काँग्रेस समता दिवस मनाउँदै

काठमाडौं , आज १० जेठ अर्थात समता दिवस,नेपाली काँग्रेसले भव्यरुपमा मनाउँदैछ । प्रत्येक जेठ १० गते समता दिवस मनाउने काँग्रेसको नीति कार्यक्रम अनुसार यो दिवस मनाउन लागिएको हो । पार्टीको १२ औं महाधिवेसनले छुवाछुत र भेदभावविरुद्धको अभियान अन्तर्गत प्रत्येक वर्ष समता दिवस मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरि रहेको छ ।