गण्डक पीडितले आन्दोलन गर्ने

२०६९ चैत्र २५ गते, आईतवार

काठमाण्डौं । गण्डक पीडितहरूले गण्डक बाँधअर्न्तर्गत ए गैप र बी गैप बाँध जोड्ने नयाँ लिंक बाँधको अधुरो काम १५ दिन भित्र सुचारु गर्न मा ग गरेका छन् । नवलपरासीमा गण्डक नदीको बाढीबाट वर्षनी डुबानमा पर्ने कुडिया गाविसका गण्डक नदी नियन्त्रण संर्घष्ासमितिका अध्यक्ष श्री रामबरण केवटको संयोजकत्वमा गएको गण्डक पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकलाई भेटी यस्तो माग गरेका छन् । १५ दिन भित्र लिंक बाँधमा रहेको पुल र हृयूम पाईपमा फाटक हाल्ने तथा वडा नं ९ का डुबान क्षेत्रमा पानी निकासका लागि कुलो खन्ने कार्यशुरु नगरे कडा संर्घष्ाको कार्यक्रम घोषणा गरी आन्दोलन गण्डक पीडितहरूले गर्न चेतावनी दिएका छन् । ए गैप बाँध र बि गैप बाँधको बीचमा रहेको यस क्षेत्रमा वर्षोनी नारायणी नदीले कटान र डुबान गर्ने गरेकोले २०६५ सालमा भएको गण्डक आन्दोलनको माग अनुसार भारतीय दुताबासको सहयोगमा नयाँ लिंकबाँधको निर्माण शुरु गरिएको थियो । तर बाँधमा रहेको पुल र हृयूमपाईहरूमा पानी रोक्ने फाटक नराखिदा बाढीको पानी गाउँमा पस्ने र पानी निस्कन नपाउँदा धेरै धनजनको क्षतिहुने कुडिया गाविसका निवर्तमान अध्यक्ष प्रेमचन्द गुप्ताले बताए ।
डुवानले वर्षोनी पुरै वडानै डुब्ने गरेको छ, जसबाट ३०० भन्दा बढी घर र बालीनाली डुब्ने गरेको छ । सो क्रममा प्रजिअ लेखकले छिटोभन्दा छिटो काम शुरु गर्न सिंचाई मन्त्रालय, गृह मन्त्रालय र सिंचाई डिभिजन सेमरीमा पत्राचार तथा समन्वय गर्न आश्वासन दिए ।

प्रतिक्रियाहरु

[anycomment]