साम्राज्यवादलाई परास्त गरेर नै नेपाल स्वतन्त्र हुनसक्छ
चीन र भारतबिच रहेको नेपाल तेस्रो शक्तिबाट च्यापिएको छ । भारतबाट त हस्तक्षेप भएकै छ, तर अमेरिकी साम्राज्यवादबाट पनि उकास पाएको छैन । अझ बढी अमेरिकाको दबावमा रहेको छ नेपाल । नेपालका नेताहरूको समर्थनले गर्दा अमेरिकालाई के खोज्छस् काना आँखा जस्तै भएको छ । अहिले हस्तक्षेप बदलिएको छ । पहिले अमेरिकाले भारतलाई लगाएर हस्तक्षेप गर्दथ्यो भने अहिले अमेरिकाले नेपाललाई ठाडै हस्तक्षेप गरिरहेको छ । अमेरिकाले नेपालका आफ्ना दलालहरू मार्फत नेपाललाई हस्तक्षेप गरिरहेको छ । पछिल्लो समय अमेरिकाले सिधै हस्तक्षेप गर्न थालेको छ । यसको परिणाम हो एमसीसी ।
नेपालीहरूको सशक्त विरोधका बावजुद अमेरिकाले एमसीसी पास गराई छाड्यो नेपालमा । व्याख्यात्मक भनेर नेपालका दलालहरूले नै पास गराए एमसीसी । भनिन्छ जम्मा ८ करोडको लोभमा । नेपालको मुख्य दुश्मन शक्ति साम्राज्यवाद त छँदैछ । तर दलालहरूको चुनौती पनि खेप्नुपरेको छ नेपालले । यसरी हेर्दा विदेशी दलाल प्रमुख दुश्मन मानिन्छन् । हेर्नको लागि उनीहरू नेपाली हुन् । तर उनीहरू अमेरिकाको दास बनेर प्रोअमेरिकनको रुपमा कामगरिरहेका छन् । नेताहरू किन अमेरिकाको दास बन्छन् भन्ने कुरामा पद–प्रतिष्ठा अमेरिकाबाट नै प्राप्त हुन्छ । नेपालको मन्त्री हुन अमेरिकाको सिफारिशमा हुनुपर्छ । प्रधानमन्त्रीको सिफारिश गर्ने पनि अमेरिका नै हो । मन्त्रीहरू चुनिने पनि अप्रत्यक्ष रुपमा अमेरिकाबाट नै हो । वर्गीय हितले गर्दा भारतले पनि अमेरिकाले भनेको मान्छ । यहाँ नागरिकको सवालभन्दा मन्त्रीको सवाल छ । यसैले नेपालमा भारतीय निर्देशनमा नागरिकता विधेयक बन्छ । विदेशीले आफ्नो अनुकूल मन्त्रि छानिदिने परम्परा बनिसकेको छ । के नेपाल स्वतन्त्र छ ? अड्डा, अदालत, न्याय, सुरक्षा, योजना सबै उतैबाट निसृत हुन्छन् । इन्डो–प्यासिफिक अमेरिका कै देन हो । यहाँ अमेरिकी सेना यत्रतत्र हिँडेका पाइन्छन् । कार्यालय पनि बनेको छ । दुई किसिमले अमेरिकी सेना नेपालमा बस्छन् । पहिलो कुरा त नेपालमा बहुमूल्य खनिज पदार्थ छन्, जसलाई नेपालले उपयोग गर्न सकेको छैन सीप र स्रोतको कमीले । अर्को कुरा नेपालको उत्तरतिर चीन उभिएको छ । अमेरिकाले चीन नेपालमा नपसोस भन्ने चाहन्छ एकलौटी हालिमुहाली गर्न । दुवै देश नेपालका असल मित्र हुन् । तर चीन भने सीमाना जोडिएको असल छिमेकीमा पर्छ । यसलाई नकार्न सकिँदैन । भारत पनि छिमेकी हो । दुवै देशका परम्परा, संस्कृति मिल्दाजुल्दा छन् । बिहेबारी चल्छ । धेरैजसो सामान भारतबाट नै आयातित हुन्छन् । नेपालको पैसा भारतले सञ्चय गर्छ । यसैले नेपाल दिन प्रतिदिन गरिबीमा पर्छ । नेपालको २६ जिल्लाहरूबाट २५६ ठाउँ भारतले हस्तक्षेप गरेको छ । तर नेपालले केही भन्न सकेको छैन । यो दुःखको कुरा हो ।
नेपाल कम्युनिस्ट पार्टीले हस्तक्षेपको विरोध गदैआएको देखिन्छ । तर अफसोच, पार्टी टुटफुट र विभाजन भएको बुझिन्छ । नेकपाको नवांै बैठकपछि एकथरी गुटले बहुमत भएको बाताउँदै छुट्टै पार्टी खोलेको अवस्था छ । जब–जब पार्टीले विकास गर्दै जान्छ, कम्युनिस्ट पार्टीमा विभाजन हुन्छ । नेकपाको इतिहासले नै यस्तै देखाउँछ । कम्युनिस्ट पार्टीको इतिहास यसै श्रृंखलाबाट अगाडि बढेको छ । यसको बारेमा बहस खै ? सिद्धान्त उही छ, नीति उही छ । यसमा कुर्सीले महत्वपूर्ण भूमिका खेलेको छ । साम्राज्यवादको चासो भनेको नेपाल कम्युनिस्ट पार्टीलाई हमला गर्नुमा छ । यो विभाजनले साम्राज्यवादलाई मलजल हालेको छ । कुर्सीको लोभमा पार्टी विभाजन भएको दुःखद अवस्था छ ।
यो पंक्तिकारको आशय हो क्रान्तिको लागि सबै सच्चा वामहरू एकजुट हुनुपर्छ । हरेक देशभक्त एकजुट हुनुपर्छ । एकजुट भएमा साम्राज्यवादलाई अवश्य परास्त गर्न सकिन्छ । र एमसीसीलाई असफल बनाउन सकिन्छ । नेकपा एक क्रान्तिकारी शक्ति भएको कारणले नै उसले एकीकृत क्रान्ति चलाइरहेको अवस्था छ । सबैभन्दा ठूलो कुरा क्रान्ति चाहिएको छ, परिवर्तन चाहिएको छ । अहिले समाजवादी मोर्चा बनेको छ । यो मोर्चा क्रान्तिमा लाग्नुको विकल्प छैन । तर यो मोर्चा देखावटी रुपमा भएर हुँदैन । नामधारी कम्युनिस्ट भएर हँुदैन । नामधारीसँग सहकार्य गर्नु धोकामात्र हुन्छ । क. धर्मेन्द्र र क्रान्तिकारी पार्टी मोहन वैद्य ‘किरण’सँग पनि सहकार्य गर्न जोड गर्नुपर्छ । यसलाई सम्पूर्ण देशभक्त वामपन्थी र बुद्धिजीवीहरूले सहयोग र समर्थन गर्नुपर्छ । क्रान्तिलाई केन्द्रमा राखेर छलफल र बहस चलाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो । यसलाई पूर्वाग्रहले हेरिनु हुँदैन । सडकलाई उपेक्षा गरेर सदनबाट क्रान्ति हुनसक्दैन । हुदैन बिहान एक दुई तारा झरेर नगए ।
अहिले नेपालका उपप्रधान मन्त्री तथा विदेश मन्त्री आरजु राणा भारत गएको समयमा भारतले प्रधानमन्त्री सरह स्वागत गरेको छ । सिक्कीमको लेण्डूपलाई पनि उच्च सम्मान गरिएको थियो । भारतले आफ्नो स्वार्थपूर्ति गर्न विभिन्न हत्कण्डा अपनाइरहेको देखिन्छ । यसमा स्वाभिमानी जनता सतर्क हुनुपर्छ ।