अखिल (समाजवादी) र युवा संगठन नेपालद्वारा वृक्षारोपण

२०८१ असार २९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) र युवा संगठन नेपाल दाङले घोराहीमा ४०० बिरुवा रोपेका छन् । युवा संगठन नेपाल र अखिल (समाजवादी) दाङले संयुक्तरुपमा पार्टीको योजनामा बिरुवा रोपिएको बिद्यार्थी संगठनका जिल्ला इन्चार्ज खुमन सीले बताए यो । पार्टीले घोराहीमा सञ्चालन गरेको सी बहुउद्देश्यीय कृषी फर्ममा फलफुल र जडिबुटीजन्य करिव ४०० बिरुवाहरु रोपन गरिएको अखिल (समाजवादी) दाङका संयोजक खुम सीले बताए ।
आँपका करिव १०० बिरुवा , लिची १०० , अमला ५० ,सीतल चिनी ५० , सुगन्ध कोकिला ५० र धूपी सल्ला ५० गरि ४०० बिरुवा रोपिएको जनाइएको छ । पर्यावरणीय वातावरणको संरक्षण र रक्षा गर्दै सिंगो मानव जातीलाई स्वस्थ बनाउने उद्देश्य सहित बृक्षारोपण गरिएको युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज पदम सीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]