नेकपा रुपन्देहीद्वारा संघर्षको घोषणा

२०७९ माघ २९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले राष्ट्रिय तथा स्थानीय मुद्दाहरूलाई लिएर संघर्ष गर्ने बताएको छ । सो बुटवलमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएको हो । पछिल्लो समय बैंक तथा लघुवित्तले बढाएको ब्याजदर, चर्को घरबहाल भाडा एवं मिटरब्याजीहरुको कारण उद्योगी व्यवसायी तथा आम नागरिक मर्कामा परेको भन्दै समयमै सच्चाउन र राष्ट्रिय पुँजीको संरक्षण गर्दै उद्योग व्यापारलाई प्रोत्साहन गर्न ब्याजदर एक अंकमा झार्न दबाब दिने र समस्याको किटान गरी कारबाही समेत गरिने नेकपाका केन्द्रीय सदस्य शरद सीले जानकारी दिए । नेता शरदले स्थानीय स्तरमा भएका समस्या भूमिहीन तथा सुकुम्वासीका लालपुर्जा लगायतका समस्या, तिनाउ दानव नदी कोरिडोर पीडितका उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थापन लगायतका समस्या, ज्योतिनगर पहिरो पीडितका समस्या, स्थानीय तहमा विकास निर्माणदेखि संघ संस्थामा देखिएका भ्रष्टाचार र विसङ्गतिका समस्याहरूमा आफ्नो पार्टीले ठोस् कार्यक्रम बनाएर संघर्ष गर्ने बताए ।
पार्टीका जिल्ला सेक्रेटरी वीरेन्द्र सीले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा वुटवलमा जनयुद्धका उपलब्धि र समस्या विषयक बृहत् अन्तरक्रिया गर्ने, सहिद सप्ताह विविध कार्यक्रम गरी मनाउने, जनसम्बन्ध बिस्तार अभियान २०७९ लगायतका कार्यक्रम गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]