राष्ट्रिय सहमति आवश्यक

२०७० जेष्ठ १६ गते, बिहीबार

काठमाडौं , १५ जेठ । विभिन्न क्षेत्रका बैद्धिक व्यक्तित्वले अबको निकास सबै दल सम्मिलित राष्ट्रिय सहमति गरेमात्र देशले निकास पाउने भएकाले राष्ट्रिय राजनीतिक सहमतिको निर्माण गर्नुपर्ने धारणा राखेका छन् । नेपाल वौद्धिक मंचले राजधानीको संवाद डबलीमा आयोजना गरेको र्वर्तमान राजीतिक अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त धारणा राखेका हुन । प्रा. डा. सुरेन्द्र केसीले अहिलेको निर्दलिय सरकार भन्दा बढि दलका नेता बढि निर्दलिय भएको बताए । उनले खिलराजको राजीनामा माग्नुभनेको मंसिरमा चुनाव नगर्नु हो बताए । ३३ दललाई बाहिर राखेर अगाडि गर्ने सहमतिले निकास नदिने र देश अर्को दुघटनामा पार्ने दाबी गरे । रबि भवनमा भारतीय कांग्रेस पार्टीको झण्डा फराइरहेको भन्दै केसीले भारत रबि भवनसम्म आइपुगेको दाबी गरे । ‘चार दलका नेताहरुको मनपरिले गर्दा नै देश यो ठाउ“मा पुगको हो, सबै दलको सहमतिमा नया“ सहमति गर्नुपर्छ’ केसीले भनाइँ थियो ।

बौद्धिक मंचका अध्यक्ष तथा बुद्धिजीवी डा.केबी रोकायाले सबै दललाई सहमतिमा नलिएर चार दलले जंगली प्रकारले देशलाई चलाउने प्रयास गरेको दाबी गरे । संविधानसभाको विघटनस“गै दलको हैसियत सकिएकाले चार दललाई यो अधिकार नभएको बताउदै अहिले विधिको साशन नभएकाले राजनीतिक ढंगले अगाडि बढ्नुपर्ने बताए । सबै पक्ष सम्मिलित राजीतिक गोलमेच सम्मेलन गरेर अगाडि बढ्नु नै राजनीतिक हुने धारणा राखे । रोकायाले खिलराज रेग्मीले प्रधानन्याधिसबाट होइन, मन्त्रिपरिषद्का अध्यक्षबाट राजीनामा दिएर सर्वोच्चमा जानुपर्ने बताए । उनले देश भूटानीकरणबाट अगाडि बढेर सिक्मिकरणको विन्दुमा पुग्न लागेकाले देश बचाउन नया“ शक्तिको उदय हुनुपर्ने बताए ।

अर्का राजनीतिशास्त्री तथा प्रा.डा. गोपाल सिवाकोटीले अहिले उल्टो हिडाइ र हेर्राई भएको बताए । सिवाकोटीले देशको राष्ट्रियता सबैभन्दा बलियो भएको धारणा राखे । उनले देश फिजीकरण पनि नभएको दाबी गरे । अहिलेको अवस्था बुलेट अगाडी नआएकाले ब्यालेटको हो भन्दै सबैले चुनावमा सहभागी हुनुपर्ने बताए । उनले ३३ दलीय गठबन्धनमा सहभागी दलहरु नेकपा-माओवादीका हतियार भएको आरोप लगाए । त्यस्तै अर्का प्रा.डा. बाबुराम सिंह थापाले देशमा राष्ट्रियता खतरा निकै बढेको बताए । नेताहरुको मानिसक दर्रि्रताका कारण देश र जनताले धोका पाएको बताए । कुनै अमुख नेताका कारण नभएर सबै राजनीतिक पार्टी एक ठाउमा बसेर राष्ट्रिय सहमति नै अहिलेको राजनीतिक भएको बताए । चार राजनीतिक पार्टी नेताले मात्र सहमति गर्दैमा देशले निकास नपाउने थापाले दाबी गरे ।


प्रतिक्रियाहरु

[anycomment]