नेकपा कन्चनपुर सम्मेलनको तयारीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कन्चनपुर ‘राष्ट्रघात र जनघातका विरुद्ध राष्ट्रवादी, वामपंथी,कम्युनिष्टहरुको संयुक्त आन्दोलन ! बैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ कन्चनपुरको ऐतिहासिक चौथो जिल्ला सम्मेलन !! ‘ भन्ने मुल नाराका साथ चौथो सम्मेलनको तयारीमा जुटेको छ । आगामि असोज १ गते काठमाण्डौमा हुने महाधिवेशनको तयारीका क्रममा भाद्र ११ गते जिल्ला सम्मेलनको आयोजना भईरहेको हो । पार्टी जिल्ला सचिव प्रकाश मल्लको अगुवाईमा जिल्ला लाई चारवटा कमाण्डमा विभाजन गरेर तयारी अगाडी बढीरहेको सो पार्टीका विशेष समिति सदस्य राजेन्द्र विष्टले बताए । उनका अनुसार पुर्नवास, वेलौरी र लालझाडी दक्षिण कमाण्ड, कृष्णपुर र शुक्लाफाँटा पुर्वि कमाण्ड, बेलडाँडी, बेदकोट मध्य कमाण्ड र भिमदत्त, महाकाली पश्चिम कमाण्ड गरेर सांगठनिक संरचना छुट्याईएको छ । दक्षिण कमाण्ड इन्चार्ज पुरन राना, पुर्वि कमाण्ड इन्चार्ज बिर बहादुर तिरुवा, मध्य कमाण्ड इन्चार्ज रामबहादुर सिंह र पश्चिम कमाण्ड इन्चार्जको जिम्मेवारीमा बिरेन्द्र लुहार रहेका छन् । सम्मेलनको राजनीतिक प्रतिवेदनको जिम्मेवारी समेत पाएका युवा नेता विष्टले जानकारी गराए अनुसार जिल्ला सम्मेलनको कार्य तिव्र गतिमा अगाडी बढाईएको छ ।