महान् अक्टोबर क्रान्ति ः नयाँ युगको सूत्रपात
अक्टोबर २५ अन्तर्राष्ट्रिय सर्वहारा श्रमजीवी वर्गका लागि एउटा खुसीको दिन हो । किनभने आजकै दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको भएको थियो । अर्थात् आजकै दिन सन् १९१७ अक्टोबर २५ (रुसी नयाँ पात्रोका अनुसार सन १९१७ नोभेम्बर ७) का दिन रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) को रणनीतिक कार्यदिशा (बृहत योजना) र महान् लेनिनको नेतृत्वमा महान् रुसी समाजवादी क्रान्ति सम्पन्न भएको थियो । महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले १०७ वर्ष पुरा गरेको थियो । आजकै दिन विश्व सर्वहारा वर्गले विश्वमा पहिलोपटक पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरेर सर्वहारा वर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरेको थियो । अर्थात् महान् रुसी अक्टोबर समाजवादी क्रान्ति विश्वपुँजीवादी राज्य व्यवस्थाको पहिलो मलामीका रुपमा पुँजीवादी व्यवस्थाको चिहान खनेर माटोमा पुरेर त्यसको ठाउँमा सर्वहारा वर्गको अधिनायकत्व सहितको वैज्ञानिक राज्य व्यवस्था स्थापना गर्ने नयाँ शक्ति थियोे, जसले गर्दा नै आज महान् रुसी अक्टोबर समाजवादी क्रान्तिलाई एक युगान्तकारी परिघटनाका रुपमा लिइन्छ । यसरी रुसमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति माक्र्सवादको पहिलो प्रयोग थियो । हुन त माक्र्स कै समयमा सन् १८७१ पेरिसका मजदुर (कम्युनार्डो) हरुले पेरिस कम्युन निर्माण गरेका थिए । त्यो हिसाबले पेरिस कम्युनको निर्माण नै विश्व मानव समाजको इतिहासमा माक्र्सवाद पहिलो प्रयोग भन्न सकिएला । पेरिस कम्पुन निर्माण गर्ने बेला कम्युनिस्ट पार्टी बनिसकेको थिएन र कम्युनिस्ट पार्टीको मातहतमा चल्ने जनसेनाको निर्माण नभए कारण महान् पेरिस कम्युन ७२ दिनमै ढलेको थियो । किनभने पेरिस कम्युनमा सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्य बन्न नसक्दा प्रतिक्रियावादी सत्ताले ७२ दिनमै प्रतिक्रान्ति गर्न सफल भएको थियो ।, जुन लेनिनद्वारा कार्यान्वयन गरिएको थियो । र विश्व सर्वहारा वर्ग पहिलोपटक राज्यसत्ताको मालिक बन्न पुगेको थियो ।
त्यसैले आज संसारभरका सर्वहारा श्रमजीवी वर्ग र उत्पिडित राष्ट्रहरुले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको १०७ औँ वर्षगाँठ खुसीका साथ उल्लासमय वातावरणमा धुमधामका सात मनाउन गइरहेका छन् ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति विश्वको राजनीतिक इतिहासमा र सिंगो मानवका लागि एक युगान्तकारी परिघटना थियो । किनभने महान् अक्टोबर समाजवादी क्रान्तिले नयाँ युगको, नयाँ संसारको सूत्रपात गरेको थियो र त्यसको सकारात्मक प्रभाव संसारभर परेको थियो । त्यस क्रान्ति पश्चात् चीन, भारत, इटली, उतर कोरिया, भियतनाम, कम्बोडिया लावस, हंगेरी, नेदरल्यान्ड, इन्डोनेसिया, चिली, बर्मा, जापान, नेपाल, क्युवा, भेनेजुयला, टर्की, नर्वे, लगायत विश्वका दर्जनौं देशहरूमा कम्युनिस्ट पार्टीहरु गठन हुन पुगेका थिए । साथै पूर्वी युरोपका २० औं देशहरुमा रुसी मोडलको समाजवाद लागु गरिएको थियो ।
साथै महान् रुसी अक्टोबर समाजवादी क्रान्ति पश्चात् सन् १९४५ मा उत्तर कोरिया र भियतनाममा साथै सन् १९४९ महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न राष्ट्रिय स्वाधीनता प्राप्त गर्दै अर्थात् सामन्तवाद र साम्राज्यवादका पहाडहरु भत्काएर वैज्ञानिक समाजवाद निर्माणको बाटोमा अगाडि बढेका थिए भने सन् १९५९ अमेरिकी साम्राज्यवादको नाकमुनी झुन्डिएको क्युवाले समेत क्रान्ति सम्पन्न भएको थियो ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति र महान् चिनियाँ नयाँ जनवादी क्रान्ति पश्चात् विश्व जनसंख्याको बहुमत जनता सर्वहारा अधिनायकत्व सहितको वैज्ञानिक समाजवादी राज्य व्यवस्था सञ्चालन गर्न सफल भइरहेका थिए । र विश्व पुँजीवाद एवं साम्राज्यवाद एक्लिदै गइसकेको अवस्था थियो ।
तर आज महान् रुसी अक्टोबर समाजवादी, महान् चिनियाँ नयाँ जनवादी वैज्ञानिक समाजवादी क्रान्ति लगायत विश्व वैज्ञानिक समाजवादी राज्य व्यवस्था इतिहास बनिसकेका छन् । रुस र चीनमा भएको प्रतिक्रान्ति पश्चात् आज संसारका कुनै पनि देशमा माक्र्सवाद–लेनिनकोवाद–माओवादको मार्गदर्शनमा निर्देशित वैज्ञानिक समाजवाद कुनै पनि देशमा छैन, तर ती महान् नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको इतिहास जीवितै अवस्थामा छन् र संसारको कुनै पनि तागतले ती क्रान्तिहरुको इतिहासलाई नामेट गर्न सक्ने छैन ।
महान् रुसी अक्टोबर समाजवादीमाथि प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भए पश्चात्, तेस्रो अन्तर्राष्ट्रियको अन्त्य पश्चात् साम्राज्यवादीहरु स्यालहरुले ठूलो स्वरले कुर्लिँदै माक्र्सवाद असफल भएको, माक्र्सवाद संग्रहालयमा थन्किएको बताउन पुगेका थिए । विश्व सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रहरुलाई निराश तुल्याउने प्रयत्न गरेका थिए ।
रुस, चीन लगायत विश्वका विभिन्न मुलुकमा सञ्चालनमा आइरहेका नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी राज्य व्यवस्थामाथि प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भए पश्चात् निश्चितै रुपमा विश्व वैज्ञानिक समाजवादी शिविर रक्षात्मक अवस्थामा पुगेकै हो । विश्व सर्वहारा क्रान्ति पछाडि धकेलिएकै हो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकै हो । त्यस दुःखत परिघटनालाई विश्व सर्वहारा वर्गले सहजै रुपमा स्वीकार गरेर त्यसको समीक्षा गरेकै हो ।
तर पुँजीवादी, साम्राज्यवादी स्यालहरुले स्यालको हुइयामा हुइया थप्दै ठूलो स्वरले कुर्ले झैं गरी माक्र्सवाद सदाको लागि संग्रहालयमा थन्किएको नभएर एक गतिशील तथा वैज्ञानिक सिद्धान्त भएकोले त्यसको दोस्रो चरणमा लेनिनवाद र तेस्रो तथा नयाँ एवं उच्च चरणमा माओवादको विकास हुन पुगेपछि विश्व सर्वहारा श्रमजीवी वर्गको मुक्तिको मार्गदर्शन सिद्धान्तको रुपमा त्यही अवधिमा रहेको माक्र्सवाद थप समृद्ध बन्दै दार्शनिक, सैद्धान्तिक एवम् साँगठानिक रुपमा शक्तिशाली बन्दै अगाडि बढ्न पुग्यो । र, आज माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्ग र श्रमजीवी जनताको पथप्रदर्शक सिद्धान्त बन्न पुगेका छ । चीनमा प्रतिक्रान्ति भएपछि सन् १९८४ विश्वभरका क्रान्तिकारीहरुले क्रान्तिकारी अन्तर्राष्ट्रिय अभियान (रिम) को गठन गर्न सफल भएका थिए । भने विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओका योगदानका माओवाद का रुपमा संश्लेषण गरिएको थियो । त्यसपछि पेरु, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, अफगानिस्तान, टर्की लगायत विश्वका दर्जनभन्दा बढी देशहरूमा माओवादी कम्युनिस्ट पार्टीहरु निर्माण र परिचालन गरिएको थियो र माक्र्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शक सिद्धान्तद्वारा निर्देशित भएर पेरिस र नेपालमा महान् सशस्त्र जनयुद्ध सञ्चालन गरिएको थियो । तर पेरुमा सन् १९९२ मा कमरेड गोञ्जालोको अमेरिकी साम्राज्यवादको पिठ्यु पेरुभियाली प्रतिक्रियावादी सत्ताले गिरफ्तार गरे पश्चात् अन्य वरिष्ठ नेताहरुको गिरफ्तारीमा परेपछि पेरुमा सञ्चालन भइरहेको महान् जनयुद्धले सेडब्याक खाएको थियो भने नेपालमा सञ्चालन भइरहेको महान् सशस्त्र जनयुद्ध पनि पार्टीले अंगिकार गरेको कतिपय सैद्धान्तिक कमजोरी र मुख्य नेतृत्वमा पैदा भएको चरम अवसरवादका कारण नेपाल माओवादी जनयुद्धमाथि पनि प्रतिक्रान्ति भएको दुःखत परिघटना ताजै छ । तर भाकपा (माओवादी) ले भने भारतमा अहिले पनि सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ र केही प्रान्तहरुमा बलियो सशस्त्र आधार इलाकाहरु निर्माण गरिरहेका छन् ।
अहिले रिमको पनि विघटन भइसकेको छ भने आज नेपाल, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, फिलिपिन्स, टर्की लगायतका देशहरुका क्रान्तिकारी माओवादीहरुले मालेमावादको पथप्रदर्शनमा सशस्त्र क्रान्तिको तयारी गरिरहेका छन् र क्रान्तिकारी अन्तर्राष्ट्रियको निर्माणको पहल पनि गरिरहेका छन् ।
आजको युग साम्राज्यवाद र विश्व सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो । विश्व साम्राज्यवादलाई परास्त गरेर वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन, राज्य बिहिन वैज्ञानिक साम्यवादमा पुग्नका लागि विश्व सर्वहारा वर्गले आज दक्षिणपन्थी संशोधनवाद र प्रतिक्रान्तिको धुलो टकटक्याउँदै दार्शनिक, सैद्धान्तिक, साँगठनिक तथा व्यापक सामरिक तयारीका साथ अगाडि बढ्नुको विकल्प छैन । किनभने सबैखाले मानवीय शोषण, दमन, अन्याय, अत्याचार र उत्पीडनको अन्त्य गरिएको नौलो संसार रुपी वैज्ञानिक साम्यवादको निर्माणको ऐतिहासिक कार्यभार आज विश्व सर्वहारा वर्गको काँधमा आइपुगेको छ । यसलाई विश्व सर्वहारा वर्गले क्रान्ति र प्रतिक्रान्तिबाट शिक्षा लिँदै सफल कार्यान्वयन गर्नुको विकल्प छैन । र विश्व सर्वहारा क्रान्ति अनिवार्य र अवश्यम्भावी छ ।
(लेखक ः वरिष्ठ माक्र्सवादी चिन्तक, लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)