पाण्डे र गुरुङको चुनावी अभियानमा प्रहरी हस्तक्षेप !

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी गुरुङका चुनाव चिन्ह घण्टाघरका झण्डाले सजाईका गाडीहरुमाथि प्रहरीको हस्क्षेप गरेको बताइएको छ ।
शुक्रबार बेलुकी ६ बजेतिर घरदैलो कार्यक्रम सम्पन्न गरी पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेका गाडीहरु बुद्ध नगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा जाँदै गरेको अवस्थामा गाडीलाई रोकेर प्रहरीले झण्डा र ब्यानरहरु च्यातेर फालिदिएको बताइएको छ ।
यस बिषयको जानकारी दिदै काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डेले सामाजिक संजाल फेसबुकमा लेखेका छन – ‘काठमाण्डौको मेयर र उपमेयरका स्वतंत्र उमेदवारहरु निमकान्त पाण्डे र उमा गुरुङका चुनाव चिन्ह घण्टाघरका झण्डाले सजाईका गाडीहरुमाथि बानेश्वरको चौकमै गठबन्धन सरकारका प्रहरीको जत्थाले आक्रमण गरेको छ ।
शुक्रबार बेलुकी ६ बजेतिर घरदैलो कार्यक्रम सम्पन्न गरी पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेका गाडीहरु बुद्ध नगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा जाँदै गरेको अवस्थामा बन्दूक देखाउँदै गाडीलाई रोकेर प्रहरीको बन्दूकधारी समूहले झण्डा र ब्यानरहरु च्यातेर फालिदिएका छन् ।
निर्वाचन आचारसंहिता पूर्ण पालना गरिरहँदा पनि सरकारी गुण्डागर्दीले चुनाव प्रचारमामा किन अवरोध गर्ने दुस्साहस गरेको हो ? गम्भिर प्रश्न खडा भएको छ ।
मेयरका उमेदवार म स्वयम् निमकान्त पाण्डेले गाडीबाट बाहिर निस्किएर यस्तो ज्यादति नगर्न प्रहरीलाई अनुरोध गर्दा प्रहरीले हामीलाई माथिको आदेश यस्तै छ हजुर भन्दै आक्रामक रवैया देखाउँदै झण्डाहरुले सजाईएका गाडीहरुलाई नांगो बनाएर छोडेका थिए !’