नेपाल कम्युनिस्ट पार्टीद्वारा देशब्यापीरुपमा एमसीसीको पुत्ला दहन

२०८० भाद्र ८ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बिहीबार देशभर एमसीसीको पुत्ला दहन गरेको छ । एमसीसीको कार्यान्वयनविरुद्ध घाेषित संघर्षको कार्यक्रम अनुसार नेकपाले देशभर एमसीसीको पुत्ला दहन गरेको हो ।
यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीनिकट समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसी विरुद्ध पुत्ला दहन गरेको छ । नेकपाको केन्द्रिय निति अन्तर्गत देशव्यापी रुपमा राष्ट्रघाती एमसीसीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौंमा पुत्ला दहन गरेको हो । रत्न सीको नेतृत्वमा भएको पुत्ला दहन कार्यक्रम सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ज्ञानेश्वर चोकमा भएको पुत्ला दहन कार्यक्रममा गो ब्याक एमसीसी, नो नट एमसीसी, गो ब्याक अमेरिका लगाएतका नारा सहित सोहि नारा लिखित एमसीसीको सांकेतिक पुत्ला बनाएर दहन गरिएको थियो । यही भाद्र १४ गते नेपाल सरकारले एमसीसी कार्यन्वयन गर्ने तयारी गरेपछि नेकपाले यसको विरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी ललितपुरले MCC को पुत्ला दहन गरेकोे छ। नेकपाको पूर्व घोषित कार्यक्रम अनुसार विहवार ललितपुरको मङ्गलबजार चोकमा MCC को पुत्ला दहन गरेकोे हो। नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी, जिल्ला सेक्रेटरी विकास सी लगाएत नेता कार्यकर्ता र स्थानिय जनताहरुको सहभागितामा प्रदर्शन सहित पुत्ला दहन गरिएको हो।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले एमसीसी कार्यान्वयनका विरुद्ध मेची ब्युरो अन्तर्गत झापा, इलाम र पाँचथरमा एमसीसी सम्झौताको पुत्ला दहन गरेको छ । बिहीबार नेकपाका नेताकार्यकर्ताले झापाको विर्तामोडस्थित मुक्तिचोक, इलाम सदरमुकाम र पाँचथरमा एमसीसी सम्झौता जलाएका हुन् ।
यता इलाम र पाँचथरमा कार्यक्रम सामान्य रुपमा सम्पन्न भएपनि विर्तामोडको कार्यक्रममा भने प्रहरीले हस्तक्षेप गरेको थियोे । हस्तक्षेप भएपछि आक्रोशित विप्लवका कार्यकर्ताले विभिन्न नाराबाजी गर्दै कोणसभा सम्पन्न गरेका छन् । भद्रपुर बस स्टेसनबाट विभिन्न नाराबाजीसहित मुक्ति चोकमा आएका उनीरुले शरीरमा नो एमसीसी लेखेका थिए ।
विर्तामोडमा भएको कोणसभालाई सञ्चालन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव तथा केन्द्रीय प्रतिनिधि समिती सदस्य सञ्जय सीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्नेको हिसाबकिताब हुने भन्दै प्रहरीको दमन खेदजनक रहेको बताएका छन् ।
अहिले चलिरहेको एमसीसी विरुद्ध आन्दोलनमा अमेरिकी साम्राज्यवादका दलालहरुले दमन गरेको र हातपातको प्रयास गरेको भन्दै उक्त हर्कत खेदजनक र असह्य रहेको उनले बताए ।
त्यस्तै कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य प्रशान्त सीले नेपाली जनताको आन्दोलनलाई मत्थर बनाएर एमसीसी कार्यान्वयन गर्न खोजे पनि सम्झौता कार्यान्वयन हुन नदिन सबै नेपाली जनता एक ठाउँमा उभिएर प्रतिरोध संघर्ष गर्नुपर्नेमा देशकै सुरक्षा निकायले हस्तक्षेप गर्नु निन्दनीय रहेको बताए । राष्ट्रघाती एमसीसी विरुद्ध नेपालीहरु एकजुट हुन आवश्यक छ , उनले भने ‘साम्राज्यवादको नजर अहिले दक्षिण एसियामा परेको छ । कुनै हालतमा अमेरिकाको षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन ।’
अमेरिकी जुठोपिठो खाएर नेपाली जनताका विरुद्धमा आउने शक्तिलाइ धुलोपिठो बनाउन सबैले हातेमालो गर्न र संघर्षमा उत्रन समेत उनले अपिल गरे। उनले भने,–‘राष्ट्रिय स्वाधीनताका लागि जुनसुकै मोर्चा बनाएर लड्न तयार छौँ । अमेरिकाबाट सहयोग लिन्छौं, संसारका थुप्रै मुलुकबाट नेपाललाई सहयोग आएको पनि छ तर सर्तसहितको सहयोग स्विकार्य हुँदैन । हामीलाई तिम्रो सहयोग चाहिदैन भन्दाभन्दै खाए खा नखाए घिच भन्न मिल्छ , त्यो मिल्दैन । राष्ट्रियता बेचेर धनी बन्नु छैन । हामी हाम्रा आफ्नै पौरखले यो देश बनाउँछौ ।’
पुतला दहन कार्यक्रममा नेकपाका नेता-कार्यकर्ताले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर , गो ब्याक अमेरिका , रिजेक्ट एमसीसी , एमसीसी चाहिदैन सेना ल्याउन पाइदैन , अमेरिकी साम्राज्यवाद मुर्दावाद , नेकपा जिन्दावाद , प्रहरी हस्तक्षेप बन्द गर, एकीकृत जनक्रान्ती जिन्दावाद लगाएतका नारा लगाएका थिए । साथै उनीहरुले मुक्ति चोकमा हिजो लगाएको ब्यानर प्रहरीले हटाएको भन्दै आज पुनः कालो ब्यानर राखेका छन् । यता मुक्ति चोकमा कुनै हालतमा ब्यानर राख्न नदिने भन्दै प्रहरीले ब्यानर निकाल्ने चेतावनी दिएपछि विप्लवका कार्यकर्ता ब्यानर राखेकै ठाउँमा नाराबाजी गरिरहेका थिए ।
यस्तै ,नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौंडामा एमसीसीको पुत्ला दहन गरेको छ । लोकप्रिय चोकमा भएको पुत्ला दहनमा नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको नेतृत्वमा गरिएको हो । जनताको चौतर्फी विरोधकै बिचमा संसदबाट २०७८ फागुन ७ गते पास गरिएको एमसीसी सम्झौता राष्ट्रघाती र जनघाती भएकोले एमसीसी सम्झौता विरुद्ध नेकपाले फेरि पनि देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।
कार्यक्रमको दोश्रो दिन बिहीबार नेकपा मकवानपुरले एमसीसी लेखिएको कागज तथा त्यसका राष्ट्रघाती बुँदाहरु जलाएर विरोध गरेको छ । संसदबाट जबर्जस्त पास गरिएको एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यन्वयन गर्न नदिने भन्दै नेकपाले फेरि पनि एमसीसी विरुद्ध जनसंघर्षको कार्यक्रम गर्दै आएको छ । नेकपा मकवानपुरले भाद्र ६ गते नगरका विभिन्न ठाउँमा एमसीसी सम्झौता विरुद्ध नाराहरु समेत लेखेको थियो ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी कार्यान्वयनका विरुद्ध तुलसीपुरमा एमसिसी सम्झौताको पुत्ला दहन गरेको छ ।बिहिवार नेकपाका नेताकार्यकर्ताले तुलसीपुरको बिरेन्द्र चोकमा एमसिसी सम्झौता जलाएका हुन् । एमसिसी सम्झौताको पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्नेको हिसाबकिताब हुने बताएका छन्। कोणसभालाई सम्बोधन गर्दै नेता विकाशले भने – ‘अहिले चलिरहेको एमसिसी विरुद्ध आन्दोलनमा कयौं ठाउमा अमेरिकी साम्राज्यवादका दलालहरुले दमन गरेका छन् । हातपातको प्रयास गरेका छन् । हामी त्यो सबै नोट गरेर राखेका छौँ । राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्ने फटाहाहरुको हिसाबकिताब हुनेछ।’
नेपाली जनताको आन्दोलनलाई मत्थर बनाएर एमसिसी कार्यान्वयन गर्न खोजेपनी सम्झौता कार्यान्वयन हुन नेकपाले कुनैपनी हालतमा नदिने उनको जिकिर थियो । राष्ट्रघाती एमसिसी विरुद्ध नेपालीहरु एकजुट हुन आवश्यक छ , उनले थपे ‘साम्राज्यवादको नजर अहिले दक्षिण एसियामा परेको छ । कुनै हालतमा अमेरिकाको षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन ।’
माओवादी कांग्रेस पछि बनौला भन्दै नेता विकाशले थप भने, ‘यो देश रहेपछी मात्रै कांग्रेस , माओवादी , नेकपा रहने हो । एमसिसीलाई नेकपाको मामला मात्रै बनाएर हेर्नुहुदैन यो तीन करोड स्वाभिमानी नेपाली जनताको मामिला हो । यो राष्ट्रियताको मामिला हो । यो कसैको गुलाम नहुने मामिला हो ।’
अमेरिकी जुठोपिठो खाएर नेपाली जनताका विरुद्धमा आउने शक्तिलाइ धुलोपिठो बनाइदिने समेत उनले बताए । उनले भने – ‘राष्ट्रिय स्वाधीनताका लागि जुनसुकै मोर्चा बनाएर लड्न तयार छौँ । अमेरिकाबाट सहयोग लिन्छौं , संसारका थुप्रै मुलुकबाट नेपाललाइ सहयोग आएको पनि छ तर सर्तसहितको सहयोग स्विकार्य हुँदैन । हामिलाइ तिम्रो सहयोग चाहिदैन भन्दाभन्दै खाए खा नखाए घिच भन्न मिल्छ , त्यो मिल्दैन । राष्ट्रियता बेचेर धनी बन्नु छैन । हामी हाम्रा आफ्नै पौरखले यो देश बनाउछौ ।’
नेता विकाशले एमसिसीका राष्ट्रघाती बुदाका बारेमा प्रष्ट पार्दै एमसिसिले नेपालको स्वाभिमान र अस्तित्वलाई समाप्त पार्ने योजनासहित आएको बताएका थिए । बौद्धिक सम्पतीमा अमेरिकी एकाधिकार , एमसिसीमा काम गर्ने कामदारलाइ नेपालको कानुन नलाग्ने प्रावधान , एमसिसीसंग राष्ट्रिय कानुन बाझिएमा एमसिसीको कानुन लागू हुने प्रावधान , परियोजनाको लेखापरीक्षण अमेरिकाले गर्ने प्रावधान , सम्झौताको हिस्सेदार नभएको छिमिकी मुलुक भारतको स्वीकृती लिने प्रावधान , सम्झौता अमेरिकाको आइपिएससंग जोडिएको , आर्थिक सहयोगको आवरणमा सैन्य रणनीति भएको , नेपालमा रहेको कम्युनिस्ट प्रभावलाइ सिध्याउने रणनीति लिएको , नेपालका प्राकृतिक सम्पदा जल , युरेनियम धातु कब्जा गर्ने षड्यन्त्र , विश्व महाशक्ती बन्दै गएको चिनलाइ घेर्ने रणनीति सहित आएकाले एमसिसी कुनै हालतमा नेकपा र देशभक्त नेपाली जनताले स्वीकार गर्न नसकिने समेत बताएका हुन् ।
कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी) पश्चिम दाङका संयोजक नवीन सीले गरेका थिए ।
पुत्ला दहन कार्यक्रममा नेकपाका नेता-कार्यकर्ताले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , गो ब्याक अमेरिका , रिजेक्ट एमसिसी , एमसिसि चाहिदैन सेना ल्याउन पाइदैन , अमेरिकी साम्राज्यवाद मुर्दावाद , नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ती जिन्दावाद लगाएतका नारा लगाएका थिए ।
यता नेकपा पश्चिम दाङ अन्तर्गत पर्ने शान्तिनगर , दंगिशरण , बबई गाउँपालिकामा समेत पार्टीका नेता-कार्यकर्ताहरुले एमसिसीको पुत्ला दहन गरेका छन् । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपा पश्चिम दाङले भोलि तुलसीपुर , हापुरे , शान्तिनगर , दंगिशरणमा एमसिएका प्रमुख खड्क बहादुर बिष्टको पुत्ला दहन गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]