नेपाल-भारत गृहसचिवस्तरीय बैठक चैत १ देखिनेपाल-भारत गृहसचिवस्तरीय बैठक चैत १ देखि

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । नेपाल-भारत गृहसचिवस्तरीय बैठक आगामी चैत १ र २ गते हुने भएको छ । बैठकमा अन्तरसीमा अपराध नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन, आपराधिक समूहका गतिविधिको निगरानीसम्बन्धी सूचना आदान-प्रदानबारे विचार-विमर्श हुने बताइएको छ । विगतका बैठकमा भएका सहमतिको समीक्षा, प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण, गृह मन्त्रालय र मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको क्षमता अभिवृद्धिलगायत आपसी हित र चासोका विषयमा पनि बैठकमा छलफल हुने गृहसचिव नवीनकुमार घिमिरेले जानकारी दिए । सो बैठकमा भाग लिन सत्र सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतका केन्दि्रय गृहसचिव आरके सिंह यही फागुन ३० गते यहा आउने भएका छन् । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, परराष्ट्र, गृह मन्त्रालयका वरिष्ठ अधिकृतका साथै प्रहरी महानिरीक्षकहरु सहभागी हुने सचिव घिमिरेले जानकारी दिए । यसअघि उक्त बैठक नयाादिल्लीमा भएको थियो । द्विपक्षीय शान्तिसुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै मुलुकबीच सहसचिवस्तरमा पनि एक संयन्त्र स्थापना भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]