सद्भावना र जनतान्त्रिक मोर्चावीच एकीकरण
काठमाडौ, १८ असार -‘संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा बिलय भएको छ ।राजधानीमा मंगलवार आयोजित कार्यक्रममा सद्भावना र मोर्चावीच एकीकरण भएको हो । मोर्चाका संरक्षक सञ्जय गुप्ता (कौटिल्य शर्मा) ले आफू नेतृत्वको मोर्चा र सदभावनावीच एकीकरण भएको बताए । एकीकरणको पत्रमा महतोसहित संरक्षक गुप्ता र केन्द्रीय संयोजक रविदत्त मिश्र (राजगुरु) ले हस्ताक्षर गरेका छन् ।एकीकरण पत्रमा ‘शान्तिपूर्ण संघर्षका माध्यामबाट लक्ष्यप्राप्तिका लागि एक अर्काको वैचारिक सैद्दान्तिक, र संगठनात्मक सहअस्तित्वलाई सम्मान गर्दै एकीकृत भई संघर्षरत रहने’ उल्लेख छ ।
एकीकरणलगत्रै सद्भावनाले कौटिल्य शर्मालाई ‘मधेश रक्षा बाहिनी’को संयोजक र मिश्रलगायत ५ जनालाई केन्द्रीय समितिमा लगेको छ । तराई मधेशमा सशश्त्र संघर्षरत भएर सरकारसंग वार्ता प्रक्रियामासमेत सहभागी संरक्षक गुप्ताले आफु शान्ति प्रक्रियामार्फत सक्रिय राजनीतिमा फर्किएको बताए ।’अब हामी शान्ति प्रक्रियामा आएका छौ’ कार्यक्रममा गुप्ताले भने । महतोले सशस्त्र पार्टीलाई शान्ति प्रक्रियामा भित्र्याउन आफू सक्रिय भएर लागेको बताए । ‘तराईमा सशसररत समुह शान्ति प्रक्रियामार्फत राजनीतिमा आउन चाहान्छन, सरकारले तीनलाई सम्वोधन गर्नुपर्छ’ महत्तोले भने ।यसैवीच अनिल झा नेतृत्वको संघीय सद्भावनाको भातृ संगठन ‘संघीय मुस्लिम मञ्च’का अध्यक्ष अलताफ सिद्दिकी (पिन्तु)सहित मञ्चबाट १७ जना मंगलवार इन्तुराय यादब नेतृत्वको ‘राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी’ प्रवेश गरेका छन् । उक्त पार्टी एक महिना अघि मात्रै स्थापना भएको हो ।