सत्याग्रहमा प्रहरी दमन

काठमाडौ, ।सत्याग्रह अन्तर्गत चौथो धर्ना प्रदर्शनमा मानव अधिकारकर्मीहरुलाई प्रहरी ले पक्क्राउ गरेको छ । मानवअधिकार उल्लंघनकर्तालाई पुरस्कृत गरेको, लोकतान्त्रिक तथा न्यायिक मूल्य मान्यतालाई कुल्चिएको घटनाको विरुद्ध शान्ति समाजले शुरु गरेको सत्याग्रह अन्तर्गत चौथो धर्ना प्रदर्शनमा २०७० जेठ ८ गते सिंहदरबार दक्षिणढोकाबाट प्रहरीले ३७ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हो ।
प्रहरीद्वारा गिरफ्तारहुनेहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति गङ्गाधर अधिकारी, महासचिव कुमारराज सुवेदी, केन्द्रीय सदस्यहरु जानुका श्रेष्ठ भण्डारी, रत्नलक्ष्मी श्रेष्ठ, संयोजकहरु प्रताप पौडेल, कुमार घिमिरे, महेश आचार्य, उत्तम पुडासैनी, बलबहादुर गाहामगर, मुरारी फुयाँल, पुष्पा केसी, काठमाडांै शाखा उपसभापति बच्चुराम शर्मा, सचिव हेमन्त दाहाल, उद्धव रायमाझी, ईन्द्र शर्मा चौलागाई, जगन्नाथ पुडासैनी, केशब सिग्देल, प्रेम लिम्बु, सञ्जोग राई, सम्पुर रम्तेल, गोविन्द मरासिनी, सागरकृष्ण सुनुवार, राजकुमार राना मगर, राजकुमार श्रेष्ठ, मुकुन्दराज थापा, नारायण श्रेष्ठ, मनिष चौधरी, जनकप्रसाद भण्डारी, पुरुषोत्तम घिमिरे, गोविन्द काफ्ले, विजय सिलवाल, लोकेन्द्र थापा, राजेश आले, सागर राईलगायत छन ।