अस्टि्रच हेर्न ३०० रूपैयाअस्टि्रच हेर्न ३०० रूपैया
काठमाडौ । नेपालमै पहिलो पटक रूपन्देही जिल्लाको मधवलियामा स्थापित अस्टि्रच फार्म अवलोकनका लागि आउने आन्तरिक तथा बाहृय पर्यटकको संख्या बढेको छ । अवलोकनका लागि भारत, बङ्गलादेश, पाकिस्तान, शीलङ्का, चीन, जापान, अमेरिका, युरोपलगायतका विभिन्न मुलुकबाट सयौा पर्यटक आउन थालेको अस्टि्रच फार्मका सञ्चालक सिपी शर्माले बताए । अवलोकनका लागि आउने पर्यटकका लागि रु. ६० देखि ३०० सम्मको टिकटको व्यवस्था गरिएको र यो वर्ष हालसम्म करिब एक लाख आन्तरिक तथा बाहृय पर्यटकले अवलोकन गरिसकेको उनले बताए । यस वर्ष हालसम्म सात हजार २०० भन्दा बढी विदेशी पर्यटकले यो अस्टि्रच फार्म अवलोकन गरिसकेको बताइएको छ । तीन वर्षअघि रु. ५० करोडभन्दा बढीको लगानीमा स्थापना गरिएको सो अस्टि्रच फार्ममा अवलोकनका लागि आएका आन्तरिक तथा बाहृय पर्यटकबाट मात्र रु. २५ लाख सङ्कलन भएको बताइएको छ । यसरी पर्यटकको संख्या बढ्दै गएपछि पर्यटकलाई अवलोकनका लागि सुविधा पुर्याउन निकट भविष्यमा भ्यू टावरलगायतका पूर्वाधार निर्माण गरिने सो फार्मले जनाएको छ ।