सामाजिक व्यवस्थापन र साम्यवादी समाज

२०८२ माघ २१ गते, मंगलवार
बिनोद सी

आज विश्व विभिन्न समस्याले ग्रसित भएको छ । कहीँ सामाजिक त कहीँ सांस्कृतिक कहीँ आर्थिक समस्यै समस्याले मानव पीडित मात्रै होइन भोकमरीले पनि मरिरहेका छन् । अर्कातिर विश्वमा केही थोरै मानिस दुनियाँका मालिक बनिरहेका छन् केही राष्ट्रहरु हतियार निर्माणमा प्रतिस्पर्धा गरी एकअर्कालाई दबाउन प्रयत्न गरिरहेका छन् । केही थोरैमा संसारको कुल आम्दनीको ८०%थुपारिए को छ भने २०% सम्पत्ति लगभग आठ अर्ब मनिसको भागमा पारिएको छ । विज्ञानको विकासलाई नितान्त निजी फाइदामा प्रयोग गरिएको छ यो सबैलाई थाहै भएको कुरा हो । हतियार निर्माण मानव हत्यामा प्रयोग भइरहेको छ न्याय, स्वतन्त्रता, शान्ति, मानव अधिकार फगत दिखावाको लागि भन्ने गरिएको शब्द हुन । यी सबैको कारण बिचार मै खोज्नु पर्दछ अन्यत्र खोजेर पाईदैन । मानव उत्पत्ति सँगै समस्याले समाधान खोज्दै आएको हाम्रो परम्परा हो । खोजौं तर, खोजको आधार एक मात्र बाह्य शक्तिमा होइन कि आन्तरिक शक्तिमा पनि खोजौं ? संसार, प्रकृति, पदार्थको अस्तित्व त्यसभित्र खोज्नु भनेको तथ्यको आधारमा सत्य पत्ता लगाउनु हो ।

हाम्रो समाजको वर्तमान संरचना परापूर्वकालदेखि तत्कालीन विद्वत समुदायद्वारा निर्मित भएको पाइन्छ । त्यस परिस्थितिमा त्यो हुन स्वभाविक मान्नु पर्दछ । आजको नजरियाले त्यो गलत लाग्न पनि स्वभाविक छ । पुरानै नजरियाले हेर्दा सही देखिन्छ । अब प्रश्न उठ्छ कुन नजरिया अथवा दृष्टिकोंणले हेर्ने ? प्रश्न यहीनिर छ । कसैले काल्पनिक चिन्तनले त कसैले यथार्थ चिन्तनले अहिलेसम्मको व्याख्या विश्लेषण हुँदै आएपनि समस्याबाट उन्मुक्ति हुनसकेको छैन् । दुइटै तिर आत्मरति लिएको पाइन्छ । त्यही आत्मरति पनि एक अर्काका विरोधी देखिए । यही आपसी विरोधको परिणाम वर्तमान विश्व हाम्रो सामुन्ने छ तर, कहीँ कतै मानव कल्याण छैन न बाह्य शक्ति न त वर्तमान सामाजिक श्रष्टाहरु यसको पुरै समाधान दिन सके । यसैलाई बिचारमा खोज्न भनिएको हो ।

हामीले देख्यौं हजारौं वर्षदेखिको आदर्शवादी सोच या अध्यात्मवादी चिन्तनद्वारा समाजिक, साँस्कृतिक, राजनैतिक, आर्थिक व्यवस्थापन गरिएको छ तर, मानव समुदायको वास्तविक मुक्ती हुनसकेको छैन । भएको भए बसुधैव कुटुम्बकम् उहीले नै भइ सक्थ्यो अँ यो मान्नै पर्ने हुन्छ कि मानिसको सोच माथी राम्रै प्रभाव पारेको छ । चिन्तनलाई एकांङ्गी बनाइएको छ । जसले गर्दा मानिस आफैलाई आफ्नो भाग्य, किस्मतलाई दोष दिँंदै सन्तोष गरे पनि मन कुण्ठित हुन पुगेको छ मन पिरोलिएको छ । गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा रोजगारबाट बञ्चित मानव समाजको ९५% मनिसहरु दुखित भइरहेका छन् यसै सोच, चिन्तनको परिणाम मानिसमा स्वार्थ बढी निःस्वार्थ सहायक भइरहेको पाइन्छ यसले गर्दा आर्थिक रुपमा पूँजीवादलाई अति विकसित पारिए पनि केही थोरैको हितमा ८०% सम्पत्ति थुपारियो पूँजी विकासको होडबाजीले मानिसमा स्वर्थको बढी बोल बाला हुन पुग्यो र त मानिस मानिसका शत्रु बनिरहेका छन् मित्रता त अत्यन्त सहायक भुमिकामा रहेको छ । यसलाई समाधान गर्न मीठो, सुन्दर, शब्द र वाक्य समेत रुपमा देखिएपनि सार कुरुपतालाई पछ्याइ रहेको पाइन्छ र यही चिन्तनलाई ती पूँजीवादीहरु बढी प्रचार–प्रसार गरेपनि असफल भइरहेको जग जाहेर छ । यो एकांङ्गी सोचको आलोचना गर्दा सहन सक्ने क्षमता नै हराउन गएको पाइन्छ । विरोध गर्नेहरु पनि यस चिन्तनलाई पुरै निषेध गर्न सोचे पनि सकिरहेका छैनन । पुरै निषेधको परिणाममा अहिलेलाई बदल्न असम्भव देखिएको छ । त्यस उसले अध्यात्मवादी चिन्तकहरुले विगतदेखिको इतिहासलाई समिक्षा गरी त्रुटि कहाँबाट भइरहेको छ केलाउन आवश्यक छ न कि आत्मरतिलाई निरन्तरता ।

हाम्रा ऋषि महाऋषीहरु विज्ञान विकाशको खोज गरे व्यवहारमा लाने दौरान त्यसबेला विज्ञानको व्यवस्थित विकास न भइसकेको हुँदा कैयौ समस्याको जबाब विज्ञानले दिन नसकेको अवस्थामा कोरा कल्पनाले जिज्ञासा मेटाउँदै अगाडि बढेको पाइन्छ । जबसम्म आउने समय अर्थात आजको भोलि के हुनेवाला छ भन्ने जÞबाब भेट्टाइँदैन तबसम्म काल्पनिक इश्वरको अस्तित्वबाट कसैले इन्कार गर्नु हुंदैन र सक्दैन पनि ।

समय परिवर्ति हुँदै जाँदा जनसंख्याको वृद्धि संगै चारै तिर राजा महाराजाहरुको बोलबाला हुन गयो यस भन्दा पूर्व कैयौं युगहरु जस्तै हिम युग, जंगली युग, पशु पालन युग, दास युग हुँदै सामन्ती युग देखाप¥यो । यसै समयमा कैयौ एकांङ्गी धर्म रुपी अध्यात्मवादले राजा महाराजाबाट खुब प्रचार गरी निर्माण कर्ताको खान बस्न सबै सुविधा मुहैया गराउँदै एकमात्र आफ्नो राज्यसत्ता बलियो बनाउँदै लगेका हुन र तत्कालीन ऋषि महाऋषी अर्थात विद्वत व्यक्तिहरुले त्यही राज्यसत्ता बलियो बनाउन विज्ञानलाई छोडी एकमात्र अध्यात्मबाट थुप्रै ग्रन्थहरु निर्माण गर्दै प्रश्नलाई निषेध गरेको पाइन्छ । प्रश्न रहेन भने उत्तर आफँै समाप्त हुन जान्छ । त्यही भएर एकदम न्यून मात्रामा वैज्ञानिकहरु दक्षिण एसियामा जन्मे यूरोप र अमेरिका तिर बढी बैज्ञानिकहरु फल्नफुल्न पाए । यो तथ्यबाट इन्कार गर्न सकिन्न कि अध्यात्म एकांङ्गी बन्यो । यसको अर्थ पूर्वलाई स्वीकार्नु पश्चिमलाई छोडिदिनु, आम्दानी स्वीकार्ने तर, नोक्सानमा ध्यान पनि नपु¥याउने चीजलाई एकअर्काबाट अलग गर्ने अन्तर्संबन्धलाई न स्वीकार्ने खाली प्रवचनबाट सबैलाई निको पार्ने तर, ब्यवहारमा उतार्न कोसिस भएन । परिणाम अहिलेसम्म आउँदा सफल हुन सकेनन । के हिजोका ऋषि पंडित आफ्ना निजी फाइदामा मात्रै विज्ञान निर्माण गरे ? होइन बरु विज्ञान छोडी अध्यात्मले राजा महाराजालाई शक्तिशाली बनाउदै थुप्रै रचनाहरु गरे त्यही रचनाहरु मानिसलाई काल्पनिक देबी, देउता, भाग्य किस्मतमा आधारित बनाए जुन अत्याधिक मानिसहरुको जीवन दर्शन बन्यो भाग्य भरोसे भनि अहिले पनि आत्मरति लिने गरिन्छ कुल मिलाएर मानिसको चिन्तन एकांङ्गी बन्यो । एकांङ्गी भनेको हरेक चीजलाई एकअर्काबाट अलग गरी बुझ्ने एकअर्कासँग जोडिएको पनि छ न बुझ्ने बेद पुराणलाई आफ्नो अनूकुलतामा व्यख्या विश्लेषण गरे तर, के विज्ञानलाई कुनै व्यक्ति विशेषको लागी बनाए बरु सबैको हितमा निर्माण गरेका थिए । जस्तै शुन्य, अक्षर, स्वर कला, ग्रह नक्षत्र के कसैले व्यक्तिगत मात्रै प्रयोग गर्छ ? गर्दैन बेद, पुराण, उपनिषद, मनस्मृति, कुरानशरीफ, बाइबल, त्रिपिटक यो राजा महाराजाको सत्ताबलियो बनाउन बनेका थिए जुन एकांङ्गी प्रयोग गरियो यहाँसम्म मानिसलाई गुलाम बनाउन राजालाई विष्णु अवतारसम्म भनि ब्याख्या गरियो ।

कम्युनिष्टहरु उपर्युक्त कुराहरुको विरोध गर्नु र आपूm समाज व्यवस्थापन गर्न न सक्नु गरे पनि टिकाउन न सक्नु अहम प्रश्न बनेको छ । यस उसले विरोधको अर्को पाटो समर्थन हो भनी बुझेर बिचार बनाउन नितान्त आवश्यक देखिन्छ । यहाँ त विरोध र समर्थनको अन्तरविरोधलाई बुझ्ने अन्तर्सम्बन्धलाई बिर्सने बानिपरेकोले हामी तपार्इं मार खानु परेको छ ।

यसलाई सरल ढंगले बुझ्दा अध्यत्मवादी दर्शनलाई पछ्याइ रहेका पूँजीवादीहरु प्रकृतिको नियम विरुद्ध निजित्व मातहत दुनियाँलाई सञ्चालन गरी रहँदा परिणाम विश्वको कुनैपनि मुलुक सही ढंगले विकसित हुनसकेका छैनन । विकाशको अर्थ जनताको जीवनस्तर माथि उठ्नु कटुता सहायक र प्रफुल्लता प्रधान सबैको अनुहार प्रफुल्ल हुनु स्वतन्त्रता, समानता भ्रातृत्वमा एकरुपता मुख्य तर, कटुता मुख्य नै रहिरहेको छ । साकारात्मक चिन्तन पहिलो नाकारात्मक चिन्तन दोश्रो बनाउनु यहाँ त बुराइ बदख्वाइ टाउको उठाएको छ तर, सहकार्य निषेध गरिएकोछ । निजी पूँंजीको पछाडि हामी सबै दुगुरेका छौं सामुहिक सोचपछि पारिएको छ । अर्कातिर भौतिकवादी दर्शनलाई पछ्याएकाहरु आपूm मात्रै सही र विपक्षी दर्शनलाई विरोध मात्रै गर्दा एकांङ्गी भइएन र ? यो दुइटैमा एकांङ्गीपनाको समानता देखियो । यसलाई समधान गर्दा यथार्थ परक ढंगले बुझ्न जरुरी छ । पुराना जमानामा सामाजिक आर्थिक साँस्कृतिक व्यवस्थापन गर्नेहरुलाई सम्मान दिंदै वर्तमानमा तपाईं हामीले गर्नु परेन ? हामी त नाकार मात्रै हेर्ने गर्यौं नि सकार हेर्दै हेरेनौं त्रुटि त आजको मनुवाहरुले गर्दैछन । सच्याउँ बरु दुइटै दर्शनका पक्षधरहरु आ–आफ्नो समुदाय, समाज, राष्ट्र निर्माणमा लागौ जसले साकार परिणाम निकाल्न सक्छ त्यसको पक्षमा लागौं हुन्न ?

पहिलाले गरेको सामाजिक ब्यवस्थापन हामीले बेहोरिरहेका छौं तर, क्षतविक्षत हुँदै चर्मराइ रहेको छ । दोश्रो पनि असफल देखिएको छ दोश्रो बारे केही बुझ्न आवश्यक देखिन्छ । दोश्रोले समाजवादी सामुहिक जीवन यापन जहाँ सामुहिक रुपमा सबै निर्णय गरिन्छ । स्वास्थ्य, शिक्षा, रोजगारको समानताले गाँस, बाँस कपासको बन्दोबस्ती समान ढंगले हुने गर्दछ । उच्च शिक्षाको कुनै व्यवस्थापन न भएको कारण त्यहाँ जोड दिने अरुमा ध्यान पु¥याउन सक्नुपर्दछ । सामुहिक कृषि प्रणालीमा सरकारले बन्दोबस्ती मिलाइ दिनु पर्दछ र कामको बाँडफाँट क्षमता अनुसार निजी उद्योगधन्दामा पनि ध्यान पु¥याएको हुन्छ तर, मनोमानी नाफामा नियन्त्रण गरिरहन्छ । त्यस अवस्थाको शुरुआतमा योग्यताको आधारमा काम र काम अनुसार दाम यसको अन्तिम विकाश भइसकेपछि योग्यता र क्षमता अनुसारको काम र आवश्यकता अनुसारको वितरण प्रणाली लागू हुनेछ एक सबैको लागि सबै समाजको लागि काम गर्नु पर्दछ श्रमलाई सम्मान गर्ने बानीको विकास गराइन्छ । मानिसको एउटै जाति हुन्छ मानिस पुरानो व्यवस्थापनले विभेद निम्त्याइ रहेको देखिन्छ भने नयाँ व्यवस्थापनमा यो धरतीका मानिस स्वतन्त्र, स्वाभिमानी पूर्वक जीवन यापन गर्ने छन् । मानिस मानिसका शत्रु हुँदैनन सहकार्य र माया नै मुख्य हुन जान्छ । यो धरती वनस्पति, प्रयावरण सबैमा ध्यान पु¥याउँदा समाज उन्नतशीलता प्राप्त गर्छ मानिस प्राकृतिक प्राणी हुन जान्छन र प्राकृतिक संघर्ष मुख्य हुन पुग्छ अरु सबै सहायक ।

सारांस–विश्वमा अहिलेसम्म समाजको हित हुने गरी दुइटा सामाजिक ब्यवस्थापन भएको पाइन्छ । पहिलो हाम्रा ऋषि महाऋषीले अध्यात्मवादी दर्शनद्वारा जसको अन्तिम उद्देश्य बसुधैव कुटुम्बकम् निर्माण गर्नु थियो तर, सफल हुन नसकेको यथार्थ हो । अहिलेका मानिसहरु त्यही ऋषी महाऋषीको ब्याज खाँदै कलिमा भगवानको आगमन कुर्दै अन्यायलाई सही रहनु र पूँजीवादी मिडियाले यसैलाई मलजल गरिरहेको पाइन्छ अहिलेसम्म यो सामाजिक व्यवस्था नै ठीक भन्दै त्यसको पछाडि आफ्नो निजी स्वार्थलाई जायज ठहराई रहेका छन् । पूँजीवादमा हरेक वर्षदेखि रहने आर्थिक मन्दीले यसको पुष्ट्याई गरिरहेको छ र अन्तमा विश्व युद्धको नाममा करोडौंको बलिदान गरी आफ्नो अस्तित्व धनी रहेका छन् ।

दोश्रो १९ औं सताब्दी तिर जर्मनीमा जन्मेका कार्लमाक्र्स र ऐगेल्सले द्वन्दात्मक एतहासिक भौतिकवादी दर्शनद्वारा सामाजिक ब्यवस्थापन गर्न अंतिम उद्देश्य साम्यवादी समाज राखी अगाडि बढेको पाइन्छ । यी दुइटै दर्शन समाजिक ब्यवस्थापन गर्न कोसिस गरे पनि अन्तिम उद्देश्य पूरा गर्न सकेका छैनन यसको अर्थ यो धर्तीका मानिसरु कहिल्यै पनि स्वतन्त्र सभ्य, स्वाभिमानी पूर्वक बस्न लाउन खान पाउँदैनन त ? त्यस्तो पनि होइन अनि हो त के ? जसरी जंगली युग करोडौं वर्षपछि आफै भित्रबाट वर्तमानलाई जन्मायो त्यसरी नै वर्तमानले भविष्यमा सामाजिक व्यवस्थापन गर्न अनिवार्य देखिन्छ तर, यो पनि लामो प्रक्रिया अनुसार निर्माण हुँदै जानेछ ।  मानिसको सचेत भूमिकाले यसलाई मूर्त गर्ने छ र गर्नु पनि पर्छ ।

प्रतिक्रियाहरु

[anycomment]