संविधानसभा विघटन भएको वर्ष दिन पूरा

२०७० जेष्ठ १४ गते, मंगलवार


काठमाडौ, । आज जेठ १४, संविधानसभा भंग भएको एक वर्ष पूरा भएको छ ।दलहरुबीचको आपसी खिचातानीले गत जेठ १४ गते मध्यरातमा संविधानसभा भंग भएको थियो भने तत्कालिन सरकारले अर्को संविधानसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।दलहरुबीच सहमति हुन नसक्दा बाबुराम भट्टराई नेतृत्वको सरकारले चुनाव गर्न सकेन । चुनावका लागि भन्दै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चैत १ गते नयाँ सरकार बनेपनि अझै मिति समेत घोषणा हुन सकेको छैन । निर्वाचनसम्वन्धी कानुनमा दलहरुबीच सहमति हुन नसक्दा सरकारले मिति घोषणा गर्न सकेको छैन ।दलहरु आआफ्नै स्वार्थ र अडानमा रहेका कारण नयाँ संविधानसभा निर्वाचनको मिति घोषणा हुन सकेको छैन । कतिपय दलले जातीय र क्षेत्रीय मुद्दा उठाएपछि अघिल्लो संविधानसभा भंग भएको थियो । नयाँ हुने निर्वाचनबाट बन्ने संविधानसभाले पनि संविधान बनाउने ग्यारेन्टी भने छैन ।

प्रतिक्रियाहरु

[anycomment]