लोकमानको सिफारिस बिरुद्ध एमालेका नेताहरु

२०७० बैशाख २३ गते, सोमबार


काठमाडौ । जनआन्दोलन दवाउन मुख्य भूमिका खेलेका लोकमानसिंह कार्कीको संवैधानिक परिषद्ले अख्तियारको प्रमुख आयुत्तमा सिफारिस गरेको बिषयमा नेकपा एमालेका नेताहरु शिर्ष नेताको बिरुद्ध खनिएका छन । उनीहरुले लोकमानको नियुक्ति बदर गर्न माग गर्दै राष्टपति डा. रामबरण यादवलाई आज ज्ञापनपत्र बुझाउने भएका छन । कार्कीको सिफारिशले जनआन्दोलनको अपमान भएको भन्दै एमालेले राष्टपतिलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको हो । आज दिउँसो सम्ममा राष्टपति कार्यालयमा विरोधपत्र बुझाइने एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । कार्कीको नाममा नेतृत्वले समर्थन गरेपनि मध्यमतहका नेताहरू क्रुद्ध भएका छन् । सचिव शंकर पोखरेलले कार्कीको नियुक्ती सिफारिसले स्वतन्त्र छवी भएका खिलराजको चीरहरण भएको टिप्पणी गरेका छन् । एमालेबाट पहिले लोकमानसिंहको विषयमा चर्को आलोचना गरेका पार्टीका वरिष्ठ नेता केपी ओलीले पछी आफैले उनको नाम पार्टीमा सिफारिस गरेका थिए । यसैबीच, कार्कीको नियुक्ती बदरगर्न नागरिक समाजले दिउँसो राष्टपति कार्यालय शितल निवास अगाडि धर्ना दिर्दैछ । संवैधानिक परिषदवाट भएको प्रतिगमन रोक्न दिउसो ४ बजे शितलनिवास अगाडि धर्ना दिने कार्यक्रम रहेको नागरिक अगुवा शम्भु थापाले जानकारी दिए । कार्कीको नियुक्ति रोक्न मागगर्दै नागरिक अगुवाले हिजो राष्टपति यादवलाई भेटेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]