खुर्सिद काठमाडौंमा

२०७० असार २५ गते, मंगलवार

काठमाडौं, २५असार – नेपालको एक दिने भ्रमणको लागि भारतीय विदेशमन्त्री सलमान खुर्सिद काठमाडौं आइपुगेका छन् ।उनले राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम छ ।अहिले सिंहदरबारमा उनिसहितको भारतीय प्रतिनिधिमण्डले परराष्ट्रमन्त्री माधव घिमिरेसँग द्विपक्षीय सम्बन्ध तथा आपसी हितबारे छलफल गर्दैछ । त्यसपछि सिंहदरबारमै अध्यक्ष रेग्मीसँग र शितल निवासमा राष्ट्रपति यादवसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेस केन्द्रीत दलका नेताहरुसँग पनि उहाँले भेटवार्ता गर्ने कार्यक्रम छ ।
सरकार र दलहरुसँगको भेटमा भारतीय विदेशमन्त्री खुर्सिदले नेपालमा तोकिएको समयमै संविधानसभा चुनाव गराउनको लागि राजनीतिक दबाब दिने बुझिएको छ ।विदेश मन्त्रालय सम्हालेपछि खुर्सिद पहिलोपटक नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उनि आजै भारत फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु