निरौलाले अतिरंजित गरे : चलाउने

काठमाडौँ , चुरेभावर पार्टीमा संलग्न भनिएका भूमि निरौलाबारे पाँच महिना पहिलेदेखि नै केन्द्रीय कार्यालयमा करोडौंको ठगि गरेको निवेदन परेको र यसबारे आवश्यक छलफलका लागि उनलाई पार्टी कार्यालय बुद्धनगरमा २०७० बैशाख १२ गते बोलाई छलफल भएको थियो। उक्त छलफलपछि पेश भएका निवेदन उपर आवश्यक सहयोग गर्न स्वीकार गरेका निरौलाले त्यस छलफललाई अतिरञ्जित तरिकाले ‘अपहरण’ भनी प्रचार गर्नुले उनको अपराध कर्मलाई प्रमाणित गरेको राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष उदय बहादुर चलाउनेले बताएका छन् ।यस बिषयमा अध्यक्ष चलाउनेले जारि गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ‘आज मिति २०७० बैशाख १७ गते भूमि निरौलाको हवाला दिँदै नागरिक दैनिकमा प्रकाशित ‘चुरे भावर अध्यक्ष माओवादी कार्यालयमा बन्धक’ भन्ने समाचारले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षा भएको छ । चुरेभावर पार्टीमा संलग्न भनिएका निज भूमि निरौलाबारे पाँच महिना पहिलेदेखि नै केन्द्रीय कार्यालयमा करोडौंको ठगि गरेको भन्दै पिडितहरुले निवेदन दिएका थिए । यसबारे आवश्यक छलफलका लागि उनलाई पार्टी कार्यालयमा बुद्धनगरमा २०७० बैशाख १२ गते बोलाईएको थियो । उक्त छलफलपछि पेश भएका निवेदन उपर आवश्यक सहयोग गर्न स्वीकार गरेका निज निरौलाले त्यस छलफललाई अतिरञ्जित तरिकाले ‘अपहरण’ भनी प्रचार गर्नुले उनको अपराध कर्मलाई प्रमाणित गरेको छ । देशको संक्रमणकालिन स्थितिमा भूमि निरौला जस्ता ठगि गिरोहका नाईके र उक्त अपराध कर्ममा संलग्नहरु प्रति सम्बन्धित सरोकारवाला निकाय र प्रशासनको समेत ध्यानाकर्षा हुन जरुरी छ । पिडितले न्याय पाउने र अपराधीहरुले सजाय पाउने कुरामा हाम्रो संगठन पर्ूण्ा प्रतिबद्ध छ । साथै यो विषयमा हामीसँग सशस्त्र प्रहरीका पूव आई.जि.पि. सनत बस्नेतको नाम जोडिएकोमा त्यो बिल्कुलै झुटो भएको समेत स्पष्ट गरिन्छ ।’