नागरिक समाजबाट गणतन्त्र दिवस बहिस्कार

२०७० जेष्ठ १५ गते, बुधबार

काठमाडौ, । आज १५ जेठ अर्थात गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज सरकारले राष्ट्रिय पर्वका रुपमा गणतन्त्र दिवस मनाउने तयारी गरेको छ ।काठमाडौको टुँडिखेलमा विशेष कार्यक्रम गरिरहेको छ भने साँझ घरघरमा दिपावली गर्न सरकारले आह्वान गरेको छ । २०६५ सालमा आजकै दिन संविधान सभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सूचीमा राखिएको सम्झनामा दिवस मनाउन थालिएको हो ।
१० वर्षे माओवादी सशस्त्र युद्ध र १९ दिने जनआन्दोलको सफलतापछि नै २ सय ४० वर्षे इतिहास बोकेको राजतन्त्रको अन्त्य भइ नेपालमा गणतन्त्र आएको हो । दिवसकै अवसरमा आज राजधानीको टुँडिखेलमा हुने विशेष राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अवलोकन गर्ने भएका छन । सरकारले पनि यस अघि नै जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने घोषणा गरिसकेको छ ।
दिवसरका अवसरमा आज सार्वजनिक विदा पनि दिइएको छ । तर गणतन्त्र ल्याउने संविधानसभा नै स्वत : विघटन भएपछि नागरिक निरास भएका छन् । संविधानसभाको विघठनपछि लामो विवादमा अल्झीएका दलहरुले नयाँ संविधानसभाको अर्को चुनाव तय गर पनि निर्वाचन कानुनमा दलहरुबीचको विवादले निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति यादवले दिउँसो शीतल निवासमा हुने चियापानमा नागरिक समाजले बहिष्कार गर्ने भएको छ । नागरिक समाजले संविधानसभा अगाडि नयाँ बानेश्वरमा कार्यक्रम गरेर गणतन्त्र दिवस मनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]