सरकारले सीमा नाघ्यो : यादव

वीरगन्ज, १ साउन-मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान चुनावी सरकारले आफ्नो सीमा नाघेर दीर्घकालीन असर पर्ने निर्णय गरिरहेको आरोप लगाए।मधेसी पत्रकार समाजद्वारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका यस्ता कामकारबाहीका कारण मुलुक प्रतिगमनतर्फ धकेलिने खतरा उत्पन्न भएको बताए। अध्यक्ष यादवले कतिपय विषयमा सरकारले दीर्घकालीन असर पुग्ने निर्णय गरेर उच्चस्तरीय राजनीतिक समितिको नियन्त्रणभन्दा माथि रहेको पुष्टि गर्न खोजिएको आरोप लगाएका थिए।मुलुकमा देखिएको राजनीतिक समस्या समाधानका लागि गोलमेच सम्मेलन गर्ने हो भन्ने त्यसका लागि सम्मेलनको उद्देश्य, नीति, लक्ष्य र कार्यविधि पहिला नै तय गर्नुपर्ने यादवको सुझाव थियो।
“गलत र गैरलोकतान्त्रिक मूल्यमान्यतालाई टेकेर निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गरेको छ”–उनले एक प्रसङ्गमा भने, …आयोगको यस्तो गैरलोकतान्त्रिक चरित्रका कारण मुलुकभित्र ३० लाखभन्दा बढी मतदाताले मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउन सकेका छैनन्। ”