‘वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठनको हो’

२०८० जेष्ठ २६ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठन नेपालको हुने बताएका छन् । युवा संगठन नेपाल छैठौ पूर्ण बैठकलाई सम्बोधन गर्दै नेतृ शिलुले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्नका लागि युवाहरूको अग्रहणी भूमिका रहने समेत बताइन् । उनले आफ्नाे पार्टीको नेता, कार्यक्रम, कार्यनीति, रणनीति, सही विचार भएकोले उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा गएर बैठकले लिएका योजना तीब्र गतिमा कार्यान्वयन गर्न निर्देशन दिदै कम्युनिस्ट पार्टी एकता समाजवादी मोर्चा दलालसत्ता अन्त्य र वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति रहेको बताइन् ।


युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन सीले कम्युनिस्टहरु टुटफुट विभाजन मात्र होइन सम्राज्यवादीको विरुद्ध फेरि पनि एकजुट हुनसक्छ भन्ने पार्टी एकता र समाजवादी मोर्चाले सन्देश प्रवाह गरेको बताउदै जनआधारित नेता जनआधारित संगठन निर्माण गर्न निर्देशन दिए । संगठनका अध्यक्ष पाटन सीको अध्यक्षतामा बसेको उक्त छैठौ पूर्ण बैठककाे संचालनकाे संगठनका महासचिव तिलक सीले गरेका थिए । मेष व्यवस्थापन सामाना कलाकार परिवारले गरेको थियो ।
युवा संगठनले उत्पादनको क्षेत्रमा सी भान्सा घर खोल्ने निर्णय गर्नुका साथै दलाल, भ्रष्टाचारी, मिटरब्याजी लघुवित्तीय संस्थाको चर्को ब्याजदर, महङ्गीको विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेकाे छ । जेठ २४ देखि २५ गतेसम्म चलेको उक्त बैठक विभिन्न महत्त्वपूर्ण दूरगामी निर्णय गरेको छ । – जीवन सी

प्रतिक्रियाहरु

[anycomment]