साढे ३ सय मेगावाट बिजुली थपिदैसाढे ३ सय मेगावाट बिजुली थपिदै

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । आगामी चार वर्षमा निजी लगानीबाट तीन दर्जन आयोजना निर्माण सम्पन्न भई मुलुकमा थप तीन सय ५४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । प्रवर्द्धकले २०७३ अन्त्यसम्म ३६ आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छन् । यी आयोजनामा उनीहरुले ५३ अर्ब रुपैयााभन्दा बढी लगानी गर्दैछन् । निर्माणाधीन अवस्थामा अवरोध नआए सबै आयोजना समयमै सकिने दाबी प्रवर्द्धकहरुको छ । लगानीकर्ताले नेपाल विद्युत् प्राधिकरणसाग विद्युत् खरिद सम्झौता -पीपीए), विद्युत् उत्पादन लाइसेन्स र लगानी जुटाएर निर्माण थालेका हुन् । निजीक्षेत्रबाट थप विद्युत् उत्पादन भए पनि लोडसेडिङ पूर्णरुपमा भने हुने छैन् । प्राधिकरणले आगामी चार वर्षमा विद्युत्को माग बढेर एक हजार ५ सय मेगावाट नाघ्ने प्रक्षेपण गरेको छ । त्यति बेलासम्म निजीक्षेत्र र सरकारबाट गरी एक हजार दुई सय मेगावाट -मेवा) विद्युत् उत्पादन हुनेछ । यीमध्ये माथिल्लो मस्र्याङ्दी -५० मेवा) नेपालको मनकामना केवलकार र चीनको सिनो हाइड्रो कर्पोरेसनको संयुक्त लगानीमा बन्नेछ भने लिखु- ४ -५२ मेवा) भारतको भिल्बरा ग्रुपअन्तर्गत्को गि्रनभेन्चर्सले बनाउनेछ । बााकी आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेका छन् । सबै आयोजना नदीका बहाव -रन अफ दि रिभर) मा आधारित हुन् । चार वर्षमा निर्माण सम्पन्न हुने आयोजनामा मिस्त्रीखोला -४२ मेवा), माईखोला -२२ मेवा), अपरमादी -१९ मेवा), अपरचाकुखोला -२२ मेवा), हेवाखोला -१२ मेवा), खानीखोला -२५ मेवा), तल्लोमोदी -२० मेवा) छन् । त्यस्तै, तल्लो इन्द्रावती -४.५ मेवा), आाखुखोला -८.४ मेवा), भैरवकुण्ड -३ मेवा), चर्नावतीखोला -३.५ मेवा), तल्लोचाकुखोला -१.७ मेवा), जिरीखोला -२.२ मेवा), मैलुङखोला -६ मेवा), माथिल्लो पुवाखोला -३ मेवा), माथिल्लो हुग्दीखोला -५ मेवा), राधिखोला -४.४ मेवा), जुम्दीखोला -१.७ मेवा), तादीखोला -५ मेवा), तादीखोला थाप्रेक -५ मेवा), अपरमाईखोला -९.९ मेवा), माथिल्लो मैलुङखोला ‘ए’ -५ मेवा), दरमखोला -२.५ मेवा), अपरमाई ‘सी’ -५ मेवा), मध्यतादीखोला -५.३), तिनेखुखोला -०.९ मेवा) माइक्यासकेड -७ मेवा) छन् । अहिलेसम्म निजी क्षेत्रबाट १ सय ९० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । थप ३ सय ५४ समेत गरी निजीक्षेत्रबाट आगामी चार वर्षमा ५ सय ४४ मेगावाट उत्पादन हुनेछ । निर्माण तयारीमा रहेको २ सय १० मेगावाटको सुपरसिक्स जलविद्युत् आयोजनाका प्रवर्द्धकसाग प्राधिकरणले तत्काल पीपीए गरे यी आयोजना पनि चार वर्षभित्रैमा निर्माण सम्पन्न हुनेछन् । विराटनगर र हेटौडाको थर्मल प्लान्टसमेत गरी हाल कुल जडित क्षमता ७ सय ३५ मेगावाट छ । यी आयोजना निर्माण भएपछि जडित क्षमता बढेर झन्डै १ हजार १ सय मेगावाट पुग्नेछ । आगामी पााच वर्षपछि विद्युत् उत्पादन तीन गुणा बढेर दुई हजार मेगावाट पुग्नेछ । सरकारले हालसम्म स्वदेशी र विदेशी गरी ५७ प्रवर्द्धकलाई एक हजार ८ सय ४० मेगावाट विद्युत् उत्पादन गर्न लाइसेन्स दिइसकेको छ । त्यस्तै, ५७ प्रवर्द्धकले दुई हजार नौ मेगावाट उत्पादनका लागि आवेदन दिएका छन् । राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण भए यो क्षेत्रमा थप लगानी आउने स्वतन्त्र ऊर्जा उत्पादक संस्था -इपान) का अध्यक्ष डा. सुवर्णदाश श्रेष्ठ बताउाछन् । निजीक्षेत्र जलविद्युत् विकासमा सरकारसाग हातेमालो गरेर अघि बढ्न तयार रहेको उनको भनाइ छ । केही कमाउने उद्देश्यका साथ निजीक्षेत्र जलविद्युत्मा लगानी गर्न अग्रसर भएको बताउादै श्रेष्ठ भन्छन्, ‘यसलाई निरन्तरता दिन सरकारले आकर्षण पीपीए दर दिनुपर्छ ।’ निर्माण सम्पन्न भएका अधिकांश आयोजनाले आकर्षक पीपीए दर नपाएकाले अझै नोर्सानमा रहेको उनको भनाइ छ । ‘त्यस्तै, प्रसारणलाइन निर्माणमा गति नआउादा यसको सीधा असर लगानीकर्तामा परेको छ,’ उनले भने, ‘प्रसारणलाइन निर्माण अगावै धेरै आयोजना निर्माण सम्पन्न हुने अवस्थामा छन्, त्यसैले सरकारले प्रसारणलाइनको काम थालिहाल्नुपर्छ नत्र बिजुली खेर जाने सम्भावना त्यत्तिकै रहन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]