साम्राज्यवादी दलाल मुख्य दुश्मन

२०८१ मंसिर १० गते, सोमबार

 झपेन्द्रराज बैद्य

चीन र भारतबीच रहेको नेपाल तेस्रो शक्तिबाट च्यापिएको छ । भारतबाट त हस्तक्षेप भएकै छ तर अमेरिकी साम्राज्यबादबाट पनि उकास पाएको छैन । अझ बढी अमेरिकाको दबाबमा रहेको छ नेपाल । नेपालका नेताहरुको समर्थनले गर्दा अमेरिकालाई के खोज्छस् काना आँखा जस्तै भएको छ । अहिले हस्तक्षेप बदलिएको छ । पहिले अमेरिकाले भारतलाई लगाएर हस्तक्षेप गर्दथ्यो भने अहिले अमेरिकाले नेपाललाई ठाडै हस्तक्षेप गरिरहेको छ । अमेरिकाले नेपालका आफ्ना दलालहरु मार्फत् नेपाललाई हस्तक्षेप गरिरहेको छ । पछिल्लो समय अमेरिकाले सीधँै हस्तक्षेप गर्न थालेको छ । यसको परिणाम हो एमसीसी र पीपी एस. आई पी ए अमेरिकाको फौजी निकाय हो । हालै नेपालमा अमेरिकी चलखेल ज्यादै बढेको अवस्था छ । अमेरिकी सुरक्षा बल यत्र तत्र देखिन थालेका छन् ।

 नेपालीहरुको सशक्त बिरोधका बाबजुद अमेरिकाले एमसीसी पास गराईछाड्यो नेपालमा । ब्याख्यात्मक भनेर नेपालका दलालहरुले नै पासगराए एमसीसी । भनिन्छ जम्मा ८ करोडको लोभमा । नेपालको मुख्य दुश्मन शक्ति साम्राज्यबाद त छदैछ । तर दलालहरुको चुनौती पनि खेप्नुपरेको छ नेपालले । यसरी हेर्दा विदेशी दलाल प्रमुख दुश्मन मानिन्छन् । हेर्नको लागि उनीहरु नेपाली हुन । तर उनीहरु अमेरिकाको दासबनेर प्रोअमेरिकनको रुपमा कामगरिरहेका छन् । नेताहरु किन अमेरिकाको दास बन्छन् ? भन्ने कुरामा पद प्रतिष्ठा अमेरिकाबाट नै प्राप्त हुन्छ । नेपालको मन्त्री हुन अमेरिकाको सिफारिशमा हुनुपर्छ । प्रधानमन्त्रीको सिफारिश गर्ने पनि अमेरिका नै हो । मन्त्रीहरु चुनिने पनि अप्रत्यक्ष रुपमा अमेरिकाबाट नै हो । वर्गीय हीतले गर्दा भारतले पनि अमेरिकाले भनेको मान्छ । यहाँ नागरिकको सवाल भन्दा मन्त्रीको सवाल छ । यसैले नेपालमा भारतीय निर्देशनमा नागरिकता बिधेयक बन्छ । बिदेशीले आफ्नो अनुकुल मन्त्री छानिदिने परम्ंपरा बनिसकेको छ । के नेपाल स्वतन्त्र छ ? अड्डा अदालत न्याय सुरक्षा, योजना सबै उतैबाट निसृत हुन्छन् । ईन्डोप्यासिफिक अमेरिका कै देन हो । यहाँ अमेरिकी सेना यत्रतत्र हिँडेका पाइन्छन् । अफिस पनि बनेको छ । दुई किसिमले अमेरिकी सेना नेपालमा बस्छन् । पहिलो कुरा त नेपालमा बहुमुल्य खनिज पदार्थ छन् जसलाई नेपालले उपयोग गर्न सकेको छैन सीप र श्रोतको कमीले । अर्को कुरा नेपालको उत्तरतिर चीन उभिएको छ । अमेरिकाले चीन नेपालमा नपसोस भन्ने चाहन्छ । एकलौटी हालिमुहाली गर्न । दुबै देश नेपालका असल मित्र हुन । तर चीन भने सिमानामा जोडिएको असल छिमेकीमा पर्छ । यसलाई नकार्न सकिदैन । भारत पनि छिमेकी हो । दुबै देशका परम्परा सँस्कृति मिल्दाजुल्दा छन् । बिहेबारी चल्छ । धेरँै जसो सामान भारतबाट नै आयातित हुन्छन् । नेपालको पैसा भारतले संचय गर्छ । यसैले नेपाल दिन प्रतिदिन गरिबीमा पर्छ । नेपालको २६ जिल्लाहरुबाट २५६ ठाउँ भारतले हस्तक्षेप गरेको छ । तर नेपालले केही भन्न सकेको छैन । यो दुःखको कुरा हो ।

 नेपाल कम्युनिष्ट पार्टीले हस्तक्षेपको बिरोध गर्दैआएको देखिन्छ । ऋषी कट्टे, क्रान्तिकारी माओबादी र अन्य घटकहरुले पनि बिरोध जनाएका छन् । तर अफसोच पार्टी टुट फुट र विभाजन भएको बुझिन्छ । नेकपाको नवौ बैठक पछि एक थरी गुटले बहुमत भएको बाताउँदै छुट्टै पार्टी खोलेको अवस्था छ । जब–जब पार्टीले विकास गर्दै जान्छ कम्युनिष्ट पार्टीमा विभाजन हुन्छ । नेकपाको ईतिहासले नै यस्तै देखाउँछ । मौकापाएसम्म साम्राज्यबादले पनि ठूलो भूमीका खेलेको हुन्छ । कम्युनिष्ट पार्टीको ईतिहास यसै श्रृंखलाबाट अगाडि बढेको छ । यसको बारेमा बहस खै ? नेताहरु कुर्सीको दाउँमा लाग्छन् नत्र भने सिद्धान्त उही छ । नीति उही छ । तर काले काले एकनासे मिलेर खाउँ भाले भनेजस्तै क्रान्तिबाट पछि हट्न पार्टी अलग भएको घोषणा गरेका त होइनन् ? यसमा कुर्सीले महत्वपूर्ण भूमिका खेलेको छ । साम्राज्यबादको चासो भनेको कम्युनिष्ट पार्टीलाई हमला गर्नुमा छ । बहस गर्न पनि डराउने, पाखापाखा विरोध गर्दै हिँड्ने यो भडुवा नीति होइन ? यस्तै भएको छ कम्युनिष्ट पार्टीमा। यो विभाजनले साम्राज्यबादलाई मलजल हालेको छ । यसको जिम्मेवार नेताहरुको महत्वाकांक्षा हो। कोही देश भक्त परिवर्ततन चाहने इमानदार मानिसहरु पनि अलग हुन्छन् तर कुर्सीको लोभमा फसी पार्टी विभाजन भएको दुःखद अवस्था छ ।

 यो पंक्तिकारको आशय हो क्रान्तिको लागि सबै सच्चा बामहरु एक जुट हुनुपर्छ । हरेक देशभक्त एक जुट हुनुपर्छ । एक जुट भएमा साम्राज्यबादलाई अवश्य परास्त गर्न सकिन्छ । र एमसीसीलाई असफल बनाउन सकिन्छ । नेकपा एक क्रान्तिकारी शक्ति भएको कारणले नै उसले एकीकृत क्रान्ति चलाई रहेको अवस्था छ । यसको यात्रा वैज्ञानिक समाजादमा जान्छ कि जादैन हेर्नुछ । सब भन्दा ठूलो कुरा क्रान्ति चाहिएको छ । परिवर्तन चाहिएको छ । अहिले समाजबादी मोर्चा बनेको छ । यो मोर्चा क्रान्तिमा लाग्नुको बिकल्प छैन । नाराले मात्र हुदैन । काममा हुुनुपर्छ । यसलाई सम्पूर्ण देश भक्त बाम पन्थी र बुद्धिजिबीहरुले सहयोग र समर्थन गर्नुपर्छ । क्रान्तिलाई केन्द्रमा राखेर छलफल र बहस चलाउदै अगाडि बढ्नु आजको आवश्यकता हो । यसलाई पूर्वाग्रहले हेरिनु हँुदैन । सडकलाई उपेक्षा गरेर सदनबाट क्रान्ति हुनसक्दैन । हँुदैन बिहान एक दुई तारा झरेर नगए ।

 हालै अमेरिका र नाटोको सहयोगमा युक्रेन रुसबिरुद्ध लागेको अवस्थाछ । यही मंसीर २ गते रुसले युक्रेन विरुद्ध सयौं लडाकू बिमान परिचालन गरी हमलागरेको छ । रुसले १९० किमी दूरीसम्म मार हान्ने मिसायल बनाएको छ । यसमा उत्तर कोरियाले पनि सहयोग दिने भएको छ । अमेरिकाबिरुद्ध चीनले पनि सहयोग गर्नसक्छ । यसरी तेस्रो विश्व युद्ध हुने सम्भावना देखिएको छ । तेस्रो विश्व युद्ध भएमा विश्वमा हाहाकार हुनेछ । सामानको मूल्य अत्यधिक बढने छ । यसको प्रत्यक्ष असर नेपाललाई पनि पर्नेछ । यस्तो हुने भएमा जनताले बंगालादेश जस्तै नेताहरुलाई पाखा लगाउने छन् । यसमा पहिलो निसानमा देशका दलालहरु पर्ने छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु