एमालेले राष्ट्रतिलाई असहमति पत्र बुझायो (पत्रसहित)

२०७० बैशाख २३ गते, सोमबार


काठमाडौ, । संवैधानिक परिषद्ले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।सिफारिस अनुमोदन नगर्न आग्रह गर्दै एमालेले राष्ट्रपति डा. रामवरण यादवलाई असहमतिपत्र बुझाएको छ । असहमतिपत्र बुझाउन महासचिव ईंश्वर पोख्रेलको नेतृत्वको टाली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको थियो ।उच्चस्तरीय राजनीतिक समितिबाट कार्कीको नाममा प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अख्यितार जस्तो महत्वपूर्ण र संवेदनशील संस्थामा विवादास्पद छवि भएका व्यक्ति उपयुक्त नहुने भएकोले पुनर्विचार गर्न माग गर्दै एमालेले राष्ट्रपतिलाई असहमति पत्र बुझाएको छ । राष्ट्रपतिले जनभावनाअनुसार आफूले कदम चाल्ने आश्वासन दिनुभएको सन्चारकर्मीलाई महासचिव पोख्रेलले जानकारी दिए । एमालेले राष्ट्रपतिलाई बुझाएको असहमति पत्र यस प्रकार छ –

प्रतिक्रियाहरु

[anycomment]