Nepotism – (नातावाद) विरुद्ध संघर्षको प्रश्न

२०८२ आश्विन १५ गते, बुधबार
चीरन पुन (सी)



विषय प्रवेश :
हुन त भन्ने गरिन्छ, ‘राजाको छोरा राजा हुन्छ, लाहुरेको छोरा लाहुरे हुन्छ, मास्टरको छोरा मास्टर हुन्छ, पाईलटको छोरा पाईलट हुन्छ, इन्जिनियरको छोरा इन्जिनियर हुन्छ, नेताको छोरा नेता हुन्छ, किसानको छोरा किसान हुन्छ र आखिर भरियाको छोरा त भरिया नै हुन्छ’ । यहिँ भनाईहरुबाट नै Nepotism (नातावाद) शुरुभएको छ । विभेद शुरु भएको छ । असमानता शुरु भएको छ र पक्षपात शुरुभएको छ । यो लेखमा Nepotism (नातावाद) को विविध पक्षहरुका बारेमा केहि चर्चा गर्ने कोशिस हुनेछ ।

Nepotism (नातावाद) परिचय :
Nepotism (नातावाद) भन्नाले व्यक्तिगत सम्बन्ध वा नलनाता (जस्तै परिवार, साथी, जात÷गोत्र, क्षेत्र) को आधारमा अवसर, पद, लाभ, सुविधा आदी वितरण गर्नु वा केन्द्रीकृत गर्नु हो । यो प्रायः नीतिगत समानता, न्याय, योग्यता, पारदर्शिता र प्रतिष्पर्धाको विरुद्ध मानिन्छ । Nepotism (नेपोटिज्म) भन्नाले व्यक्तिगत सम्बन्ध वा नातालाई आधार बनाएर अवसर, पद वा लाभ वितरण गर्ने मान्यता हो । यो प्रायः परिवार, मित्र वा नातेदारलाई प्राथमिकता दिने कार्य हो, जसले योग्यताको सिद्घान्त र समानताको मूल्यलाई तिरस्कृत गर्दछ र चुनौती दिन्छ । दार्शनिक दृष्टिले हेर्दा Nepotism केवल प्रशासनिक त्रुटि मात्र होइन, यो नैतिक, सामाजिक, साँस्कृतिक, राजनीतिक मुद्दा पनि हो । यसले व्यक्तिगत हित र सामाजिक न्यायबीचको द्वन्द्वलाई उजागर गर्दछ । मानव समाजमा द्धन्द सृजना गर्दछ र युद्ध निम्त्याउछ ।

दार्शनिक आधार :
Nepotism लाई विभिन्न दार्शनिक दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । नैतिकता ( Ethics ) न्याय र समानताको आधारमा हेर्दा, Nepotism व्यक्तिगत लाभलाई सामूहिक हितभन्दा पर वा माथि वा छुट्टै वा आफु केन्द्रीत राख्ने कार्य हो । कार्लमाक्र्सले ‘राज्य र शासक बर्गले आफ्नो स्वार्थी हित सुरक्षित गर्न आफ्नै परिवार, साथी वा नजिकका मानिसलाई शक्ति, पद र सम्पक्तिमा जोड्न Nepotism को प्रयोग गर्दछ, जसले श्रमजीवी बर्गलाई अवसरबाट वञ्चित गर्दछ’ भनेका छन् । त्यस्तै अरस्तु र कान्तीय दर्शनले समान अवसर र गुणस्तरको मूल्यमा जोड दिन्छन् जुन Nepotism विरुद्ध हुन्छ । न्याय (Justice) जस्टिसका सिद्धान्त (Rawls, John Rawls) अनुसार, अवसर वितरणमा समानता हुनु आवश्यक हुन्छ । Nepotism यस सिद्धान्तको विपरीत हुन्छ किनभने यो पूर्वाग्रहमा आधारित हुन्छ । आफु, आफ्नो आसेपासे, नातागोता, जाति, क्षेत्र, परिवार, छिमेकी केन्द्रीत हुन्छ र यसले असमानताको सिर्जना गर्छ । अथवा Nepotism र नैतिकता नैतिक दर्शनमा, ल्भउयतष्कm लाई व्यक्तिगत स्वार्थको प्रकट र उत्कर्ष रूप मानिन्छ । कान्तीय दृष्टिकोण (Immanuel Kant) अनुसार — मानिसहरूलाई केवल साधनको रूपमा होइन, उद्देश्यको रूपमा हेर्नु पर्छ । Nepotism मा सम्बन्धको आधारमा निर्णय गर्दा व्यक्तिलाई केवल आफ्नो नातेदारको साधन बनाइन्छ, जसले यो मानवीय दृष्टिकोणको विरुद्धमा जान्छ । अरस्तुको दृष्टिकोण (Aristotle) गुणयुक्त जीवन (Eudaimonia) समान अवसरमा आधारित हुनुपर्दछ । Nepotism ले गुण र योग्यता भन्दा नाता वा सम्बन्धलाई प्राथमिकता दिन्छ, जसले समाजलाई नैतिक पतन को दिशातर्फ धकेल्छ । Nepotism र न्याय John Rawls का Theory या Justice अनुसार, समाजमा अवसरहरू सबैका लागि समान हुनुपर्छ । Nepotism ले यो सिद्धान्तको उल्लंघन गर्दछ । उदाहरणः राजनीति वा व्यवसायमा Nepotism ले योग्य व्यक्तिको मौका छिन्छ र असमानता बढाउँछ । परिणामस्वरूप, समाजमा वर्गीय विभाजन र अवसर असमानता उत्पन्न हुन्छ । उदाहरणः सार्वजनिक प्रशासनमा Nepotism ले भ्रष्टाचार र असमानता बढाउँछ, जसले समाजको स्थायित्वलाई जोखिममा पार्छ ।
Nepotism को दार्शनिक चुनौती :
Nepotism केवल प्रशासनिक मुद्दा मात्र होइन, यो नैतिक द्वन्द्व पनि हो । यो दुई पक्षमा विभाजित हुन्छ, एक, पारिवारिक कर्तव्य र पारिवारिक सम्बन्ध, दुई, नियम, कानुन, आनुशासन र वफादारीलाई महत्वपूर्ण मान्ने दृष्टिकोण ।
सामाजिक न्याय — योग्यता र समान अवसरलाई उच्च प्राथमिकता दिने दृष्टिकोण हो भने दार्शनिक दृष्टिले, आधुनिक लोकतान्त्रिक मूल्य प्रणालीले समान अवसरलाई उच्च प्राथमिकता दिन्छ । यसैले Nepotism लाई अनैतिक मानिन्छ ।
Nepotism को उत्पत्ति र सिद्धान्त :
शब्दको उत्पत्ति Nepotism शब्द ल्याटिन शब्द nepos (“भतिजा” वा “भतिजा सम्बन्धी”) बाट आएको हो । यसले खासगरी १६ औं शताब्दीमा रोम क्याथोलिक चर्चमा देखा परेको अभ्यासलाई जनाउँछ, जहाँ पोपहरूले आफ्ना भतिजा वा नातेदारहरूलाई उच्च पद वा लाभ दिन्थे र सधै आफ्ना मान्छे उनिहरुको प्राथमिकतामा पर्दथे ।

ऐतिहासिक पृष्ठभूमि :
मध्ययुगीन युरोपमा Nepotism धार्मिक र राजनीतिक संरचनामा व्यापक हुन्थ्यो । पोपहरूले आफ्नो परिवारलाई प्रभावमा राख्न उच्च प्रशासनिक पदहरू दिने प्रचलन थियो र यसलाई एक प्रकारको पारिवारिक वफादारी र सत्ता संरचना बनाउने उपकरणको रूपमा प्रयोग गरिन्थ्यो वा हुन्थ्यो जो धार्मीक कार्यमा आजसम्म पनि प्रचलनमा रहेको पाईन्छ ।

सामाजिक सम्वन्ध (Social Contract) :
Jean Jacques Rousseau (जाँ जाक रुसो, १७९२ –१७७८, फ्रान्सेली दार्शनिक, लेखक र राजनीतिक चिन्तक थिए । उनलाई फ्रेन्च इन्लाईटेन्मेन्टका प्रमुख विचारहरुमध्ये एक मानिन्छ । रुसोका बिचारहरुले फ्रान्सेली क्रान्ति French
Revolution र आधुनिक लोकतन्त्र, शिक्षा तथा सामाजिक सिद्धान्तमा ठुलो प्रभाव पारे ।) र Tomas Hobbes १५८८ –१६७९, ईङ्ल्याण्डका प्रसिद्ध दार्शनिक र राजनीतिक चिन्तक थिए उनलाई प्राय आधुनिक राजनीति दर्शनको संस्थापकहरु मध्ये एक मानिन्छ र उनले मानव स्वभाव, जीवनको अवस्था र सामाजिक सम्पर्क जस्ता विषयहरुमा आफ्नो योगदान दिएका छन) उनिहरुको दृष्टिकोणमा, समाजको स्थायित्व, समानता र पारदर्शितामा निर्भर हुन्छ । Nepotism ले विश्वासघात र सामाजिक असमानता जन्माउँछ, जसले समाजमा अस्थिरता ल्याउँछ । विभेद ल्याउछ र द्धन्द सृजना गर्दछ ।

Nepotism र सामाजिक प्रभाव :
यसले योग्यतामा कमि ल्याउछ, क्षमतामा ह्रास पार्छ । योग्य व्यक्तिहरूको अवसर घट्छ, सामाजिक असमानता निम्त्याउछ, वर्गीय विभाजन बढाउछ । मानिस र समाजको विश्वासमा संकट ल्याउछ । समानता र प्रणालीप्रति जनताको विश्वास कमजोर पार्छ । नैतिकतामा पतन ल्याउछ र विभेद जन्माउँछ एवम् द्धन्द सृजना गर्दछ । समाजमा मूल्य, मान्यता, सहिपन, नीति, सिद्धान्त, दर्शन, कानुन, संविाधान, आचारसंहिता, नियम आदीहरूको अन्त्य गर्दछ । मुलत यो विभेदकारी र द्धन्द्धकारी हुन्छ ।
के यो दार्शनिक सिद्धान्त हो ?
Nepotism आफैंमा कुनै दार्शनिक सिद्धान्त होइन, तर यो नैतिकता, न्याय र सत्ता संरचना सम्बन्धी विभिन्न दार्शनिक बहसमा भने ल्याउँछ । यसलाई आलोचना गर्ने सिद्धान्तहरू प्रायः यी दार्शनिकहरूले दिएका छन् । अरस्तु (Aristotle)ः न्याय र गुणको आधारमा निर्णय लिनु पर्दछ । कान्त (Kant)ः व्यक्तिलाई साधनको रूपमा होइन, उद्देश्यको रूपमा हेर्नु पर्दछ । कार्लमाक्र्स (Karl Marks)ले भनेका छन्, ‘सवैकुरा सामुहिक स्वामित्वमा हुन्छ, पद र जिम्मेवारी योग्यता(Ability) र श्रम (Work) अनुसार वाडिन्छ ।’ त्यसका साथै आधुनिक अवधारणाको रुपमा हामीले आज ल्भउयतष्कm केवल परिवार वा नातालाई प्राथमिकता दिने अभ्यास मात्र होइन — यो भ्रष्टाचार र प्रशासनिक असमानताको सन्दर्भमा एउटा सामाजिक सिद्धान्त वा विभेदको सिद्धान्तको रूपमा बुझिन्छ ।
Nepotism विरुद्धका दार्शनिक र ऐतिहासिक आन्दोलन :
मध्ययुगीन युरोपमा विरोधको सन्दर्भमा १६ औँ र १७ औं शताब्दीमा पोपहरूले आफ्ना नातेदारहरूलाई उच्च पदमा नियुक्त गर्ने प्रचलन थियो । त्यसका विरुद्ध Protestant Reformation (१६००–१७००) – Martin Luther र अन्य सुधारकहरूले क्याथोलिक चर्चका Nepotism र भ्रष्टाचारको विरुद्ध विरोध गरेका छन् । जसका कारणले गर्दा यसले धार्मिक सुधारलाई गति दियो र Nepotism विरुद्धको चेतना बढायो ।

दार्शनिक विरोध :
अरस्तु (Aristotle)ः न्याय र समान अवसरको महत्त्वमा जोड दिए र सधै Nepotism को विरोध गरे । त्यस्तै कान्त (Immanuel Kant) मानिसलाई उद्देश्यको रूपमा हेर्नुपर्ने नैतिक सिद्धान्त प्रस्तुत गरे, Nepotism यस सिद्धान्तको विपरीत माने । John Rawls Justice as Fairness सिद्धान्त – समाजमा समान अवसर सुनिश्चित गर्नुपर्ने धारणा राखे र Nepotism सधै विरोध गरे ।

Nepotism आन्दोलन :
Nepotism आन्दोलन भन्नाले नातावाद (नातागोता, परिवारवाद वा आफन्तवाद) को विरुद्ध उठ्ने आन्दोलन हो । Nepotism (नातावाद) भनेको – जब राज्य, सरकार, राजनीति, समाज वा संस्थामा योग्यता, क्षमता, दक्षता भन्दा पनि नाता –गोता, परिवार वा व्यक्तिगत सम्बन्धका आधारमा पद, अवसर, जागिर, जिम्मेवारी, नियुक्ति, पुरस्कार बाँडफाँड, अनुदान दिइन्छ त्यहीलाई Nepotism भनिन्छ र हुन्छ ।
Nepotism आन्दोलन के हो ?
यो आन्दोलन प्रायः राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा उठेको हुन्छ । यसको मुख्य उद्देश्य योग्यता र समान अवसरको रक्षा गर्नु हो । खासगरी युवाहरु, विद्रोही समूह वा सचेत नागरिकहरूले नातावाद, परिवारवाद र असमान अवसरको विरोध गर्दै Nepotism विरुद्ध आन्दोलन सुरु गरे । यसका विशेषताहरू ः समान अवसरको माग – सबैलाई Merit अनुसार अवसर मिलोस् भन्ने माग हो । नातावादविरुद्ध विरोध नेताहरूले आफ्ना छोराछोरी, आफन्त वा नजिकका मान्छेलाई मात्र अवसर दिने प्रवृत्तिको विरोध हो । पारदर्शिता – नियुक्ति, रोजगारी, पुरस्कार र अवसरहरुमा पारदर्शी र समानता बनाउन दबाब दिने आन्दोलनको विशेषता हो । नेपालको सन्दर्भमा हेरौँ र केहि चर्चा गरौ, नेपालमा प्रायः राजनीतिमा नातावाद धेरै देखिन्छ (जस्तै नेताहरूका छोराछोरीहरू सिधै राजनीति वा उच्च पदमा आउने) । पछिल्लो जेन जी आन्दोलनको एउटा माग पनि यसैको विरुद्धमा थियो । यो Nepotism आन्दोलन पक्षपातको विरोधमा र योग्यता, क्षमता र समान अवसरका लागि गरिएको सामाजिक–राजनीतिक आन्दोलन हो । Nepotism (नातावाद) विरुद्ध आन्दोलन संसारका धेरै देशमा भएको छ । तर यसको स्वरूप फरक–फरक देखिन्छ । कतै सडक मार्फत आन्दोलन, कतै सामाजिक सञ्जाल मार्फत आन्दोलन, भने कतै विद्रोहपूर्ण पनि हुन्छ ।
Nepotismका विरुद्ध २० औं–२१ औं शताब्दी पछिका कानूनी लडाई :
Transparency InternationalM Nepotism लाई भ्रष्टाचारको रूपमा परिभाषित गरी विरुद्धमा आफ्नो काम अगाडि बढाईरहेको छ । त्यस्तै संयुक्त राष्ट्रको एजेन्डाः Good Governance / Rule of Lawअन्तर्गत Nepotism हटाउने पहल गरिरहेको पाईन्छ । भने कानुनहरूः धेरै देशले सार्वजनिक पदमा Nepotism निषेध गर्ने कानुन बनाएका छन् । अमेरिका ःFederal Anti – Nepotism Statute दुई, भारत ः Service Rules अन्तर्गत Nepotism लाई निषेध गरेको छ । नेपालमा पनि संविधानमा समान अवसर र पारदर्शिताको प्रावधान राखेर Nepotism लाई विरोध गरेको छ । विश्वका कैयौ मुलुकहरुले कानुनी आधारमा Nepotismलाई विरोध एवम् अस्विकार गरेका छन् । त्यस्तै Nepotism विरुद्ध कानूनी पहलहरू विश्वभरिका विभिन्न देशहरूले अपनाएका छन् ।

हामीले तल केही देशका उदाहरणहरूलाई हेर्न सक्छौ ः
१) कोलम्बिया ः कोलम्बियाले २०१५ मा एक ऐतिहासिक कानून पारित ग-यो जसले सार्वजनिक क्षेत्रका कर्मचारीहरूको नियुक्ति र पदोन्नतिमा चार पुस्तासम्मका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउँने कानुन नै पारित गरेका छन् । यो कदमलाई “ब्यूरोक्रेटिक नेपोटिज्म“ विरुद्धको कदमको रूपमा चिनिन्छ ता पनि कैयौ अनुसन्धनहरुले के बताउँछ भने कानूनको कार्यान्वयनमा चुनौतीहरू छन् र यसको प्रभाव सीमित मात्र देखिन्छ ।
२) चीन ः चीनले २०१९ मा एक नयाँ कानून पारित ग-यो जसले सरकारी अधिकारीहरूलाई आफ्ना परिवारका सदस्यहरूको व्यवसायिक गतिविधिहरूसँग सम्बन्धित विभागहरूमा काम गर्न प्रतिबन्धित गर्दछ । यस कदमले भ्रष्टाचार र नेपोटिज्म विरुद्धको लडाइँमा थप मजबूती ल्याउने उद्देश्य राखेको छ र कैयो सन्दर्भहरुमा दोशी ठहरिय फाँसीको सजायनै निर्धारण गर्ने गरेको पाईन्छ ।
३) इटाली ः इटालीले सन् २०१० मा एक कानून पारित ग-यो जसले शैक्षिक क्षेत्रका नियुक्तिहरूमा नेपोटिज्मको विरुद्ध कदम चाल्न मद्दत गरेको छ । एक अध्ययनले देखाएको छ कि यस कानूनको प्रभावले शैक्षिक संस्थाहरूमा पारदर्शिता र समान अवसरको प्रवद्र्धन गरेको छ ।
४) संयुक्त राज्य अमेरिका ः संयुक्त राज्य अमेरिकामा संघीय सरकारी सेवामा नेपोटिज्मको विरुद्ध कानूनहरू बनाएका छन् । उनिहरुले संघीय नागरिक सेवा कानूनले सरकारी कर्मचारीहरूको नियुक्ति र पदोन्नतिमा पारदर्शिता र योग्यता सुनिश्चित गर्नका लागि नियमहरू बनाएका छन् ।
५) फ्रान्स ः फ्रान्सले २०१७ मा एक सुधारात्मक पहल गरेको छ । जसले राजनीतिज्ञहरूलाई आफ्ना परिवारका सदस्यहरूलाई सरकारी पदहरूमा नियुक्ति गर्न प्रतिबन्धित गर्दछ । यस कदमले नेपोटिज्मको विरुद्धको लडाइँमा थप पारदर्शिता र जवाफदेहिता ल्याउने उद्देश्य फ्रान्सले राखेको छ ।
६) ब्राजिल ः ब्राजिलमा विशेष सरकारी निकायहरूले आन्तरिक कोडहरू र नीति निर्देशनहरू मार्फत Nepotism को नियन्त्रण गर्ने प्रयास गरेका छन् । तर, ब्राजिलमा यी पहलहरूको प्रभावकारिता भने कमै देखिने गरेको पाईन्छ ।
७) दक्षिण कोरिया ः दक्षिण कोरियाले २०१५ मा Improper Solicitation and Graft Act –
Kim Young – Ran Act पारित ग-यो, जसले सार्वजनिक अधिकारीहरूलाई परिवारका सदस्यहरूलाई सरकारी पदहरूमा नियुक्ति गर्न प्रतिबन्धित गर्दछ । यस कानूनले भ्रष्टाचार र ल्भउयतष्कm विरुद्धको कदमको रूपमा चिनिन्छ वा हेरिन्छ ।
८) क्यानडा ः क्यानडामा Corruption of Foreign Public Officials Act -CFPOA) लागू गरिएको छ, जसले विदेशी सार्वजनिक अधिकारीहरूलाई घूस दिनु वा लिनुमा प्रतिबन्ध लगाउँछ । यस कानूनले Nepotism र भ्रष्टाचार विरुद्धको कदमको रूपमा काम गर्दछ ।
९) निकारागुआ ः निकारागुआको संविधानमा Nepotism विरुद्धको प्रावधानहरू छन् जसले सार्वजनिक सेवामा पारदर्शिता र समान अवसर सुनिश्चित गर्नका लागि मार्गदर्शन गरेको छ । यी उदाहरणहरूले देखाउँछन् कि विभिन्न देशहरूले Nepotism को विरुद्ध कानूनी पहलहरू अपनाएका छन्, तर यी पहलहरूको प्रभावकारिता र कार्यान्वयनमा चुनौतीहरू पनि त्यतिकै देखिन्छ । नेपालमा पनि सार्वजनिक सेवामा पारदर्शिता र समान अवसरको प्रवद्र्धनका लागि यस्ता पहलहरूको अनिवार्य आवश्यकता छ र कडाईपूर्वक यो पक्षमा पहलको खाँचो देखिन्छ ।
Nepotism का सामाजिक आन्दोलनहरु :
लोकतान्त्रिक आन्दोलनहरूः नेपाल, भारत, फिलिपिन्स आदि देशमा Nepotism विरुद्ध आन्दोलनहरु चलेका छन तर Nepotism को समस्याहरु घटेका छैनन । नागरिक समाजको भूमिका ल्न्इक र सामाजिक संस्थाहरूले पारदर्शिता, योग्यता र समान अवसरको माग गर्दै Nepotismविरुद्ध अभियान चलाएका छन् तर उनिहरुको उदेश्य र पारदर्शिताको समस्याहरु छन् ।
Nepotismआन्दोलन भएका मुख्य ठाउँहरू :
१) नेपाल ः नेपालमा राणा विरुद्धको आन्दोलन, पञ्चायती ब्यवस्था विरुद्धको आन्दोलन एक शसक्त Nepotismविरुद्धको आन्दोलन हो । त्यसका साथै राजनीतिक दलभित्र नातावादको विरोध हुँदै, युवाहरूले नेताहरुको – आफन्तवाद (छोराछोरी, श्रीमान – श्रीमतीलाई पद दिने वा लिने) को आलोचना गर्दै पछिल्लो समय आन्दोलन गरिरहेका छन । त्यो सवै पार्टीहरुमा केन्द्रीत भएको देखिन्छ । मुख्यत यो आन्दोलन प्रायजसो सामाजिक सञ्जालमा No to nepotism भन्ने नारा मार्फत अभियान चलेको छ । जसमा पछिल्लो समय प्रचण्डको नातिनी स्मीता, शेरबहादुर देउवाको छोरा जयदेव र विरोध खतिवडाको छोरी श्रृङ्खला खतिवडामा केन्द्रीत हुन पुग्यो । २०८२ भदौ २३ र २४ गतेको आन्दोलन भन्दा करिब १ हप्ता अघिबाटै उनिहरुको विषय सामाजिक संजालहरु र Tiktok हरुमा एकप्रकारको भाइरल नै भै सकेको अवस्था पाईन्थ्यो । तर त्यहाँ कसैको चासो, चिन्ता र सरोकार रहेन भने सरकार कैँयौ मानिस र पार्टीहरु त बेखवर नै देखिन्थे ।
१) भारत ः भारतमा राजनीतिमा नातावाद (जस्तै – गान्धी परिवार – नेहरू परिवार, क्षेत्रीय पार्टीहरूमा परिवारवादी नेतृत्व) को विरुद्ध लगातार आन्दोलन र विरोधहरु भएको देखिन्छ । त्यस्तै बिहार, उत्तर प्रदेश, तमिलनाडु लगायत राज्यहरूमा विद्यार्थी आन्दोलनले नातावादविरुद्ध ठुलो आन्दोलन गरेको छ ।
३) पाकिस्तान ः यहाँ राजनीतिक दलहरू (भुट्टो परिवार, शरीफ परिवार, जर्दारी परिवार) आदीको नातावादविरुद्ध आन्दोलन केन्द्रीत भएको छ । त्यहा युवाहरूले Anti Dynasty Movement को रूपमा आन्दोलनहरु भएको देखिन्छ ।
४) अफ्रिका ः केन्या, नाइजेरिया आदि देशहरुमा सरकारी जागिर र पदमा Tribalism र Nepotism को कारण ठूलो विरोध प्रदर्शन भएको छ । उनिहरुले प्रजातान्त्रिक आन्दोलनकै एक हिस्साकोरुपमा नातावादको विरोध गर्दै आएका छन् ।
५) युरोप ः इटली र रोमानिया मा राजनीतिक नातावादविरुद्ध सडक आन्दोलन र कानुनी आन्दोलनहरु भएका छन् युरोपेली संघले पनि ति देशहरुलाई पारदर्शिता कायम गर्न दबाब दिएको छ ।
६) अमेरिका ः सरकारी पदमा स्पष्ट कानुन भए पनि(Hollywood Nepotism) वा (Nepo babies) विरुद्ध ठूलो सांस्कृतिक आन्दोलन चलेको छ । ६) एशिया ः एसियाका भारत, नेपाल, पाकिस्तान, श्री लङ्का, बङ्गलादेश लगाएतका देशहरुमा यो आन्दोलनलाई राजनीतिक आन्दोलनसँग जोडेर लगिएको छ । ७) अफ्रिका ः रोजगारी र जातीय ÷ परिवारवादका कारणले गर्द सधै विग्रहहरु पैदा भैरहेको छ ।
९) युरोप र अमेरिका ः राजनीति मात्र नभई संस्कृति र मनोरञ्जन क्षेत्रमा पनि यो आन्दोलन केन्द्रीत बनेको छ । यसरी यो आन्दोलन विश्वभरी नै फैलिएको छ र अझ बढ्दै, संगठित हुँदै र गहिरिदै गैरहेको पाईन्छ ।

Nepotism को प्रभाव एसिया लगाएत विश्वभर निकै नै रहेको छ । इन्दिरा गान्धी र नेहरु–गान्धी परिवार (भारत) – प्रधानमन्त्री पददेखि पार्टी नेतृत्वसम्म परिवारमै रहने गरेको आरोप थियो भारतमा उनिहरुलाई त्यस्तै पाकिस्तानमा भुट्टो परिवार (पाकिस्तान) – जुल्फिकार अली भुट्टो, बेनजिर भुट्टो, आसिफ अली जरदारी, बिलावल भुट्टोसम्म नेतृत्वमा रहे । हामीले हेर्न सक्छौ राजापक्षे परिवार (श्रीलंका) – महिन्दा राजापक्षे, गोटाबाया राजापक्षे, बासिल राजापक्षे आदिले सरकार ÷ सैन्य क्षेत्रमा शक्ति ओगटेको देखिन्छ । भने किम वंश (उत्तर कोरिया) – किम इल–सुङ, किम जोङ–इल, किम जोङ–उनसम्म सीधा परिवार हस्तान्तरण गर्ने प्रचलननै देखियो । (बांग्लादेश) (शेख हसिना र खालिदा जिया परिवार) – दुई ठूला पार्टी परिवार–केन्द्रित भएको छ । त्यस्तै अफ्रिका मुगाबे परिवार (जिम्बाब्वे) – रोबर्ट मुगाबेले परिवारलाई शक्तिमा केन्द्रीत नै छन् र केन्याटा परिवार (केन्या) – जोमो केन्याटा र उहुरु केन्याटासम्म सत्ताको निरन्तरतामै देखिए । काबिला परिवार लरेन्ट–डेसीरे काबिला पछि जोसेफ काबिला लामो समय राष्ट्रपतिमा बसेको देखिन्छ । अझ हामीले हेर्न सक्छौ अमेरिकामा केनेडी परिवार (अमेरिका) – जोन एफ. केनेडी, रोबर्ट केनेडी, टेड केनेडी आदिलाई परिवारवादको उम्दा उदाहरण मान्न सकिन्छ । त्यस्तै बुस परिवार (अमेरिका) – जर्ज एच. डब्ल्यू. बुस (राष्ट्रपति), उनका छोरा जर्ज डब्ल्यू. बुस (राष्ट्रपति), जेब बुस (गभर्नर) त्यसपछि क्लिन्टन परिवार (अमेरिका) – बिल क्लिन्टन (राष्ट्रपति) र हिलारी क्लिन्टन (सेनटर, विदेशमन्त्री, राष्ट्रपति उम्मेदवार) भएका हुन र फर्नान्डेज–किच्र्नर परिवार (अर्जेन्टिना) – नेस्टर किरच्नर र क्रिस्टिना फर्नान्डेज दुवै राष्ट्रपति बने ।

त्यस्तै युरोप ले पेन परिवार (फ्रान्स), ओरबान परिवार (हङ्गेरी) – भिक्टर ओरबानमाथि परिवार–केन्द्रित राजनीति र व्यवसायको ठुलो आलोचना गरियो । अल्बानियाली होजा र रामाजस्ता परिवारहरू – आफन्तलाई नेतृत्वमा ल्याएको इतिहास चर्चित रहेको छ । यसले विश्वभरी नै प्रभाव पारेको देखिन्छ ।
Nepotism विरुद्धका आधुनिक आन्दोलनहरू ः
१८ औं–१९ औं शताब्दीः फ्रेन्च र अमेरिकी क्रान्तिहरूले Nepotism विरुद्धको आधार तयार पारे । उदाहरणः अमेरिकामा Spoils System विरुद्ध Civil Service Reform Act (१८८३) ले Nepotism र अनैतिक नियुक्ति रोक्न कानुन बनाउन बाध्य बने । फ्रेन्च क्रान्ति समानता र पारदर्शितामा जोड दिदै Nepotism विरुद्ध राजनीतिक चेतनाको जागरण पैदा गरे । सोभियत समाजवादी क्रान्ति, चिनी जनवादी क्रान्ति लगायत विश्वभर Nepotism विरुद्ध विभिन्न तहका विद्रोह, क्रान्ति र परिवर्तनहरु भयो । मुलत ः नेपालमा राणा शासन, पञ्चायती शासनको विरुद्ध चलेको आन्दोलनहरु पनि Nepotism विरुद्धको आन्दोलनहरु थियो ।

Nepotism आन्दोलन र सत्ताच्यूत :
Nepotism र भ्रष्टाचारको विरोधमा उत्पन्न भएका पछिल्लो केही देशमा भएको आन्दोलनहरूले ति देशका सरकारलाई पल्टाईदिएको छ । हामीले केही उदाहरणहरु हेर्न सक्दछौ ः आर्थिक संकट र भ्रष्टाचारको विरोधमा उत्पन्न भएको आन्दोलनले सन् २०२२ मा श्री लङ्कामा राजपक्ष परिवारको शासनलाई अन्त्य गरायो र नयाँ सरकारको गठन भयो । त्यस्तै बंगलादेशमा सन् २०२४ मा छात्रहरूले सरकारी सेवामा कोटा प्रणाली र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरे । यो आन्दोलनले प्रधानमन्त्री शेख हसिनाको सरकारलाई बर्खास्ती गर्यो र उनी २०२४ मा पदच्युत भइन् । अन्तरिम सरकारको नेतृत्व प्रोफेसर मोहम्मद युनुसले गरेका छन् । हामीले हेर्नसक्छौ कि, भर्खरै मेडागास्करमा सन् २०२५ को सेप्टेम्बर महिनामा भएको युवा नेतृत्वको आन्दोलनले राष्ट्रपति आन्द्रि राजोएलिनाको सरकारलाई खारेज गर्न बाध्य पार्यो । यो आन्दोलन पानी र बिजुली आपूर्तिमा बारम्बारको कटौतीको विरोधमा सुरु भएको थियो । प्रदर्शनका क्रममा २२ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भए । राष्ट्रपति राजोएलिनाले सरकारलाई विघटन गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गरे । पछिल्लो समय हालै यहि २०८२ भदौ २३ र २४ गते न्भलभचबतष्यल श् (जेन जी) आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विस्तापित गर्यो र पूर्व प्रधान न्यायधिस शुशिला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ अहिले । यो आन्दोलन सामाजिक मिडिया प्रतिबन्ध र भ्रष्टाचार र स्थीरता सहित यहाँ पनि Nepotism को मुद्धा जोडिएको छ । आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु र २,११३ भन्दा बढी घाइते भएका छन् ।
Nepotism (नातावाद) र नेपाल सन्दर्भ :
हाम्रो देश नेपाल पनि Nepotism (नातावाद) को ठुलो असरमा छ । राणा शासनको मुल सिद्धान्त नै Nepotism थियो । पछि पञ्चायती शासनपनि त्यहि विरासतलाई छोड्न सकेन राजाको छोरा राजा हुने बङ्शको श्रृङ्खलामा आधारित शासन प्रणालीले Nepotism झन चरम प्रकारले गहिरियो । जनता र राजनीतिक पार्टीहरु मिलेर २००७ साल, १०१७ साल, २०३६ साल, २०४६ साल, २०५२ साल, २०६२÷६३ साल हुँदै २०८१ सालसम्म राजनीतिक पार्टीहरुले नै राजनीतिक आन्दोलनहरुको नेतृत्व गरे । मुख्य त २०४६, २०५२, २०६२÷०६३ सालसम्म दलहरुले नै आन्दोलनको नेतृत्व गरे र आफ्नो अनुकुलतामा अगाडि बढे । जसअनुशार पञ्चायती ब्यवस्थालाई ढाले, राजतन्त्रलाई परास्त गरे, भनिएको नयाँ संविधान बनाए, गणतन्त्र स्थापना गरे, कैयौ सुधारका कार्यहरु पनि गरे होलान तर दलहरुलाई पनि Nepotismको ठुलो आरोप लाग्यो । २०८२ भदौ २३ र २४ गते को Generetion Z (जेन जी) आन्दोलनले जन निर्वाचित केपी ओलीको सरकारलाई खारेज गर्न सफल भयो । यो आन्दोलनको प्रारम्भीक र मुख्य माग मध्येको एउटा Nepotism मुद्धा थियो । र त्यो मुद्धा अहिले पनि (जेन जी) समुहले उठाइरहेका छन् ।

के नेपालमा Nepotism छैन ?
अवश्य छ, नेपालमा Nepotism (नातावाद), छ मात्रै होईन यो केन्द्रीत र समस्याग्रस्त अवस्थामा छ । हामीले राणाकालिन शासन सत्तालाई हेर्न सक्छौ त्यहाँ Nepotism को भद्धा नमुना नै देख्न सकिन्छ । आफ्नो, परिवारको, नजिकको, जातको, गोत्रको शासननै थियो राणा शासन । त्यस्तै पञ्चायती ब्यवस्थामा पनि चरम Nepotism को समस्या थियो । त्यहाँ पनि राजाको छोरा राजा हुने, सवै परिवारका सदस्यहरुलाई राज्यकोषबाट अकुत भत्ता र सुविधा विनियोजित गर्नुपर्ने हुन्थ्यो । त्यसपछि बहुदलिय ब्यवस्थाको आगमन भयो । यो ब्यवस्थामा पनि Nepotism को समस्या घटेन । स्थानीय तह देखि माथिल्लो तहसम्म राजा बन्ने वा हुने प्रवृति बढ्यो । यसले नेपालको निकै ठुलो बजेटको हिस्साNepotism को रक्षा, उनिहरुको लालन पालन, सुविधा, भत्ता, नियुक्ति, पुरस्कार र उनिहरुकै सेवा सुविधामा खर्च भएको देखिन्छ । Nepotism को समस्या राजनीतिमा मात्रै छैन, कर्मचारी तन्त्र, सुरक्षा निकाय, न्यायलय, कार्यपालीका, ब्यापारिक केन्द्रहरु लगाएत सवैमा छ । यो घट्दो छैन बढ्दो मात्रामा छ । यो कुनै पार्टीको वा राजनीतिको वा समुदायको वा कुनै एक निकायको मात्रै होईन सिगों राष्ट्रकै समस्या बन्न गएको छ ।

के राजनीति र दलहरुमा Nepotism छैन ?
हामीले हेर्नसक्छौ, २०४६ सालपछिकोे यो ३६ बर्षमा सत्ताको वरिपरि राजनीतिक दलहरुनै रहे । उनिहरुमा पनि सत्तालिप्सा र स्वार्थ केन्द्रीत गतिविधी र चरम प्रकारको Nepotism देखियो । पहिलो, यो ३६ बर्षमा नेपाली काग्रेस झण्डै झण्डै पुरै समय सरकारमा रह्यो भन्दा पनि फरक पर्दैन, उसले कृष्णप्रसाद भट्टराईलाई (२०४६ र २०५६) मा २ पटक प्रधानमन्त्री बनायो, त्यस्तै गिरिजाप्रसाद कोइराला (२०४८, २०५४, २०५८, २०६३) गरी ४ पटक प्रधानमन्त्रीको कुर्सीमा बसे । त्यस्तै शेरबहादुर देउवा (२०५२, २०५८, २०५८, २०७४, २०७८) गरी ५ पटक प्रधानमन्त्रीको कुर्सीमा रहे । यसरी नेपाली काग्रेसले आफ्नो नेतृत्वमा एकल वा संयुक्त गरी ११ पटक सरकार बनायो । यो विचमा नेपाली काग्रेसले आफ्ना श्रीमति, छोरा, छोरी, नातागोता, आसेपासे, छरछिमेकीहरुलाई शुख, सुविधा, नियुक्ति, सरुवा, बढुवा, संसाद, मन्त्री, नियुक्ति, पुरस्कार, दान, अनुदान आदी मार्फत राज्यको ढुकुटी स्वाहा पारेका छन् । यो नेपाली काग्रेसको चरम Nepotism हो । मुलुकलाई यो अवस्था ल्याउन नेपाली काग्रेस जिम्मेवार छैन ?, अवस्य छ ।

दोश्रो, नेकपा (एमाले) लाई हेरौँ ः, उसले पनि मनमोहन अधिकारी (२०५१) सालमा १ पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन भए, यसैगरी माधवकुमार नेपाल (२०६६) १ पटक प्रधानमन्त्री बने, झलनाथ खनाल (२०६७) साल १ पटक प्रधानमन्त्रीको कुर्सीमा बसे, अहिलेका पार्टी अध्यक्ष केपी ओली (२०७२, २०७४ र २०८०) गरी ३ पटक प्रधानमन्त्री भए, यसरी एमालेले पनि ६ पटक सरकारको एकल वा संयुक्त सरकारको नेतृत्व लियो । उनिहरुको सरकारमा पनि Nepotism परिचय बाट अछुतो छ ?, अवस्य छैन । उनिहरुले पनि सरकारलाई आफ्नो सक्तास्वार्थ पुरा गर्ने खुड्किलो बनाएका छन् र सयौँ काण्डहरुमा मुछिएका छन् । अझ केपी ओलीको शासन शैली, दम्व, क्रुरता, आक्रोश, आलोचना, तिरस्कार, आफ्ना, आफु र आफ्नाहरुको लागि सर्वोस्स अरुको लागि बोली, बचन, ब्यवहार, शैली, तौर तरिका हेर्दा लाग्छ उनले सधै चौमुखे तरवार बोकेर बसेका छन् र सवै फरकलाई लाग्छ कहिल्यै नउम्रीने गरी फडानी गर्दछन् । उनि देश, समाज, पार्टी, परिस्थिति भन्दा माथि आफुलाई ठान्छन् यो कुरा सवै जनताले राम्रो गरी हेरेका छन् र बुझेका छन । जेन जी आन्दोलन पछि पनि उनको रवाफमा कुनै कमि देखिदैन । यो उनी र एमालेको चरम प्रकारको Nepotism हो ।

तेश्रो, अहिलेको तेश्रो ठुलो दल (माओवादी केन्द्र)को अवस्थालाई संक्षीप्त चर्चा गरौँ । २०६२ पछि नेकपा (माओवादी केन्द्र) शान्तिप्रकृयामार्फत खुला परिवेशमा आयो । तत्पश्च्यात उ पनि झण्डै झण्डै पुरै समय भन्दा पनि हुन्छ एकल वा संयुक्त सरकारमा सहभागी भै रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड (२०६३, २०७३ र २०७९) गरी ३ पटक प्रधानमन्त्री बने । अर्का नेता डा. बाबुराम भट्टराई (२०६८) साल १ पटक प्रधानमन्त्रीको कुसीमा आसिन भए । यसरी माओवादी केन्द्रले आफु शान्ति प्रकृयामा आएको यो २० बर्षमा एकल वा संयुक्त गरेर कहिले एमाले, कहिले काग्रेसको फेरो समातेर र कहिले आफ्नै नेतृत्वमा सरकार बनायो । महान जनयुद्ध वा क्रान्ति गरेर आएको पार्टीले पनि फरक पन देखाएको अनुभुति जनताले गर्न पाएनन् । उसमा पनि चरम प्रकारको Nepotism देखा परेको छ । अझभन्नु पर्दा माओवादी केन्द्र आफनो परिवार, दाइभाई, नातागोता, छोराछोरी, इस्टमित्रहरु सांसद, मन्त्री, नियुक्ति वा सरकार र लाभको पदमा केही नेताहरुको वरिपरी र उनिहरुकै हालिमुहाली चल्न पुग्यो भन्ने आरोप लागेकै छ । पार्टीमा पदाधिकारीहरु र उनिहरुकै परिवारका मानिसहरु सवैभन्दा धेरै र पटक – पटक संसद, मन्त्री वा नियुक्ति भएका छन् यो उनिहरुमा देखिएको Nepotism को भद्धा नमुना हो भन्न सकिन्छ । पार्टी अध्यक्ष प्रचण्डलाई पनि परिवारका सदस्यहरुलाई लाभको पद दियो भन्ने टिकाटिप्पोणी बारम्वार आईनैरहेको छ । त्यस्तै पार्टीका उचपदहरुमा नेताहरुकै जोडीले ठाँउ ओगटेको कुरा बारम्वार पत्रपत्रीकाहरुमा आउने गर्दछ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बारम्वार लाभको पद लिने ब्याक्ति हुन । (उपप्रधान एवम् गृहमन्त्री – २०६४ – २०६८), (उपप्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्री – २०७९ – २०७९), (उपप्रधान र गृहमन्त्री– २०७९ – २०८१), यसरी उनि ३ पटक उपप्रधानमन्त्री बने र पटक पटक सरकारमा बसे । अर्का उपाध्यक्ष अग्नी सापकोटा २ पटक संविधानसभाको सदस्य, १ पटक प्रतिनिधी सभाको सदस्य, २ पटक मन्त्री र २०७६ सालमा उनि सभामुखमा निर्वाचित बन्ने नेता हुन । त्यस्तै अर्का उपाध्यक्ष कृष्णबहादुर महरा पनि ३ पटक सांसद, २ पटक मन्त्री र १ पटक सभामुखको जिम्मेवारीमा बसेका नेता हुन । अर्का उपाध्यक्ष पम्फा भुसाल उनि संविधानसभाको सदस्य र २०७४ सालमा सांसद बनिन भने उर्जा, जलश्रोत तथा सिँचाईमन्त्रीको रुपमा २०७८ सालमा कार्यरत बनेकी हुन । उपाध्यक्ष नन्दकिसोर पुन २ पटक उपराष्ट्रपतिको जिम्मेवारीमा रहेर पनि फेरी राजनीति तिर फर्किएर पार्टीको उपाध्यक्ष बनेका छन् । महासचिव देव गुरुङ पनि संविधानसभा सदस्य १ पटक र प्रतिनिधी सभासदस्य २ पटक र मन्त्री १ पटक (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री) को जिम्मेवारीमा बसेका हुन ।

पार्टीका अन्य पदाधिकारीहरुमा सवैभन्दा लाभको पद लिनेमा उपमहासचिव गिरिराजमणी पोख्रेल, जर्नादन शर्मा, बर्षमान पुन, शक्ति बस्नेतहरु पर्दछन् । गिरिराजमणी पोख्रेल (२०६३ मा स्वास्थ्यमन्त्री, २०६५ मा स्वास्थ्यमन्त्री, २०७२ मा शिक्षामन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री र २०७४ मै शिक्षामन्त्री) ५ पटक मन्त्री बने अर्का उपमहासचिव जनार्दन शर्मा (२०६५ मा शान्ति र पुर्ननिर्माणमन्त्री, २०७३ मा उर्जामन्त्री, २०७४ मा गृहमन्त्री र २०७९ मा अर्थमन्त्री) ४ पटक मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै अर्का उपमहासचिव बर्षमान पुन (शान्ति तथा पुर्ननिमार्णमन्त्री, २०६८ मा अर्थमन्त्री, उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री, पुन अर्थमन्त्री) यसरी उनि ५ पटक मन्त्री हुने नेता हुन । अर्का उपमहासचिव शक्ति बस्नेत (२०७२ सालमा गृहमन्त्री, २०७४ सालमा बन तथा वातावरणमन्त्री, २०७६ साल स्वास्थ्य तथा जनसंख्यामन्त्री, र २०७९ सालमा उर्जामन्त्री) गरेर ४ पटक सरकारको मन्त्री बन्ने अवसर मिलेकोे छ उनलाई । लगायत कैयौ यस्ता लिस्टहरु भेटिन्छ (माओवादी केन्द्र) मा फेरी कैयौ नेताहरुको श्रीमान, श्रीमति नै पार्टीको उच्च पद र सरकारको पटक पटक सांसद र मन्त्रीको कुर्सीमा आसिन भएको देखिन्छ यसरी नेकपा (माओवादी केन्द्र) पनि Nepotism बाट टाडा रहन सकेको देखिदैन । हालैमात्र असोज ९ र १० गते बसेको उनिहरुको केन्द्रीय समितिको बैठकले पार्टी भित्रको ल्भउयतष्कm अन्त्य गर्ने र सवैको सम्पक्ति सार्वजनिक गर्ने निर्णय नै गर्न पुगेको छ । यो निर्णयको पार्टी र देशमा कस्तो प्रभाव पार्छ हेर्न बाँकी नै छ ।

चोथो, नेपालका अन्य स साना पार्टीहरुमा पनि Nepotism को प्रभाव ब्यापक मात्रामा छ र उनिहरुले त्यसको आरोप खेप्दै आएका छन् । अन्य पार्टीहरुलाई Nepotism को समस्या सामान्य लाग्न सक्ला, त्यसमा पनि आफुलाई क्रान्तिकारी, कम्युनिस्ट भन्ने पार्टीहरुका लागि यो आरोप र ब्यवहार निकै नै लाजमर्दो विषय हो । किनकी कम्युनिस्टहरुले कुनै पनि जातिवाद, परिवारवाद, नातावाद र कृपावादलाई नीतिगत हिसावले नै स्वीकार गर्दैनन् । नेपालमा आफुलाई कम्युनिस्ट भन्ने र ब्यवहार चरम बुर्जुवा, पुँजिवादी, सामन्ती, नोकरशाही र दलाल प्रकारको देखिन्छ । यो कम्युनिस्टहरुलाई बदनाम बनाउने र Nepotismलाई बढवा दिने प्रवृति हो ।

निष्कर्ष :
यी सवै तत्थ्य र सन्दर्भहरु हेर्दा हामीले Nepotism (नातावाद) विरुद्ध संघर्षलाई कसरी उठाउने, प्रभावकारी बनाउने र Nepotism लाई निर्मुल पार्ने भन्ने मुख्य प्रश्न हो । यहाँ Nepotismकेवल प्रशासनिक वा राजनीतिक समस्या मात्र होइन, यो नैतिक र दार्शनिक समस्या र चुनौती पनि हो । यसले केवल व्यक्तिगत स्तरमा होइन, सामाजिक संरचना र राजनीतिक संस्कृतिमा पनि गहिरो प्रभाव पार्ने गर्दछ । त्यसैले यसलाई न्यून गर्न पारदर्शिता, न्याय र योग्यतामा आधारित अनुशासन, मूल्य, मान्यता र समानताको प्रणालीलाई विकास र प्रवद्र्धन गर्न जरुरी छ । वर्तमान संविाधन, कानुन, नीति – नियम, राज्य संरचना, पार्टी, नेतृत्व र सवै निकायहरुमा पुर्नसंरचाको खाँचो छ । त्यसको लागि संघर्ष अनिवार्य रहेको छ । यो समस्या संघर्ष विना हल हुने देखिदैन त्यसैले समाजवादी मुल्य मान्यतामा आधारित समाजको विकास र विस्तार अनिवार्य भएकाले त्यहि अनुशार संघर्षलाई ब्यवस्थित पार्नु पर्दछ । नैतिक, दार्शनिक, सैद्धान्तिक, कार्यनीतिक, ब्यवहारिक र जनता एवम् राष्ट्रको दायीत्व र जिम्मेवारी सहितको संस्कृतिलाई आत्मसाथ गरेमा मात्र Nepotism (नातावाद) को समस्यालाइ समुल अन्त्य गर्न सकिने छ । यसको लागि हामी सवै निकै महत्वका साथ Nepotism (नातावाद) को विरुद्ध संघर्षमा केन्द्रीत बनौ ।

-लेखक : नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु