Generation Z (जेन–जी) आन्दोलन एक चर्चा

२०८२ आश्विन १३ गते, सोमबार
चीरन पुन (सी)


प्रारम्भ :
नेपालमा यहि भदौ २३ र २४ गते Generation Z (जेन – जी) आन्दोलन चल्यो । आन्दोलनमा ७० जना भन्दा बढिको ज्यान गयो, सयौँ घाईते भए । आन्दोलनमा राष्ट्रपति निवास — सितल निवास, प्रधानमन्त्री निवास — बालुवाटार, संसद भवन—नयाँ बानेश्वर, मन्त्रालय — सिंहदरवार, मन्त्री निवास — भैसेपाटी लगायत कैयौ निजी निवास, सरकारी कार्यालय, सयौँ सवारी साधन, निजि तथा सरकारी संरचनाहरु जलेर खरानी भयो । कैयौ ब्यापारिक प्रयोजनका भवन एवम् भौतिक सम्पक्तिहरु जलेर नस्ट भयो । प्रहरीको बन्दुक खोसियो, गोली आन्दोलनकारीले बोकेर हिँडे । Generation Z (जेन – जी) आन्दोलनले केपी ओली नेतृत्वको सरकारलाई बर्खास्ती गर्यो । प्रतिनिधीसभा समेत विघटित गरायो र पूर्व प्रमुख न्यायधीस सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ र त्यसले आगामी २०८२ फागुन २१ गते निर्वाचन तोकेको छ । यो लेखमा Generation Z (जेन – जी) आन्दोलनका विभिन्न पक्षहरुका बारेमा सक्षिप्त चर्चा गरिने छ ।

पुस्ताको वर्गीकरण :
पुस्ताको बर्गीकरण बारे संसारका विभिन्न समाजशास्त्री, जनसांख्यिक विज्ञ, संस्कृति बिज्ञ, बजार–अनुसन्धान विज्ञ आदीले क्रमस समाजको अध्ययन गरेर पुस्तामा बर्गीकरण गर्न पहल गरेका हुन । अझ मुख्य र विशेष गरी अमेरिकामा William Strauss र Neil Howe नामका दुई समाजशास्त्रीले सन् १९९१ मा Generations The History of Americas Future, 1584 to 2069 भन्ने पुस्तकमार्फत पुस्तालाई नाम दिएर वर्गीकरण गरे र लोकप्रिय बनाएका हुन । पछि अन्य विज्ञहरूले पनि यही ढाँचालाई विस्तार गरे । पुस्ताको बर्गीकरणको प्रभाव संसारभर पर्दै आयो । यो आधारमा पुस्ताहरुको नाममा संसारभर कैयौ ठुला — ठुला आन्दोलनहरु संचालन हुँदै आइरहेको पाईन्छ र नेपालमा पनि Generation Z (जेन – जी) आन्दोलनको प्रभाव र विकास भएको हो भन्न सकिन्छ ।

पुस्ताको बर्गीकरण र चरित्र :
William Strauss / Neil Howe नामका दुई समाजशास्त्रीले सन् १९९१ मा Generations
The History of Americas Future, 1584 to 2069 भन्ने पुस्तकमार्फत मानवीय पुस्ताहरुलाई ९ तहमा विभाजन गरेको पाईन्छ र पुस्ताहरु आगामी दिनमा पनि विज्ञान — प्रवृद्धी, सुचना — संचार आदीको विकास अनुसार दक्षता, क्षमता, अनुभव, ज्ञान, सीपको प्रभाव र विस्तार हुँदै जाने कुराको चर्चा पनि गरेका छन् । जसमा १) Lost Generation (१८८३ –१९००) — पहिलो विश्वयुद्धले प्रभावित, निराशा र भ्रमको पुस्ता भनेर नामाकरण गरे । उनिहरु अलिबढि ढुलमुल स्वभावका थिए । २) Greatest Generation (१९०१–१९२७) — प्रथम विश्वयुद्धमा लडेको, राष्ट्रप्रेमी, त्यागी, अनुशासित पुस्ता भनेर नामकरण गरियो । उनिहरुको पुस्ताले संसारभर युद्धमा बहादुरी देखाए र निर्धक्क लडे ।, ३) Silent Generation (१९२८–१९४५) — यो पुस्तालाई युद्धपश्चात मौन, परम्परावादी, स्थिरता खोज्ने, अनुशासनमा बलियो पुस्ता भनेर नामाकरण भयो ।, ४) Baby
Boomers (१९४६–१९६४) — जन्मदर उच्च भएको, अर्थतन्त्र विस्तार हुँदै गएको, उपभोगवादी प्रभाव पर्दै गएको, अलि बढि आत्मकेन्द्रीत पुस्ताको रुपमा नामाकरण र चित्रण भयो ।, त्यस्तै ५) Generation X (१९६५–१९८०) — यो पुस्तालाई स्वतन्त्र सोचको विकास हुँदै गएको, व्यवहारिक जिवनपद्धती अङ्गाल्ने, शङ्कालु स्वभाव, काम र जीवनको सन्तुलन खोज्ने पुस्ताको रुपमा विकास भएको बताए ।, ६) Millennials Gen Y (१९८१–१९९६) — इन्टरनेट, मोबाइलसँग हुर्किएको, ग्लोबलाइजेसनमा खुला, सामाजिक परिवर्तनप्रति सक्रिय पुस्ता भनेर यो पुस्ताको चरित्रको ब्याख्या गरे । ७) Generation Z (१९९७–२०१२) — यो पुस्ता विज्ञान — प्रविधीयुक्त, सुचना — संचारयुक्त, स्मार्टफोन, सोशियल — मिडिया, बहुसांस्कृतिक सोच, व्यावहारिक तर अलिक आत्मकेन्द्रित र ज्ञाता पुस्ताको रुपमा यो पुस्ताको चरित्रको ब्याख्या गरे । आज नेपालको यिनै पुस्ताले गरेको आन्दोलनको प्रभाव यसप्रकारको रहन गयो । त्यसपछि उनिहरुले ८) Generation Alpha (२०१३–२०२५) — डिजिटल युगमा जन्मेको, भर्चुअल रियलिटीसँग हुर्कने, अझै अध्ययन — अनुसन्धानमा ब्यस्त र हरेक विषयहरुमा जान्न खोज्ने पुस्ताको रुपमा चित्रण गरिएको छ । अन्त्यमा ९) Generation Beta (२०२५ पछि) भविष्यमा परिभाषा हुने र उनिहरु पूर्ण कृत्रिम बुद्धिमत्ता (AI) अन्तरिक्ष – युग, जलवायु र मानवीय संकटसँग सम्बन्धित हुने पुस्ता भनेर उनिहरुले चर्चा गरेका छन् । यसरी पुस्ताको बर्गीकरण र चरित्रहरुलाई ब्याख्या गरेका हुन । यो वर्गीकरण पश्चिमी देश र समाजहरुमा निकै नै लोकप्रिय भएको भएता पनि हाम्रो देश नेपालको सन्दर्भमा यी विषयहरु र आन्दोलन निकै नयाँ प्रभावको रुपमा देखिएको हो भन्न सकिन्छ । किनकी, पुरानो पुस्ताले यसप्रकारको आन्दोलन यो रुपमा हुनेछ भन्ने कुरा सायदै कसैले सोचेका थिए । त्यसैको आधारमा हामीले भन्न सक्छौ कि, आज हाम्रो पुस्ताको चरित्र राजनीतिक आन्दोलन, बिद्रोह, आर्थिक उत्पादन र विकास, सांस्कृतिक रूपान्तरण, सम्वृद्धि, विज्ञान, प्रविधिमैत्री, सुचना, संचारमैत्री आदिसँग जोडिएको छ ।

के हो Generation Z (जेन – जी) पुस्ता र आन्दोलन ?
क) Generation Z (जेन – जी) पुस्ता ः
यो पुस्तामा सन् १९९७ – २०१२ बीच जन्मिएका युवाहरू हुन् Generation Z (जेन – जी) पुस्ता । उनिहरुको सामाजिक सक्रियता, राजनीतिक सक्रियता र चेतनामूलक आन्दोलनमा पनि अहिले सक्रिय देखिदै आएको पाईन्छ । यो पुस्ताले प्रारम्भिकरुपमा सामाजिक अभियानहरू र आन्दोलनहमा आफुलाई केन्द्रीत गर्दै आएका छन् । उनिहरुले प्रारम्भमा जलवायु परिवर्तन (Climate change), शिक्षामा सुधार र सामाजिक न्याय जस्ता मुद्दाहरु उठाएका थिए । यो पुस्ता विश्वभर विभिन्न सामाजिक एवम् राजनीतिक मुद्धाहरुमा केन्द्रीत रहेर आन्दोलनमा अगाडि बढिरहेको पाईन्छ वा देखिन्छ ।

ख) Generation Z (जेन – जी) पुस्ताको सम्पर्क र आन्दोलनको माध्यम ः
यो पुस्ता सुचाना — संचार, सोसियल मिडिया, विज्ञान — प्रविधी, वेव तरङ्ग र इन्टरनेटसँग रमाउन चाहन्छन् । यो पुस्ताले बरु उनिहरुले एक दिनको खाना छोड्न सक्छन्, लगाउने कपडा छोड्न सक्छन्, स्कुल एवम् कलेज छोड्न सक्छन् पारिवारीक सम्वन्ध र सामाजिक सम्वन्धहरु छोड्सक्छन् तर ईन्टरनेट, सोसियल मिडिया, मोवाईल, टोक्नोलोजी छोड्न सक्दैनन । त्यसैले यिनीहरुले एक अर्कामा सम्वन्ध विस्तारहरु पनि यिनै माध्यमहरुबाट गर्ने गर्दछन् उनिहरुलाई परिवार, समाज, देश, विदेश सवै क्षेत्रमा यिनै माध्यमहरुबाट आफ्ना सम्वनधहरुलाई स्थापित गर्ने गरेको पाईन्छ । त्यसैले यो पुस्ताको मुख्य सम्पर्क शुत्र भनेकै ईन्टरनेट, सोसियल मिडिया, मोवाईल, टोक्नोलोजी आदी हुन । यसैको भरमा संसारभर ठुला ठुला आन्दोलनहरु संचालन गरेका छन् र नेपालमा यहि माध्यमहरुलाई प्रयोग गरे, संगठित भए र आन्दोलन संचालन गरे ।
उनिहरुको बाहिर त्यस्तो कुनै संगठन वा निकाय वा पदाधिकारी वा समुह वा कुनै भिडभाड देखिदैन र प्राय सामान्य मानिसहरुलाई यिनीहरुको गतिविधीहरु देख्न, सुन्न र अनुभुति गर्न पाईदैन नेपालको पछिल्लो Generation Z (जेन – जी) आन्दोलन पनि त्यहि प्रकारको भयो र भयो । विभिन्न सामाजिक संजालहरु, टेक्नोलोजिहरु, इन्टरनेटहरु, मोवाईलहरुबाटै उनिहरुले आन्दोलनको अपील गर्दछन्, मुद्धाहरुको छनौट गर्दछन् र आन्दोलनको प्रकृतिहरु तय गर्दछन् विश्वभरी संचालन भएको यो पुस्ताको आन्दोलनहरुले हामीलाई त्यहि शिक्षा दिएको छ ।

ग ) Generation Z (जेन – जी) विश्वभर देखिएको आन्दोलन ः
यो पुस्ताले नेपालमा मात्रा होईन विश्वभर नै विभिन्न मागहरुमा ठुला ठुला आन्दोलनहरु संचालन गरेका ईतिहाँसहरु छन् । विश्वभर जलवायु परिवर्तन, सामाजिक न्याय, मानव अधिकार, लैङ्गिक समानता, मानसिक स्वास्थ्य, डिजिटल स्वतन्त्रता र डेटा सुरक्षा, शिक्षा र रोजगारी, भ्रष्टाचार, स्थिरता, आर्थिक बिकास, राज्यको दमन, सुरक्षा निकायको दमन, सामाजिक स्वतन्त्रता, सुचना संचारको ग्यारेन्टी आदिजस्ता विषयहरुमा केन्द्रीत रहेर निकै ठुला ठुला आन्दोलनहरु संचालन गरेका छन् । नेपालमा समेत उनिहरुले सुचना संचार, भ्रष्टाचार र स्थीरतामा केन्द्रीत मुद्धाहरुलाई आफ्नो प्रारम्भीक आन्दोलनको खाका र मागको रुपमा उठाएको देखियो ।

घ) विश्वभर भएका Generation Z (जेन – जी) आन्दोलनहरु ः
Generation Z (जेन – जी) आन्दोलनले विश्वका प्राय सवै क्षेत्रहरुलाई प्रभावमा पारेको छ । यो आन्दोलनले युरोपका स्वीडेन – Fridays for Future – Climate Strike जो पछि विश्वभर फैलियो । जर्मनी, फ्रान्स, बेल्जियम, बेलायत आदी देशहरुमा जलवायु आन्दोलनको मुद्धामा लाखौँ विद्यार्थीहरु सडकमा निस्किए, विरोध गरे, ठुला ठुला आन्दोलनहरु चलाए । त्यस्तै, अमेरिकामा Black Lives Matter (२०१३–२०२०) – जातीय समानता र प्रहरी हिंसाविरुद्ध आन्दोलनहरु भयो । March for Our Lives (२०१८) – विद्यार्थीहरूले बन्दुक नियन्त्रणको माग गर्दै आन्दोलनहरु संचालन गरियो । MeToo आन्दोलनको प्रारम्भ पनि अमेरिकै बाट शुरु गरियो । त्यस्तै Green New Deal support –– वातावरण र रोजगारी सुधारको आदी जस्ता आन्दोलनहरु पनि Generation Z (जेन – जी) पुस्ताले गरेका छन् ।

हामीले हेर्न सक्छौ कि एशियामा पनि यो आन्दोलनको प्रभाव निकै ठुलो भएको छ । जस्तो म्यानमार (२०२१) – सैनिक शासनविरुद्ध Civil Disobedience Movement चल्यो र सफलता पनि प्राप्त गरे उनिहरुले । हङकङ (२०१९–२०२०) – लोकतन्त्र र स्वतन्त्रताको लागी आन्दोलन चल्यो, हाम्रै छिमिकी देश भारतमा समेत ऋब्ब् – ल्च्ऋ विरोध प्रदर्शनहरु भयो, (२०१९–२०) मा त्यसको नेतृत्व पनि Generation Z (जेन – जी) विद्यार्थीहरूले नै गरेका थिए । बङलादेशमा शैक्षिक हडतालबाट उठेको आन्दोलनले त्यहाँको सक्तालाई नै विस्तापन गर्यो । श्री लङ्कामा पनि न्याय, समानताको मुद्धामा उठेको आन्दोलनले त्यहाँको सत्तालाई नै खारेज गर्यो । कैयौ शासकहरु भागेर विभिन्न मुलुहरुमा पुगे । त्यस्तै थाइल्याण्ड (२०२०) – राजतन्त्र सुधार र लोकतन्त्रको लागि Generation Z (जेन – जी) विद्यार्थीहरुले निकै ठुलो आन्दोलनहरु गरे ।

नेपालको सन्दर्भमा भन्नु पर्दा यस भन्दा अगाडि नै उनिहरुले Enough is Enough (२०२०) र / COVID –१९ व्यवस्थापनविरुद्ध युवाहरूले आन्दोलन उठाउन कोशिस गरेको पाईन्छ । भने Climate Strike काठमाडौं लगायत सहरमा विद्यार्थीहरूको सहभागितामा आन्दोलनहरु उठाउने कोशिस गरेको पाईन्छ । आज उनिहरुले सामाजिक मिडिया अभियान, भ्रष्टाचार र स्थिरता एबम पारदर्शिता बारे केन्द्रीत गरेर Generation Z (जेन – जी) आन्दोलन उठाए र मुलुक आज यो अवस्थामा छ ।

अफ्रिकी महादेशहरुमा पनि यो आन्दोलनहरु चल्यो । नाइजेरिया (२०२०) – End SARS आन्दोलन (पुलिस हिंसाविरुद्ध) चल्यो, दक्षिण अफ्रिका fees must fall ( शिक्षा शुल्क घटाउने आन्दोलनले चर्को रुप लियो । भने सुडानमा (२०१९) – सैनिक शासनविरुद्ध क्रान्तिमा युवाहरुको नेतृत्वमा आन्दोलनहरु चल्यो । पछिल्लो चरणमा दक्षीण अफ्रीकी देश बुर्किना फासो त्यहाँका सैनिक क्याप्टेन ईब्राहिम त्राओरेले सत्ता कब्जा नै गरे र साम्राज्यवादी राष्ट्रहरुलाई हुङ्कार दिए । त्यस्तै ल्याटिन अमेरिकी देशहरुमा असमानता र भ्रष्टाचारविरोधी ठुला ठुला आन्दोलनहरु संचालन गर्ने यिनै न्भलभचबतष्यल श् (जेन – जी) हरु थिए । चिली (२०१९) – यातायात भाडा वृद्धि विरुद्ध सुरू भएको विद्यार्थी आन्दोलन, पछि राजनीतिक सुधारमा रूपान्तरण भन्ने मागहरु जोडियो । कोलम्बिया (२०२१) – कर सुधारविरुद्ध विद्यार्थीहरुले निकै ठुला आन्दोलनहरु गरे भने ब्राजिल – जलवायु संकट, शिक्षा र लोकतन्त्रका लागि संचालन भएको आन्दोलनमा Generation Z (जेन – जी) पुस्ता नै अगाडि सरेको देखिन्छ ।

नेपालको Generation Z (जेन – जी) आन्दोलन :
उनिहरुको प्रारम्भीक माग मेडियामाथिको प्रतिवन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र स्थायी वा स्थीर सरकार भन्ने थियो । पछि उनिहरुले विभिन्न कोणहरुबाट संसदको विघटन, संविधानको पुर्नलेखन, शासकिय स्वरुपको परिवर्तन, भ्रष्टाचारमाथि कारवार्ही, नयाँ अन्तरिम सरकारजस्ता मागहरुमा केन्द्रीत रहेर आफ्ना उदेश्यहरुलाई अघि सारे । यस अर्थमा आज Generation Z (जेन – जी) आन्दोलनको उदेश्यहरु पुरा हुन सकेका छैनन, वा उनिहरुको मुद्धाहरुलाई अरुनै कसैले अपहरण गरेका छन वा आन्दोलनको असफलता भएको छ, वा जेन जी पुस्ताले आन्दोलनलाई ठिक ढंङ्गले नेतृत्व गर्न सकेनन् यस्ता जे तर्कहरु पनि दिन सकिन्छ । अन्तरिम सरकारको आधार के ?, सविधान यथावत रहनु, संसदवाहेक राज्यका सवै संरचना यथावत रहनु, भ्रष्टाचार र राष्ट्रघातबारे कोही नवोल्नु वा छानविन प्रारम्भ नगर्नु, विदेशी शक्तीको चलखेल हुनु, दलाई लामाहरुको शुभकामना र सक्रियता देखिनु, विदेशी लगानीका INGO र NGO यथावत रहनु र उनिहरुसँग सम्वन्धित पात्र, प्रवृतिहरु सतहमा देखा पर्दै चलखेलमा माग लिनु, अन्तरिम सरकारका मन्त्रीहरु विभिन्न INGO र NGO हरुमा जोडिएको देखिनु आदी घटना परिघटनाहरुलाई हेर्दा Generation Z (जेन – जी) आन्दोलन पूर्ण सफलतामा पुगेको देखिदैन ।

Generation Z (जेन – जी) आन्दोलनले सतहमा ल्याएका अन्तरबिरोधहरु :
नेपालमा चलेको Generation Z (जेन – जी) आन्दोलनले कैयौ विाषयहरु सतहमा ल्याईदिएको छ । ति कैयौ सकरात्मक छन् भने कैयौ नकरात्मक प्रकारका पनि छन् । यसलाई यसरी उल्लेख गर्न सकिन्छ ः एक, यो बिश्वब्यापी, सार्बभौम र अनिवार्य रहेछ भन्ने कुरा युरोप, अमेरिका, एशिया, अफ्रिका, लाटिन अमेरिका लगाएत विश्वका सबै महादेशहरुमा चलेको आन्दोलनले प्रस्ट पारेको छ । फेरी नयाँ पुस्तामा विद्रोह, क्रान्ति, परिवर्तन आदी सपनाहरु छैनन । उनिहरुले सामाजिक मुद्धामा चासो छैन । राजनीतिमा चासो छैन । राष्ट्र र जनताप्रति कुनै चासो छैन भन्ने जुन भ्रम थियो त्यो सवै तर्क विर्तकहरुलाई यो आन्दोलनले पुरै खण्डन गरेको छ र यो भ्रमलाई चिरेको छ । समाजमा बर्गहरु छन् त्यो भए पछि विद्रोहरु पनि सँगै छ भन्ने माक्र्सवादी मान्यतालाई पुष्टी गरेको छ ।
दुई, बिज्ञान – प्रविधिको बिकास र सामाजिक अन्तरविरोधहरु सतहमा देखिएको छ । हाम्रो पिछडिएको समाज, पिछडिएको कार्यशैली, अविकसित राज्य र वस्तुगत परिवेस आत्मसात गर्न नसक्ने राज्य एवम् राज्य संचालक पार्टीहरु र तिनका नेतृत्व टिमको विज्ञान प्रविधिलाई बुझन्, आत्मसाथ गर्नु, यो अनुशार राज्यका सवै निकायहरु, पार्टीहरु संचालन गर्नु, एबम् घिसेपिटे कार्यशैली, बुझाई, नीति, सिद्धान्त र दर्शनको आत्मसाथीकरण रहेछ भन्ने पार्टीका नेता — कार्यकताहरुको अवस्थालाई समेत राम्रोगरी उजागर पारेको छ । आजका विकसित विज्ञान, प्रविधिका सन्दर्भहरुलाई छोड्ने, वा बेवास्था गर्ने, वा सवै निकायहरु र आफुलाई त्यो ढंगले रुपान्तरण गर्न नसक्ने प्रवृद्धिहरु कसरी पराास्त हुनेरहेछ भन्ने कुरा छर्लङ्गै भएको छ ।
तीन, सूचना – सन्चारको बिकास र अन्तरबिरोध मानवीय समाजमा सुचना संचारको भुमिका के रहेछ ? आजको Generation Z (जेन – जी) पुस्ताको चाहना के रहेछ ?, आवश्यकता के रहेछ ?, बुझाई कस्तो रहेछ ? चेतना कुन स्तरको भएछ ?, आदिबारे निकै छिटो प्रश्ट भएको छ । त्यसैले विकसित सुचना संचार मैत्री समाज, देश, राज्य, सरकार, पार्टी र नेता — कार्यकर्ता बनाउन अनिवार्य र छिटै पहल गर्नु पर्ने आवश्यकताको बोध सायद सवैलाई भएको होला । आजको समाज सुचना संचारमा दक्षता वा विज्ञता र यसमा लगानी, शीप — ज्ञान विना अव देश र पार्टीहरु चल्न सक्दैनन भन्ने कुरा उजागर मात्रै होईन प्रस्ट भएको छ ।

चार, शासन प्रणाली र शासकहरुको शैली एकातिर र जनताको चाहना अर्कोतिरको अन्तरबिरोध यो आन्दोलनले सतहमा ल्याईदिएको छ । संसारमा पारदर्शीता चाहिन्छ, शुसासन चाहिन्छ, जनप्रेमी सोच चाहिन्छ, राष्ट्रप्रेमी चिन्तन चाहिन्छ र सवै मानोविज्ञानहरुलाई समेटेर अघि बढ्न सक्नु पर्दछ भन्ने विषय आज मुखरित भएको छ । शासन सत्तामा जाँदा वा पुग्दा जे गरे पनि हुन्छ, राष्ट्रघात गरे पनि हुन्छ, भ्रष्टाचार गरेपनि हुन्छ, आफ्नो परिवारको सदस्यहरुलाई जस्तो सुुविधामा राखे पनि हुन्छ, राज्यसत्ता मेरै बपौति हो, आफनै सम्पक्ति ठान्ने र जनता र राष्ट्रलाई लुट खसोटमा पारेर आफ्नो जिन्दगी आलीसान बनाउनेहरुको नयाँ कथा र ईतिहास एवम् यो आन्दोलनको शिक्षालाई नयाँ पुस्ताहरुले आगामी दिनहरुमा चाखपूर्वक पढ्ने र अन्ययन गर्ने विषय बनेको छ ।

पाँच, राजनीतिक आन्दोलनको अदुरदर्सीता र दलाल पुँजिवादी सत्ताको चरित्रलाई राम्रो गरी उदाङ्गो पारेको छ । आज सम्म सत्तामा गएका मानिस र पार्टीहरुको चरित्रलाई समेत नाङ्गो पारेको छ र खरानी पारेको छ यसले । नपत्याउने खोलाले पनि बगाउँछ भन्ने उखान चरितार्थ भएको छ । नेपालमा विभिन्न आन्दोलनहरु भए । मानिसहरु शहिद भए । धनजनको ठुलो क्षेतिहरु भयो । तर सवै आन्दोलनहरुलाई आफ्नो सिमित स्वार्थमा टुङ्ग्याउने कार्य भयो । आन्दोलनहरुका खास र मुर्त उपलव्दीहरु जनताले देख्न पााएनन् र राष्ट्रीय स्वाधीनताको रक्षामा उभिन सकेनन् ति आन्दोलन र सझौताहरु । आजसम्म सत्तामा हालिमुहाली गर्ने राजनीतिक पार्टी र नेताहरुले आत्मसाथ गर्नु पर्दैन ?, राज्यसत्तालाई आफ्नो बाउको विर्ता झै गरेर जे पनि गरे हुन्छ ? भन्ने सोँच, चिन्तन र प्रवृति अवस्य परास्त हुनु पर्दथ्यो भयो । राज्यको बजेटलाई आफ्नो परिवार र गुटको स्वार्थमा केन्द्रीत गर्ने, भ्रष्टाचार गर्ने, कमिसन खाने र विगतका महाराजाहरुजस्तै आलिसान सुविभामा तल्लिन हुने प्रवृति अवस्य खरानी हुनु पर्दथ्यो । यो प्रवृति सहित फेरी कसैले टाउको उठाउन खोज्छ भने फ्रान्सका राजा लुईस सोह्रो को टाउको काटेर सडकमा फुलबल खेले जस्तै बनाउनु पर्दछ हाम्रो देशमा पनि जनताले ।

छ, देशको अर्थ प्रणालीका कस्तो छ ? शासकहरुको आर्थिक चरित्र कस्तो छ ? राज्यको आर्थिक अवस्था कस्तो छ ? आजको युगमा पनि भ्रष्टाचारको मुद्धामा Generation Z (जेन – जी) पुस्ताले आन्दोलन गर्नु अवस्य दुखदायी प्रश्न हो । हेर्न सक्छौ हामीले आर्थिक बर्ष २०७३-०७४ मा नेपालको सार्वजनिक रिण ६ खर्ब ९७ अर्व, ६८ करोड थियो भने आर्थिक बर्ष २०७५-०७६ मा पुग्दा १० खर्ब, ४८ अर्व पुग्यो । त्यसैगरी क्रमश आर्थिब बर्ष ०७६-०७७ मा १४ खर्ब, ३३ अर्ब, आर्थिक बर्ष ०७७-०७८ मा १७ खर्ब, ३७ अर्ब, आर्थिक बर्ष ०७८-०७९ मा २९ खर्ब, १३ अर्व, आर्थिक बर्ष ०७९-०८० मा पुग्दा २२ खर्ब, ९५ अर्ब नेपालको सार्वजनिक रिण पुग्यो । भने आर्थिक बर्ष ०८०-०८१ मा २४ खर्ब, ३४ अर्व, ९ करोड थियो । भने अहिले झण्डै २८ खर्ब पुगेको छ । किन यसरी क्रमश वैदेशिक रिण बढिरहेको छ । किन नेपालको आर्थिक क्रमश झन पछि झन विग्रदो र भत्किदोँ अवस्थामा छ । देशमा आयात र निर्यातको अवस्था कस्तो छ ? नेपालको बजेट कस्तो कार्यमा खर्च भैरहेको छ ? बजेट मा मितव्यायी प्रणाली छ कि छैन ? विचौलिया, कमिसन, भ्रष्टाचार, कालोबजारी र चुवाहट कसरी हुन्छ ? त्यसमा राजनीतिक नेतृत्वहरुको भुमिका कस्तो छ ? उनिहरुको अािर्थक अवस्था कस्तो छ ? हिजको दिनमा चप्पल पड्काउँदै आएका नेताहरुको आजको आर्थिक अवस्था के हो ? राज्यका उपल्लो निकाय र तहमा बसेका कर्मचारी वा नियुक्तिवाला मानिसहरुको आर्थिक चुरिफुरी कसरी बढिरहेको छ ? राज्यका सम्पक्तीहरु कसरी हिनामिना भै रहेका छन् आदि जस्ता नेपालको अर्थतन्त्रमा निकैै गम्भीररुपमा उठाउनु पर्ने र हेर्नु पर्ने विषयहरु थियो । त्यो राजनीतिक आन्दोलनले उठाउनु पर्दथ्यो तर, त्यसो हुन सकेन फलत: Generation Z (जेन – जी) पुस्ताको आन्दोलनले सतहमा ल्याईदियो ।
ज, साँस्कृतिक मुल्य मान्यता, बुझाई र पक्षधरतामा देखिएको अन्तरबिरोध पनि एक महत्वपूर्ण पक्ष हो । हामीले हेर्न सक्छौ आज विश्वस्तरमा भएको द्धन्द्ध र युद्धहरुको मुख्य कारणहरु मध्ये सास्कृतिक विशेषता पनि एक हो । जहाँ जाति, धर्म र भुगोलमा कैयौ युद्धहरु केन्द्रीत भएको छ । Generation Z (जेन – जी) पुस्ताको यो आन्दोलनमा पनि कैयौ मानिसहरु पशुपतिनाथ मन्दीरमा आगो लगाउन पुगे भन्ने समाचार आयो । समान हैसियतका कैयौ मानिसहरुको भ्रष्टाचारीको विल्ला लागेको भएपनि घरहरु जलेन भने कैयौ मानिसहरुको जल्यो । निर्मल निवास, नायारणहिटी दरबार जस्ता सम्पद्धाहरु बच्यो वा बचाईयो । ब्यापारिक घरानाहरुमा पनि त्यस्तै भयो । यसले कैयौ साँस्कृतिक मुल्य मान्यता, बुझाईलाई पनि आत्मसाथ गरेको पाईन्छ । त्यसैले आजको सन्दर्भमा जनसंस्कृतिको निमार्ण, राज्य संस्कृतिको निमार्णमा राज्य र जनताको केन्द्रीकृत बुझाई नहुँनु पनि अन्तरविरोधको एक महत्वपूर्ण पक्ष हो ।

झ, प्रकृति सम्पदा र भौगोलिक रणनीतिक महत्व पनि एक उम्दा विषय हो । नेपाल रणनीतिक हिसावले निकै महत्वपूर्ण भौगोलिक अवस्थामा अवस्थित रहेको छ । एकातिर चीन र अर्कोतिर भारत दुश शक्ति सम्पन्न देशहरु नेपालको सीमानामा अवस्थित देशहरु छन् । फेरी अर्कोतर्फ नेपालको राणाकालिन अवस्था देखिनै विभिन्न अमेरिकी एवम् युरोपेली लगानीका निकै ठुलो INGO हरु क्रियाशिल रहेका छन् । कैयौ सन्दर्भमा स्थानीय निकायहरुमा सरकारले गर्ने भन्दा महत्वपूर्ण र आधारभुत दैनिक उपभोगसँग सम्वन्धित विषयहरुमा परिपूर्ति क्ष्ल्न्इ हरुले गरेको पाईन्छ । मानिसहरुलाई नजाँनिदो हिसावले सरकार भन्दा यिनै INGO हरुनै ठिक हो कि भन्ने भ्रमहरु पनि क्रमश बढ्दै गएको पाईन्छ ।

कैयौ राजनीतिक दलका केन्द्रीय नेताहरुनै एउटा एउटा INGO समातेर विदेश भ्रमण देखि आलिसान जिवन बनाएको देखिन्छ । उनिहरुले उनैको कार्यक्रमहरमा पुगेर चर्को चर्को भाषण गरेको सुनिन्छ । कैयौ रणनैतिक उदेश्य सहितहरुको सहयोगको नाम देखाएर सत्ता संचालकहरुलाई नै प्रभावमा पारेको सन्दर्भहरु नै छन् जस्तै नेपालमा एमसीसी परियोजना एक मुख्य रणनीतिक उदेश्य सहित आएको परियोजना होे । राज परिवारको अन्त्य भएपछि नेपालमा ठुला INGO हरुको भारी बोकेर मुख्य त एमाले पार्टी हिडिरहेको थियो । त्यहि INGO को भारीले आज एमालेलाई चर्कोगरी थिच्यो । प्रधानमन्त्रीमा केपी ओली भैरहेको सन्दर्भमा उनको कर्कस कार्यशैली, तिखो बोली बचन, महाराजाको जस्तो पगरी, नमिठो तौर — तरिका, एकाङ्की दृष्टिकोण, तानाशाही शासन शैली, उनि वरिपरी घुमिरहेको मानिसहरुको बोलीबाणी र चटकले अवश्य सवक सिक्नै पर्दथ्यो । के जनताले एमालेका नेताहरुको विगतको विरासत हेरेका छैनन, बुझेका छैनन, पढेका छैनन । अझ उनले विद्यान अधिवेशनको अन्तिम दिन गरेको संवोधन पनि Generation Z (जेन – जी) पुस्ताको आन्दोलनलाई मलजल गर्न ठुलो भुमिका खेल्यो भन्न निर्धक्क सकिन्छ । त्यसैले एकातिर राज्यसत्ता र सरकार अर्कोतिर जनताको चाहना बीचको अन्तरविरोध उजागर भयो ।

ञ) अर्को महत्वपूर्ण विषय पुस्तागत कार्यशैलीको अन्तरबिरोधको हो । पुरानो पुस्ताको बुझाई, गराई, जिवन भोगाई, विज्ञान — प्रवृधि, सुचना — संचार आदिमाथिको दक्षता, कार्यशैली, परम्पारागत सोँचाई, ज्ञान, सीपको अभाव, उनिहरुले समाजमा पार्ने प्रभावका बारेमा प्रयाप्त ज्ञान नभएको पुरानो पुस्ता र नयाँ पुस्ताको यिनीहरुमाथिको प्रयोग र बुझाई आकास जमिनको छ । नयाँ पुस्ताको माग के हो ? उनिहरु के चाहन्छन् ? कस्तो जिवन सैशी उनिहरुको रोजनाईको विषय हो ? इन्टरनेट, मोवाईलको महत्वलाई कसरी उनिहरुले आत्मसाथ गरिरहेका छन् भन्ने विषयका कारणले पनि यसप्रकारको Generation Z (जेन – जी) पुस्ताको आन्दोलनमा प्रभाव रहन गयो । यि विषयहरुमा सचेत, जानकार एवम् योजना आदी हुनु त कता हो कता ? कसैले एक सुईको पनि पाउन सकेनन् भने अर्कोतर्फ Generation Z (जेन – जी) पुस्ताको भनाईलाई पनि वास्ता राखेनन् । Nepotism आन्दोलनमा जस्तै देउवाको छोरा, प्रचण्डको नातिनी र श्रङ्खला खतिवडाको Tiktok भिडियोले ३ दिन अघिबाटै Generation Z (जेन – जी) आन्दोलनको दिशा निर्देश गरिरहेको थियो, तर हाम्रो सरकारले त्यो कुरा बुझ्नु त परै छ सुईको समेत पाउन सकेन । उल्टै सामाजिक संजाल बन्द गरेर कर असुल्ने धाउन्न तिर लाग्यो । यि तमाम कारण र कारकका कारणले गर्दा नेपालमा यति छोटो अवधिमा Generation Z (जेन – जी) पुस्ताको आन्दोलनको यसप्रकारको उच्चतामा प्रभाव रहन गयो । अब पछुताएर, गोहिको आशु झारेर, पीडा बोध गरेर केही हुनेवाला छैन । संसार भर समय यसरी नै चल्दै आएको छ र चल्दै जानेछ । समयको महत्वलाई बुझौ, चिनौ र जानौ यसकारणले पनि भनिएको हो ।

ट, कम्युनिस्ट पार्टी, कार्यशैली, सरकार र नेतृत्वको प्रश्न पनि यो आन्दोलनको एक मुख्य प्रश्न हो । बहुदलीय ब्यवस्थाको आगमन पछि आफुलाई कम्युनिस्ट भन्ने पार्टीहरु बारम्वार सरकारमा बसेका हुन । नेकपा (एमाले) बाट मनमोहन अधिकारी (२०५१ साल) एक (१) पटक, माधव कुमार नेपाल (२०६६ साल) एक (१) पटक, झलनाथ खनाल (२०६७ साल) एक (१) पटक, केपी ओली (२०७२, २०७४ र २०८०) तीन (३) पटक गरी जम्मा ६ पटक सरकारको नेतृत्वमा पुगे र सरकार चलाए । नेकपा (माओवादी केन्द्र) बाट बाबुराम भटराई (२०६८ साल) एक (१) पटक र पुस्पकमल दहाल (२०६३, २०७३ र २०७९) तीन (३) पटक गरी चार (४) पटक सरकारको नेतृत्वमा बसे । पटक पटक सरकारको सौदाबाजी भयो । कुर्सीको लेनदेन भयो झण्डै झण्डै पुरै समय भनेपनि हुन्छ एक वा अर्को मिलेर सरकारहरु बन्ने र भत्किनेक्रम चल्यो । आफुलाई कम्युनिस्ट भन्ने तर शासनशैली पुरानै प्रकारको भयो । भ्रष्टाचार झन बढि मौलायो । देशको अर्थतन्त्र झनझन डामाडोल बन्यो । कैयौ असोभनिय काण्डहरु घटे । बुर्जुवाहरुलाई पनि उछिनेर उनका मन्त्रीहरुलाई विभिन्न आरोपहरु लाग्यो । जिवन सैलीहरुमाथि गम्भीर प्रश्नहरु उठे । कम्युनिस्ट नैतिकता भन्दा परको ब्यवहारहरु भए वा गरिए । परिवारको सदस्यहरुको बारेमा कैयौ प्रश्नहरु उठ्यो । यसरी Generation Z (जेन – जी) पुस्ताहरुको आन्दोलन उठ्नुमा के हामी आफुलाई कम्युनिस्ट भन्दै अजसम्म सरकारमा बस्ने मानिसहरु र पार्टीहरु जिम्मेवार छैनौ र ? हाम्रो कम्युनिस्ट पार्टी, कार्यशैली, हामीले संचालन गरेका सरकार, नेतृत्वहरुको प्रश्न जोडिएर आउँदैन र ? के हामीले आत्मसमिक्षा गर्नु पर्दैन र ?, हामी निर्धक उभिएर जनतालाई जवाफ दिन तयार हुनु हुदैन र ?, गल्ती कमजोरी भएको भए निर्धक स्वीकार गर्न तयार रहनु पर्दैनर ?, अवस्य पर्छ । यो गम्भीर समय र सन्दर्भमा नेतृत्व र कम्युनिस्ट पार्टीहरुमा जवाफदेयीता रहनु पर्दछ । सवैले अनुभुति गर्नु पर्दछ । हामी माथि आएको समस्या र प्रश्नहरुलाई सिङ्गो राष्ट्र र जनताले अनुभुतिहुने गरी आत्मसमिक्षा गर्नु पर्दछ । गल्ती आफुहरुले गर्ने दोश अरुलाई थोपरेर उम्कन अवस्य मिल्दैन हामी ।

ठ, Generation Z (जेन – जी) पुस्ताको आन्दोलनमा विदेशी शक्तिहरुको चलखेल भएको भन्ने प्रश्नहरु पनि त्यतिकै मात्रामा उठेका छन् । हामीले कुनै पनि विषयहरुलाई द्धन्दान्तमक भौतिवादी एवम् ऐतिहाँसिक भौतिकवादी विश्वदृष्टिकोणबाट हेर्ने, बुझ्ने, ब्याख्या गर्ने र मुल्याङ्कन गर्ने गर्दछौ । त्यसले कुनै पनि चिजको विकास, रुपान्तरण, विनास, प्रगति र अन्त्यको मुख्य कारण आन्तरिक पक्षले मुख्य भुमिका खेलेको हुन्छ । त्यसैले Generation Z (जेन – जी) पुस्ताको आन्दोलनमा पनि आन्तरिक पक्षनै प्रधान हो र हुन्छ । उनिहरुले उठाउने मुद्धाहरु मुख्यत आन्तरिक पक्षसँग सम्वन्धित छ । भ्रष्टाचार, स्थिरता र सुचना संचारको मुद्धा पनि आन्तरिक पक्षसँग सम्वन्धित रहेको छ । जहाँसम्म बाहिरी पक्षको चलखेलको प्रश्न छ परिवारमा वा छिमेकीमा वा आफनो समाजमा वा आफ्नो देशमा आन्तरिक झगडा परेपछि छिमेकी परिवार, वा छिमेकी समाज, वा छिमेकी राष्ट्रहरु जान्ने सुन्ने हुनु स्वाभावीक प्रश्न हो । भने अर्कोतर्फ विदेशी शक्तिहरुलाई हाम्रो देशमा विभिन्न कारणले निम्त्याउने, भित्राउने, उनिहरुसँग साँठगाँठ गर्ने हामीहरु होईनौ र ? उनिहरुकै जुठोपुरो खाएर बाच्न चाहने लम्पट हामीहरु होईनौ र त्यसैले यो पनि हाम्रो आन्तरिक सवाल हो ।
हाम्रो विकास, उन्नती, प्रगति, रुपानतरण र सम्वृद्धिको मुख्य भुमिका हामी आफैसँग रहने विषयहरु हुन । जस्तो हामीले हेर्न सक्छौ कि उत्तर कोरियाले झण्डै ७० बर्षदेखि नाकाबन्दी झेलिरहेको छ र पनि किन त्यो देशले आर्थिक विकास गर्न सक्यो त ? आज उसले विश्वका ठुला साम्राज्यवादी देशहरुसँग नझुकेर आफ्नो स्वाभीमानमा उभिनु उसको आन्तरिक प्रगति, एकतावद्धता र आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक विकासले मुख्य भुमिका खेलेको छ र हुन्छ । त्यसैले यदि Generation Z (जेन – जी) पुस्ताको आन्दोलनमा विदेशी शक्तिहरुको चलखेल नै भएको रहेछ भनेपनि त्यसको मुख्य कारक तत्व यहाँका दलाल पुँजिवादी राज्यसत्ता, शासकहरु र शासन संचालन गर्ने मुख्य नेतृुत्वहरुनै जिम्मेवार छन् ।

Generation Z (जेन – जी) पुस्ताको आन्दोलन पछिको चुनौतिहरु :
Generation Z (जेन – जी) पुस्ताको आन्दोलन पछि हाम्रो देशमा केही चुनौतिहरु नयाँरुपमा देखा परेका छन् । नयाँरुपमा देखा परेका चुनौतिहरुलाई यसरी उल्लेख गर्न सकिन्छ ।
पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न हो । नेपालको यो सङ्क्रमणको फाईदा लिन साम्राज्यवादी शक्तिहरुले आफ्नो भुमिकालाई आक्रमक बनाउने छन् । झर्ला र खाउँला झै गरी तिखो आँखाले हेरेका छन् । त्यसैले हामी सवै जनसमुदायहरु एकतावद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षामा उभिनुपर्ने सवाल पहिलो प्राथमिकताको विषय हो ।
दोश्रो, गणतन्त्रको रक्षाको प्रश्न हो । हामीले नेपालमा गणतन्त्र स्थापनका गर्न धेरै रगत बगाएको छौ । विधिन्न आन्दोलनहरुमा धेरै नै शहिद बनेका छौ । धेरै आन्दोलनहरु, विद्रोहरु, क्रान्तिहरु गरेका छौ । धरै जेल, नेल, हिरासत भोगेका छौ । धेरै नै झुट्टामुद्धाहरु बेहोरेका छौ । प्रतिवन्ध खेपेका छौ । त्यसैले यो गणतन्त्रको रक्षा गर्दै, न्युनतम पनि नेपाली विशेषताको समाजवादमा जाने सङ्कल्प हामी सवैले गर्नु पर्दछ । कुनै पनि हिसावले प्रतिगमनतर्फ फर्किनु र यथास्थितिमै रमाउनुले आजको नेपाली समाजलाई निकास दिदैन भन्ने कुरा यो आन्दोलनसम्म आउदा प्रस्ट भै सकेको छ ।
तेश्रो, विदेशी लागनीका INGO र NGO बन्द गर्ने चुनौति छ । नेपाली शासकहरुमा देखिएको INGO र NGOवादी दृष्टिकोणलाई समुल रुपान्तरण गर्नु पर्दछ र बदल्नु पर्दछ हाम्रो देशको विकास, आर्थिक सम्वृद्धि, शुसासन, प्रगतिमा हामी आफैको भुमिका प्रधान र मुख्य हुन्छ भन्ने दृष्टिकोणलाई आत्मसाथ गर्नु हो । विश्वका कुनैपनि मुलुकमा INGO हरुको भुमिका सकरात्मक देखिएको छैन । त्यसले भिख मागेर देशको प्रगति गर्छुभन्ने सोच कुनै पनि मान्यतामा सहि र ठिक छैन । जे श्रोत साधन छ, हामीसँग त्यसैमा आत्मनिर्भर हुने सैली समाउनु पर्दछ । कृषी, पर्यटन, जलश्रोतमा हामी आत्मनिर्भर हुन सक्छौ र सम्वृद्धिका लागि नेपालमै उत्पादन र उद्योगको विकास र विस्तार गर्न सक्छौ भन्ने मान्यतालाई अघि बढाउनु पर्दछ ।

चौथो, राज्यका सवै निकायहरु, अङ्हरु, संविाधान, राजनीतिक पार्टी र त्यसको नेतृत्व देखि तल्लो तहसँम्मका समितिहरु, उनिहरुले उठाएको रणनैतिक एवम् कार्यनैतिक नाराहरुमा आमुल रुपान्तरण आजको अर्को मुख्य चुनौति को विषय हो । Generation Z (जेन – जी) पुस्ताकाको आन्दोलनसम्म आउँदा हाम्रो राज्य संरचना, राज्यका निकायहरु, सरकार, संविधान, हामीले स्थापना गरेको गणतन्त्र, राजनीतिक पार्टी, नेतृत्व र तलसम्मको संरचना, राजनीतिक मुद्धाहरु र त्यसमा हामीले खेलेको भुमिका, आर्थिक परिवेशहरु कति बलियो, जनमुखी, जन हितैसी र राष्ट्रप्रेमी रहेछ भन्ने कुरा दिनको घामजस्तै छर्लङ्ग भएको छ । त्यसैको फलस्वरुप हाम्रो आफ्नै राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, संसद भवन, मन्त्री निवास, सिंहदरवार, आफ्नै पार्टी कार्यालय, आफ्नै नेताहरुका घर, सरकारी भवन, व्यापारिक भवनहरु र आफ्नै मुख्य नेताहरुले खुलेआम पिटाई खाँदा र सम्पूर्ण भौतिक सम्पक्ति जलेर खरानी हुँदासम्म फेसबुकमा लाईव हेरेर निरिय बन्दै कोठाभित्र लुकेर बस्नुपर्ने स्थिति पैदा भयो । गणतन्त्रका हिमायती, लोकतन्त्रको मसिया, शुसासन र सम्वृद्धिको ठेकेदार, राजनीतिक दलहरुको राजा जस्तै आफुलाई ठान्ने दलहरु, म विना संसार चल्दैन भन्ने मानसिकता बोकेको गद्धार दलाल पुँजिवादी नेताहरु र उनका आसेपासे, आउरे, बाउरे, धुपारैहरुको अनुहार २३ र २४ गतेको Generation Z (जेन – जी) पुस्ताको आन्दोलनमा सायद हेर्न लायक थियो होला । फेरी तिनै पात्र, प्रवृतिहरु आफ्नो एकरक्ति समिक्षा नगरिकन फेरी सिङ् जुधाउदै होक्का गर्न आउने हो भने जनताले फेरी उनिहरुको ५ पुस्ते विरासतलाई जरैबाट उखलेर फालिदिनुपर्ने अवस्था नआउला भन्न सकिदैन ।

अव के गर्नु पर्ला त ?
पहिलो, हामीले अवलम्वन गरेको दर्शनलाई समयसापेक्ष रुपान्तरण र गुणात्मक बनाउने । सिद्धान्तहरुलाई जनमुखी र राष्ट्रमुखी बनाउने कार्य पहिलो प्राथमिकताको विषय हो । समाजलाई आज विकास भएको विज्ञान, प्रविधि, सुचना, संचार, इन्टरनेट हुँदै अन्तरिक्षको युगलाई आत्मसाथ गर्ने दर्शनलाई अपडेट गर्ने । त्यसको विकासमा केन्द्रीकृत हुने । त्यो दर्शनलाई मानवसमाजसँग जोड्ने कार्य आजको पहिलो विषय हो ।
दोश्रो, हाम्रो देशको राज्यसत्ता र त्यसको सवै निकायहरुको आमुल परिवर्तन र पुर्नसंरचना आजको दोश्रो महत्वपूर्ण कार्य हो । दलाल पुँजिवादी प्रकारको राज्यसत्तालाई समाजवादी कोणमा रुपान्तरण आजको अनिवार्य आवश्यकता हो । हामीले नेपालमा ब्यवस्था बदलेको र अवस्था बदल्न बाँकी रहेको नार फलाक्यौ तर त्यो कुरा गलत थियो । किनकी हाम्रो देशमा सरकार त फेरियो तर राज्यसत्ता फेरिएन जसको कारणले गर्दा राज्यसत्ताका चार ओटै अङ्गहरु कार्यपालीका, न्यायपालीका, ब्यवस्थापीका र सुरक्षा निकायहरुको गुण र चरित्रमा परिवर्तन हुन सकेन । गणतानित्रक बन्न सकेन । जनताको चाहना अनुशार परिवर्तन हुन सकेन । त्यसैले अव राज्यसत्ता र त्यसका सवै अङ्गहरुमा पुनसंरचना आवश्यक छ । त्यसको साथै संविधानमा पुर्नसरचना अनिवार्य छ । सरकार, न्यायपालीका, सुरक्षा निकाय आदी सवैमा पुर्नसरचना जरुरी छ । यो कुरा Generation Z (जेन – जी) पुस्ताको आन्दोलनले सवैलाई उजागर र झनै बस्तुनिष्ट आवश्यकताको बोध भएको हुनुपर्दछ ।
तेश्रो, नेपालका पार्टी, नेतृत्व र कार्यशैलीमा पुनर्संरचना र रुपान्तरण आवश्यक छ । आज नेपालमा हाम्रो पार्टी, नेतृत्व, कार्यशैली सवै घिसेपिठे प्रकारको छ । कार्यदिशा, कार्यनीति, गन्तव्यमा पुग्ने रणनीतिहरु समयानुकुल छैन । परम्परावादी छ । नेतृत्वहरु समायोजनमुखी छैन । पार्टी समितिहरुमा विज्ञहरु, प्राविधिकहरुको अभाव छ । जेन जी पुस्तासँग पँउच नै छैन र पार्टी समितिहरुमा समायोजन पनि छैन । सुचना, संचार, विज्ञान, प्रविधि मैत्री पार्टीहरु बन्न सकेको छैन । जनताको आवश्यकता अनुशार कार्यनीतिमा केन्द्रीकृत बन्न सकिरहेको छैन । पार्टीहरु पार्टीजस्तो नभएर गुट, उपगुट, सिमित स्वार्थ समुह जस्ता बनेका छन् । विदेशीको पैसा खाएर, उनिहरुकै मलजल गरेर पार्टीको आन्तरिक विषयहरु बेच्ने प्रवृति पार्टीहरुको पुरानै रोग हो । विभिन्न शक्ति केन्द्रहरुको गोठि बन्ने र देशलाई नै दाउमा राख्ने प्रवृति पनि यो आन्दोलनले उजागर पारेको छ । त्यसैले यस्तो अवस्थामा हामीले हाम्रो पार्टी, संरचना, नेतृत्व, कार्यदिशा, कार्यनीतिहरुमा समेत ब्यापक पुर्नसंरचना गर्न तयार रहनु पर्दछ ।

-लेखक: नेपाल कम्युनिस्ट पार्टीको पोलिटव्युरो सदस्य हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु