महान जनयुद्ध स्मरण र भोगाइ

२०८२ फाल्गुन ४ गते, सोमबार

झपेन्द्रराज बैद्य

तत्कालीन ज्ञानेन्द्र राजाको चरम तानाशाही सरकारले विरोधीहरुलाई दमन र हत्या गरेको थियो । ज्ञानेन्द्रको राज्याभिषेकमा माधव कुमार नेपाललगायतले दाम राखी ढोग दिएका थिए । २०१७ बाट पूर्व राजा महेन्द्रले पार्टीमाथि प्रतिबन्ध लगाएका थिए । महेन्द्रको अकल्पनीय मृत्यूले उनका पुत्र बीरेन्द्र शाहले केही प्रगतिशील कदम चालेका थिए । २०३६ सालमा बहुदल राम्रो कि सुधारिएको पञ्चायती व्यवस्था राम्रो भन्ने जनमतसंग्रह गरेका थिए । प्रविधिकरुपमा जनताले सुधारिएको निर्दलीय पञ्चायती व्यवस्थालाई बहुमत दिएको देखाइएको थियो । जनमतमा शासकले आफ्नो बहुमत देखाएको हुन्छ । यस्तै भयो यहाँ । सुधारिएको पञ्चागती व्यवस्थामा बहुमत आएको देखाइयो । विश्वेश्वरप्रसाद कोइराला बनारसमा निर्वासित भएका थिए । राजासँग मेरो घाँटी जोडिनुपर्छ भनेर उनी नेपाल अएका हुन् । वीरेन्द्रले केही सुधारमूलक काम गरेको भारतलाई चित्त बुझेको थिएन । राष्ट्रियतामा अटल थिए पूर्व राजा वीरेन्द्र । यो कुरा पनि भारतलाई चित्त बुझेको थिएन । भारतीय डिजाइनमा २०५८मा दरबार हत्या काण्ड बनाइएको थियो । यसमा पूर्व राजा ज्ञानेन्द्र पनि सामेल थिए भनिन्छ । यसको पुष्टि हुन सकेको छैन ।

जब ज्ञानेन्द्रले आफ्नो हातमा सत्ताा लिए, उनले तानाशाही शासन चलाउन शुरु गरे । कैयौ. मानिसलाई गिरफ्तार गरी जेलको चीसोमा बस्न बाध्य बनाए । हुकुमी शासन चल्न थाल्यो । सात पाटीहरु मिलेर जनआन्दोलन शुरु गरे । आन्दोला त्यती अगाडि बढ्न सकेन । ०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरे । रोल्पा थवांग कम्युनिष्टको आस्थाको केन्द्र बनेको थियो । यहाँ कम्युनिष्टको पुराना नेता ब्रमन बुढा मगर थिए । थवांग एउटा एतिहासिक ठाउँ हो । ०२७ सालमा यस पंक्तिकारले देखे अनुसार त्यहाँ धेरै जसो काठै काठका घरहरु थिए । त्यहाँ चामलको ढुवानी गर्न असहज थियो । त्यसैले त्यहाँ मानिसहरुले साँझ बिहान आलु उसुनेर खाने गर्दथे । आलु धेरै रसीलो र पोषिलो हुन्थ्यो । त्यहाँ स्याउहरुका बगैंचामा स्याउ लटरम्म फलेका देखिन्थे । प्रत्येक घरका निजी स्याउका बोट रहेछन् । घरहरुका तल्लो तलामा सुँगुर पाल्ने गर्दथे । उपल्लो मानिस बस्ने तल्लामा प्वलपारेर चर्पी बनाउँथे । तल्लो तलामा सुँगुरहरुले तँछाड मछाड गरी दिसा खाने गर्दथे ।

जनयुद्धमा दुबैतर्फ गरी १७ हजार मानिसहरुको ज्यान गएको थियो । जनयुद्धको प्रथम सहिद १० वर्षीय बालक क दिलबहादुर रम्तेल हुन । जनयुद्धको उद्गम स्थल रोल्पा हो । रोल्पा, रुकुमबाट जनयुद्ध चैत बैशाखको डडेलो जस्तो फैलिएको थियो । जनयुद्धको सर्वोच्च कमाण्डर क प्रचण्ड पुष्पकमल दहाल हुन् । जनयुद्धको क्रममा रोल्पा जिनावांगमा भीषण लडाई भयो । त्यहाँ पाँचौं डिभिजनको प्रशिक्षण थियो । त्यहाँ क पासांग क बिप्लभ र क सुदर्शनको उपस्थिति थियो । त्यहाँ सरकारको तर्फबाट हवाई आक्तमण भएको थियो । हजारौं संख्यामा रहेका जनमुक्ति सेनाको डिभिजन सुरक्षित थिए तर कतिपय जनमुक्ति सेना र कमाण्डरको गोली लागि सहदत भयो । तर हत्यारो ज्ञानेन्द्र साहीको फासीबादी हर्कत र युद्ध उन्मादी चरित्रको पर्दापास भएको छ । शोकलाई शक्तिमा बदल्नुपर्छ भन्दै जनमुक्ति सेना अगाडि बढ्छ । किमबहादुर थापा(क सुनिल) पहिले एउटा खेलकूँद शिक्षक ०४२ सालमा रोल्पा लिवांगमा भाग लिएको बुझिन्छ । उनी नेकपा मशालका जुझारु सदस्य थिए । २०४८ सालको एकता महाधिवेशन रोल्पा जेलवांगमा भएको थियो । त्यहाँ कृष्ण सेन र क दीर्घ क सुनिल क सोनाम र क पासांगको पनि उपस्थिति थियो । २०४८ मा संसदीय निर्वाचन र ०४९मा स्थनीय निर्वाचन भयो । रोल्पाको दुबै निर्वाचनमा संयुक्त जनमोर्चाले विजय हासिल गरेको थियो । त्यसक्रममा क सुनिलले सुदखोरहरु जाली फटाहहरु र स्थानीय प्रशासकहरुलाई भ्रष्टाचारको रकम फिर्ता गर्ने र जुत्ताको माला लगाई दिने कामको अगुवाई गरेको बुझिन्छ । जिबिस निर्वाचनमा धेरैलाई जेल हालियो । डाँका ज्यान मार्ने मुद्दा र सार्वजनिक अपराधको मुद्दा लगाईएको थियो । गाममा एउटा घटना भयो । सरकारले एक हजार पुलिस परिचालन गरी रोल्पामा रोमियो अपरेशन परिचालन गरेको थियो । त्यसबेला क सुनिललगायत बटालियन गजुलमा रहेका गोठ चहारेर कहिले भोकै त कहिले सातु चिउरा कहिले खाना खाएर लडेका थिए । ०५२ सम्म क सुनिल तेबांगको लिस्ने लेक र माडी र खुंग्रीको किनारै किनार क्रान्तिको सपना फिजाउदै जेलवांका सुन खानी र फलाम खानी निरीक्षण गर्दै हिँडिरहेका थिए । कहिले थवांग, कहिले कहिले जंकोट कहिले कोर्चावांग, जुतुग खोला मिरुलमा संगठन विस्तार गर्दै थिए क सुनिल ।

जनयुद्धमा माओवादीले रेड मात्र गरेनन् । विकासको काम पनि गरेका हुन् । यस सन्दर्भमा योजनाको खाका कोरी कोही ठाँउमा पुल निर्माण गर्ने काम भयो भने स्कूल बाटा, धारा पानी साँस्कृतिक कार्यक्रम गरी जनताका मन जितेका थिए । ०५२ सालसम्म १० हजार जनालाई मुद्दा, ५ करोड भन्दा बढी धरौटी मागेको थियो । यसैकारण जनताको मुक्तिको लागि जनयुद्ध गर्न वाध्यता भयो । आवश्यकता नै आविष्कारको जननी हो । यसले पनि जनयुद्ध गर्न वस्तुगत स्थिति बनेको थियो । ठाउँ–ठाउँमा भएको जनसाँस्कृतिक अभियानले जनताको चेतनाकोस्तर बढेको थियो । ०५२ सालमा जनयुद्धको उद्घोषण भयो । जासुस, फटाहा र भ्रष्टाचारीलाई सफाया हुनलाग्यो । सुलीचौरमा भूपनारायणको कारवाही जेलबांग, जैमकसला बडा चौर तेवांगका स्थानीय सामन्तहरुको कारबाही सेबोटेज र ०५३ मंसीरमा प्यूठान लुंगको चौकी रेड, रोल्पाको निम्रीको एम्बुसको सफल काण्ड आदि कार्यहरु क सुनिलको नेतृत्वमा भएका थिए । यसमा कमिसार र जनमुक्ति सेनाको अहं भूमिका थियो । जंकोटदेखि भावांग र राँसीसम्म क्रान्तिको यात्रा चलिरहन्छ । घर्ती गाउँ र घोलेरी मोर्चा, नुवागाउँ मोर्चाले थप शक्तिको विकास गरेको थियो । घोराही शहर कब्जागरी त्यहाँ रहेको सेनाको ब्यारेक सफल आक्रमण गरी मोर्चाले ब्यारेकबाट सयाँै हात हतियार र दुई दर्जन जति गाडीभरी युद्ध समान कब्जा गर्न सफल भयो । यसले यो देखाउँछ कि सपना देखेर आत्म विश्वासका साथ काम गर्ने हो भने अवश्य सफलता हासिल हुन्छ । लडाइंको क्रममा धेरै योद्धाहरु गुमाउनु परेको थियो । क परिवर्तन क जित क बहुबीर रोशन क अरुण तथा घोराही अपरेसनमा सफल कमाण्डरहरु गुमेका थिए । अछाम मंगलसेनको लडाईमा जीत हासिल भयो । अछामको जंगलमा तीन दिनसम्म भोक न तिर्खा रहँदा पनि उत्साहको आगो निभ्न सकेन । बिजयले झन् उत्साह थपियो । जनमुक्ति सेना बिजयको झण्डा फहराउँदै अगाडि बढी बेसक्याम्पमा पुग्छ । क पासागं क सुनील योजना बुन्दै गएका हुन्छन् । यसैबेला आकाशबाट बम प्रहार हुन्छ । जनमुक्ति सेना लुकामारी खेल्दै अगाडि बढेको हुन्छ । यसको लगत्तै सतबरिया र लमहीका जनसेनाले धावा बोल्छ र बिजय हासिल गर्छ । सशस्त्र प्रहरीको एक कम्पनि फोर्स ध्वस्त भएको हुन्छ । २०५९ बैशाखमा लिस्नेमा भीषण मोर्चा बद्ध युद्ध भयो । सुली चौरदेखि तेवांगसम्म शाही सेनाको कम्पनी भागा भाग गरी प्यूठानको जुमृ खोलै खोला नि बस्त्र दगुरेको देख्दा अचम्म लाग्छ । फेरि थवांगको र्मोचा बन्छ । शाही सरकार हार खान्छ । सुनिलको मोर्चा अर्घाखाँची जुम्ला, भालुवांग बेनी खारा भोजपुर रुम्जाटार भिमान बन्दीपुर मिर्चैया लहान महेन्द्र राजमार्ग कोशी मेची र जिरी मोर्चा सफल भएको हुन्छ । गजुलको चौकीमा श्रीमती बगमती र छोरी दिब्यालाई एक महिनासम्म राखी शाही पशुहरुले एक महिनासम्म बलत्कार गर्दा पनि अबिचलित योद्धा क सुनीललाई युद्ध बिराम भएको समयमा शाही ग्यानेन्द्रको हत्याराले कायरता पूर्वक हत्या गरेको छ । मुर्कुटीमा माइलो छोरा ढल्दा पनि साहस गलेन अझ सशक्त भयो ।

जनयुद्धले भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादको मुटु हल्लेको थियो । कथित कम्बिड अपरेशन किलोसेराटु अपरेशन तथा जंगल सर्चको नाममा थुप्रै नेतृत्व, कार्यकर्ता तथा जनसमुदायको हत्याको श्रृंखला बढाउदै लगेको थियो । २०५५ सालको भाद्रमा सम्पन्न चौथो विस्तारित बैठकको निर्णय अनुसार आधार इलाका निर्माण गर्ने निर्णय गरेको थियो । क उमा भूजेल एक साहसी महिलालाई तनहँु डिएस्पी कार्यालयमा कष्ट दिएको हेर्दा हत्यारो ज्ञानेन्द्रको चरम तानाशाहा उदांगो भएको छ । उमा भुजेललाई रात भर चीसो सिमेन्टको भुईंमा राखदिएको हुन्छ । दुबै हातमा हतकडी लगाएर खाटको खुट्टामा सिक्रीले बाँधेर कष्ट दिएको हुन्छ । कारागारमा रहेको समयमा क उमा भूजेलले राती जेल ब्रेक गरी खुल्ला आकासमा आउन सफल भएको देख्दा जनमुक्ति सेनाको उचाई अझ बढेको थियो । यो त एउटा उदाहरण हो । उता अमेरिका र भारतको सहयोगमा हेलिकेप्टरबाट बमबाडी गरिरहेको हुन्छ । संस्कृतिक अभियानका अब्बल नेता कृष्ण सेन इच्छुकलाई प्रहरी प्रधान कार्यालयमा माओबाद छोड भन्दा नमाने पछि बोरामा हालेर कुटी–कुटी मारेका हुन् । एउटा कुरा स्मरणीय छ कि रोल्पा थवांगमा जहाँ क सन्तोस बुढामगर विषम र क सुदर्शन मंगोलको बासस्थान छ त्यहाँ निर्वाचनमा जनताले रित्तो बाकस गराएको रातो इतिहास छ ।

छपामार दस्ताले महान जनयुद्ध घोषणा गरेको दिन पूर्वी नेपालको सिन्धुली गढी प्रहरी चौकी, काभ्रेको सामन्त भनिने दौलत सिंहको घर कब्जा, मध्यपश्चिम होलेरीमा रहेको चौकी कब्जा । रुकुमको राडी चौकी कब्जा त्यसैगरी गोरखा स्थित साना किशान विकास बैंक एकै दिन कब्जा गरिएको थियो । राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ भन्ने क माओको महान भनाइ अनुसार भरुवा बन्दुक, सुतली बम, र खुकुरीको भरमा पूर्वको ऐतिहासिक फौजी मोर्चा रामेछापको बेथान चौकी माथि धावाबोली कब्जा गर्न सफल भएको हो । साथै ४ थान ३०३ राइफल र अन्य युद्ध सामग्री हात लगाएको थियो । किलो सेरा २ जस्तो सत्ताको भीषण हमलालाई परास्त गर्न माओवादीले हतियारको विकास गरेको थियो । त्यसैले माओवादीले फ्रयुजवायरको विकास गर्छ । राज्यको बख्तरबन्द गाडी ट्पिग माइन बम, कुकर बम, कमण्डलु बम तथा शक्तिशाली सिलिण्डर बमको निर्माण गर्नुका साथै काठमाण्डौ कपनको एउटा सानो घरमा युद्ध सामग्रीको निर्माण हुन्छ । रामेछापमा बलिदानी गर्ने सहिदहरु क तीर्थ गौतम, क फत्तबहादुर र साहसिक महिला दिलमायाले सगौरव बलिदानी गरेको जानकारी गर्न सकिन्छ । ब्यारेकको तारबार काट्न टरपेटो बमको पनि निर्माण गरिएको थियो । यसैगरी जनमुक्ति सेनाले ५ किलो मिटर टाढाको दुरीमा प्रहार गर्न सकिने ८१ एमएम बमको सेल, त्यसैगरी एम२इन्च मोर्टार सेल र एम पी ३ तथा अत्याधुनिक स्वचालित हतियार ए के ४७ एके ५६ इन्च मोर्टार निर्माण गरिएको थियो । माउजर, ९ एमएम माउजर पेस्तोल, सिक्सर पेस्तोल, गोली, १२ बोरे, ३०३ राइफल, एसएमजी, ए के ४७, ए के ५६, लहरे बम, तुल बम, एम पी ३, राइफल ग्रीनेट, आगो लगाउने बम, ८१ एम एमको सेल, भीजीपी ५७, रकेट लन्चर निर्माण गरी राज्यको शाही सेनालाई परास्त गरेर २०६२।०६३ मा गणतन्त्र स्थापना भएको हो । तर शेरबहादुर देउवाको सरकारले माओवादीलाई नियन्त्रणमा लिन दुष्प्रयास गरेको थियो । माओवादी नेता प्रचण्डको टाउको झोलामा हालेर ल्याउनेलाई १० लाख रुपैयाँ दिने घोषण गरेको थियो । पछि तीनै प्रचण्डसँग मिलेर गठबन्धनको सरकार बनेको हो । तर अफसोच दिल्लीमा भएको १२ बुँदे सहमतिपछि जनयुद्ध भारतको पकडमा रहेको बुझिन्छ ।

जुन सपना देखिएको थियो जनयुद्धमा त्यो चकनाचुर भयो । जनयुद्धका सहिदहरुका सपनालाई बेवास्ता गरी प्रचण्ड संसदीय भासमा गाडिएर उन्मुत्तिको अपेक्षा सेलाएर गयो । जनयुद्धमा १७ हजार मानिसहरुको निधन भएको छ । प्रचण्डले मैले ५ हजारको जिम्मा लिन्छु भन्ने कुरा खुलासा गरेका छन् । कैयौं आमाका कोख रित्तीए । कैयौंले जागिर छोडे । अहिले छापामार सेनाहरु बेरोजगारी भएका छन् । वृहत शान्तिसम्झौता गर्दा आधाजति लडाकुहरुले ५ लाखको दरले पाएका त छन् १० वर्षसम्म कति आर्जन हुन्थ्यो होला ? त्यो गुमेर गएको छ । सहिद परिवारसँग भेट भएर उनीहरुका आँसु पुछिदिनुपर्छ । अहिले माओवादसँग डराएर नेपाली कम्युनिष्ट नामकरण गरिएको अवस्था छ । हँसिया हथौडाको बदला तारा चिन्ह राखिएको छ । १५ पार्टीहरुको १५ टाउकाको गठजोड कतिसम्म रहने हो ? भविष्यले नै बताउने छ । भविष्य उज्जल होस् शुभकामना तर उनीहरुको रवैया हेर्दा भविष्य अन्धकार छ । स्वतन्त्रता, समानता र सर्वहारा वर्गको उन्मुक्ति भन्ने कुरा कल्पनामा मात्र सीमित हुनेछ । तर हाम्रो साम्ने सच्चा कम्युनिष्ट पनि छन् । अहिलेसम्मको व्यवहारले नेकपा ऋषि कट्टेल, नेकपा क्रान्तिकारी मोहन वैद्य किरण र नेकपा माओवादी विप्लव हुन् । यिनीहरुको मिलन भयो भने क्रान्तिले अवश्य नै गति लिनेछ । पदको लोभ नगरी प्रचण्डलगायत अरु कम्युष्टि घटक एक ठाउँ उभिनुको विकल्प छैन् ।

जनयुद्धमा यो पंक्तिकारको प्रत्यक्ष अनुभूती र अनुभव जनयुद्धको समयमा पत्रकार र मानव अधिकार सेवा केन्द्रको हैसियतमा अपहरित ६ जना शिक्षकहरुलाई मेरो रोहबरमा प्यूठान जाबुनेमा रातातात गएर छुटाईएको संस्मरण छ । कुनैलाई माओवादीले अपहरण गरेमा मानव अधिकारको १९४८ को बडापत्र अनुसार जीवन रक्षाको लागि अपील गर्छु भनेर विज्ञप्ति जारी गर्नुपर्दथ्यो । सरकारी कर्मचारी अपहरित भएमा पनि विज्ञापन निकाल्न अनुरोध गर्नुपर्दथ्यो । मानव अधिकारको हैसियतले खलंगा जिविस भवनमा सेनाको टुकडी र प्रहरी जवानलाई प्रशिक्षण दिएको ताजा स्मरण छ ।

प्रतिक्रियाहरु

[anycomment]