किरणको कान्छी छोरी सृजनाको सुटुक्क विवाह
काठमाडौ, १५ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो कान्छी छोरी सिर्जनाको विवाह एकिकृत माओवादीका केन्द्रिय सदस्य केशव नेपालका छोरासँग गरिदिनु भएको छ ।हिजो सुक्रबार किरणको छोरी सृजनाको बिबाह सुटुक्क भएको हो । नेताका छोराछोरीको वैवाहिक कार्यक्रमको निकै नै हल्लाखल्ला हुने भएपनि सिर्जनाको भने गोप्य रुपमा वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो । यसअघि वैद्यको जेठी छोरी चेतनाको विवाह एकिकृत माओवादीका प्रवक्ता अन्नि सापकोटाका छोरा दीपकसँग भएको थियो ।
कान्छी छोरी सिर्जनाको वैवाहिक कार्यक्रममा एकिकृत माओवादीका प्रवक्ता अग्नि सापकोटा बाहेक अन्य एमाओवादीका नेताहरुको भने उपस्थिती थिएन । सापकोटा किरणको सम्धी पर्ने भएकोले नाता सम्बन्धको कारण वैवाहिक कार्यक्रममा उपस्थित भएको उनको परवारजनले जनाएको छ ।वैवाहिक कार्यक्रममा नेकपा–माओवादीका महासचिव रामबहादुर थापा, सचिव नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्य हितमान शाक्य, कुलप्रसाद केसी तथा अन्य नजिकका आफन्तजनको मात्रै उपस्थिती रहेको थियो । प्रगतिशील ढंगले नै मञ्चबाट विवाह गरिएको भएपनि कार्यक्रममा सञ्चारकर्मीहरु कोहीपनि उपस्थित हुन पाएनन् ।