आज ५५ औ संसद दिवस
काठमाडौ, १६ असार ।आज ५५ औ संसद दिवस , संसद दिवस मनाउन पूर्वसांसदहरुको क्लबले काठमडौमा कार्यक्रम आयोजना गरेका छन् । विक्रम संवत २०१५ सालमा नेपालमा पहिलो संसद बनेको थियो । संसदको पहिलो बैठक २०१६ साल असार १६ गते पुर्व सभामुख कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा बसेको थियो । यसको संझनामा वि स २०४८ साल देखि प्रत्येक वर्ष आजको दिनलाई संसद दिवसको रुपमा मनाउन थालिएको हो ।नेपालमा पहिलो संसदलाई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुसमा १ गते भंग गरेका थिए । त्यस पछि २०४६ सालमा बहुदलिय ब्यवस्था स्थापना भएको थियो ।
२०४६ साल पछि २०४८ सालमा आम निर्वाचन भएको थियो । २०४८ सालपछि बनेको संसदले पुरा समय काम गर्न नसकि २०५१ सालमा मध्यावधि निर्वाचन भएर फेरी संसद बनेको थियो । २०४६ सालको परिवर्तन पछि २०४८, २०५१ र २०५६ सालमा ३ पटक संसदको निर्वाचन भएको थियो ।
तर २०५८ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बिघटन गरेपछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले सरकारलाई हटाएर आफ्नै हातमा शासन लिएका थिए ।नेपालमा भएको पहिलो संविधासनभा निर्वाचन पछि बनेको संविधानसभाले व्यवस्थापिका संसदको पनि काम गरेको थियो । आगामी मंसिर ४ गते संविधानसभा र संविधान निर्माण पछि संसदको कामगर्नेगरि निर्वाचन मिति घोषणा गरिएको छ ।