बहिरालाई पनि सवारी चालक अनुमतिपत्र देउ: सर्वोच्च

२०६९ चैत्र २९ गते, बिहीबार


काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरु कल्याण श्रेष्ठ, गिरिषचन्द्र लाल र सुशीला कार्कीको बिहीबारको विशेष इजलाशले बहिरालाई पनि सवारी चालक अनुमतिपत्र दिन आदेश दिएको छ । पूर्व सभासद् राघववीर जोशीसहित तीन जनाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले बहिराका पक्षमा यस्तो ऐतिहासिक फैसला गरेको हो । जोशी नेकपा संयुक्तबाट समानुपातिकको रुपमा सभासद् भएका थिए । उनी बहिरा हुन् । सर्वोच्चले सवारी तथा यातायात ऐन २०४९ को दफा ४७ को खण्ड (ङ) मा संशोधन र सुधार गर्नु र अन्य भौतिक एवं व्यवस्थापकीय हकको कुरामा पनि एक वर्र्षभित्र प्राथमिकता साथ सुधार गरी सवारी चालक प्रमाणपत्रको लागि लिइने परीक्षणबाट सफल हुने बहिरोपनबाट प्रभावित व्यक्तिहरुको हकमा सवारी चालक अनुमतिपत्रसम्बन्धी निर्णय गरिदिन भनी विपक्षीहरुको नाममा निर्देशात्मक आदेश जारी गरेको छ ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापिका संसद् सचिवालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार