अख्तियारप्रति जनविश्वास गुम्यो :यादव

काठमाडौँ, – मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताले नरुचाएको लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिले अख्तियारप्रति जनविश्वास गुमेको बताए ।’स्वच्छ छवी भएका व्यक्ति हुनुपर्ने स्थानमा रातारात लोकमानको सिफारिस भएको छ,’ उनले भने ‘यो सब माओवादीको चाल हो ।’ विराटनगरको आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै उनले सर्वत्र आलोचित भएका लोकमान स्वंयले उक्त पदका लागि आफू अयोग्य रहेको बुझ्नु पर्ने बताए ।उनले निर्वाचन गराउने एक मात्र अधिकार भएको सरकारले संसारमा कतै नभएका काम हरु गरिरहेको छ र यसले मुलुकलाई कुन तन्त्र तर्फ लाने हो बुझ्न नसकिएको टिप्पणि गरे ।’बरु निर्दलीय व्यवस्गामा अदालतमा सहज पहुँच थियो रिट हाल्न पाउने अधिकार थयो,’ उनले भने ‘अहिले त्यो अधिकारमा समेत बन्देज लगाएर निरंकुशता लाद्नप खोजिएको छ ।’