पाटन क्याम्पसमा झडप
काठमाडौ, असार १२ – ललितपुरको पाटन क्याम्पसमा एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुवीच झडप हुँदा दुबै पक्षका एक/एक जना घाइते भएका हुन् ।घाइतेहरुलाई जाउलाखेलको अल्का अस्पतालमा भर्ना गरिएको छ ।क्याम्पसमा छात्रवृत्ति लगायतका विषयमा भएको विवादका कारण अनेरास्ववियुले क्याम्पस प्रमुखलाई प्रवेश गर्न अबरोध गर्न खोजेपछि झडप भएको हो ।
तर अनेरास्ववियुले भने क्याम्पस प्रमुखसंग छलफल गर्न जाँदा आफुहरुमाथि सुनियोजित ढंगले आक्रमण भएको आरोप लगाएको छ ।झडपपछि प्रहरीले अनेरास्ववियुका ७ जना र अनेरास्ववियु क्रान्तिकारीका ३ जनालाई पक्रेको छ ।