‘गाउँपालिका तोडफोडमा नेकपाको सग्लनता छैन ‘
काठमाडौँ , १६ पुष । नेपाल कम्युनिस्ट पार्टीले गाउँपालिका तोडफोडमा नेकपाको सग्लनता नभएको बताएको छ । सो पार्टीका गुल्मी जिल्ला इन्चार्जले गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको संग्लनता नरहेको स्पष्ट पारेका छन ।
जिल्ला इन्चार्ज सामनाद्वारा जारी गरिएको एक विज्ञप्तिमा, गुल्मिको रुरु गाउँपालिकामा भएको तोडफोड, कागजात च्यातिएको घटना, २ लाख ३४ हजारको चेक चोरी भएको साथै साईन रेसुङ्गाको आईएमई, मैत्री सहकारीको ५ लाख ९० हजार चोरी भएको र मालिकाको घमिरस्थित वडा कार्यालयमा भएको तोडफोडप्रती पार्टीको कुनै पनि सम्बन्ध र सम्लग्नता नरहेको बताईएको छ । गत पुस १५ गते राती रुरु गाउपालिकाको कार्यालयमा तोडफोड भएको थियो भने पछिल्लो समय यस्ता गतिविधिहरु बढिरहेको छन । 
