मोर्चाको १३ बुँदे माग, १ हप्ते अल्टिमेटम

काठमाडौं , २२ जेठ। मधेसी जनअधिकार फोरमसहितको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले आफ्ना १३ बुँदे माग पूरा गर्न सरकारलाई १ हप्ते अल्टिमेटम दिने भएको छ । मोर्चाको बैठकले भोलि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर अल्टिमेटम दिने निर्णय गरेको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले भने – ‘सरकार माग सम्बोधन गर्नेभन्दा पनि विषयान्तर गर्नेतिर लागेको छ । त्यस्तो हो भने वार्ता गर्नुको औंचित्य छैन, हामी वार्तामा बस्दैनौं ।’
मोर्चा र सरकारबीच दुई पटक वार्ता भएको छ । संघीय लोकतान्त्रिक मोर्चाले चार दलीय राजनीतिक समिति खारेज, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा लगायतका १३ बुँदे माग अघि सारेको छ ।