभित्र कोही जोगिको जादुको छबिले देशको मुहार फेरिदैन झन् देश टाट पल्टिने खतरामा छ ।

अब त्यसो भए गुड लक कसरी हुन्छ त जब पश्चिम नेपालको बिकट जिल्लाको भाइरल पुरानो घर जस्तो संसदीय व्यवस्थालाई रंगरोगन गरेर त्यतैतिर भ्रम छर्ने बतासे, हावा छर्ने यही पक्का, यही ठिक, यसैबाट अवस्था फेरिन्छ भन्नेतिर कुबुद्धि लगाउनुभन्दा त्यसलाई भत्काएर नेपाली डिजाइन र डिटेल इस्टमेटद्वारा सबै नेपालीहरुको बलमा नेपाली स्रोत साधनबाट मजबुत सबैले चाहेको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगार, यातायात, सुरक्षा, संचार र प्रविधियुक्त समुन्नत समाज निर्माण गर्ने समाजवादी घर वा नेपाली मौलिकताको समाजवादी व्यवस्था स्थापना गरेपछि अनि मात्र गुड लक हुन्छ ।

ब्याड लक दाइ रिप–यदि हामी बतासे प्रवृत्तिबाट राजतन्त्र चाहिन्छ, यही ठिक, अरु सबै बेठीक सबैले हामी मात्र ठिक भन्न थाल्ने हो भने यहीँ व्यवस्थामा अड्किनु पर्ने हो भने देश खतरा बल्याक होलमा फस्ने छ । भूमण्डलीकृत साम्राज्यवादले निल्न खोजिने छ, एमसीसी र एसपीपी लाद्नको लागि अमेरिकी सेनाले हाम्रो देशमा परेट खेर्ने खतरा संकेत देखिन्छ । पुराना दलाल पार्टीलाई असफल र बेकामे साबित गरेर नयाँ आफ्ना दाइ भनाउँदा जस्तै केही एजेन्ट हाबी गरेर नेपाली चाबी आपूmसँग राख्ने डिजाइन देखिन्छ । त्यसपछि आफ्नो अस्तित्व रक्षा राष्ट्रिय स्वाधीनताको भीषण लडाइमा सबैका बेलैमा नखुलेका अन्धभक्त सोच र आँखा खुलेर यो संसदीय व्यवस्था साथै एकैसाथ युक्रेनी शैलीमा मुकुन्डोधारी जेलेस्कीको अन्त्येष्टिमा बोलिने छ, लेखिने छ, जताततै ब्याड लक दाइ रिप !!

(लेखक ः अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]