लोकमानको नियुक्तीको बिरोधमा बिभिन्न कार्याक्रम

२०७० बैशाख २७ गते, शुक्रबार


काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लोकमानसिंह कार्कीलाई बनाएको विरोधमा आन्दोलनमा उत्रिएका विभिन्न विद्यार्थी संगठनले आज दिउँसो तीनबजे पछि राजधानीमा सिठी जुलुस निकाल्ने भएका छन् ।राजधानीको बाल्मिीकी क्याम्पस अगाडिबाट सुरु गरिने सिठी जुलुस पुतलीसडक, बागबजार हुदै रत्नपार्क पुगेर टुंग्याइने जानकारी दिईएको छ ।यसैबीच नागरिक समाजका अगुवाहरुले पनि आज दिउंसो ४ बजे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वकर्ता पार्टी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको ललितपुरस्थित कार्यालय अगाडि धर्ना दिने कार्याक्रम रहेको जानकारी दिईएको छ । यसैगरी अख्तियार प्रमुखमा कार्कीको नियुक्तीको बिरोधमा बिभिन्न पेशागत संघसंगठनमा आवद्ध कर्मचारीहरुले पनि आज बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्का छन् ।कार्कीको विरोधमा सरकारी, संस्थान, बैकिङ, स्वास्थ्य सेवा, स्थानीय निकायका कर्मचारीले एक घण्टा पेन डाउन गर्ने र शिक्षकले एक घण्टा चक प्रयोग नगर्ने पेशागत महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]