उपसचिवको उपद्रो

२०७० बैशाख २ गते, सोमबार


काठमाडौ । जिल्ला प्रशासन कार्यालय ललितपूरका उपसचिव भवनाथ भट्टराई सरकारी गाडी र चालकसहित क्यासिनो खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । नयाँ वर्ष मनाउने क्रममा उपसचिव भट्टराई शनिबार मध्यराति रोयल क्यासिनोको जुवा खालबाट पक्राउ परेका हुन् । क्यासिनो प्रवेशमा नेपालीलाई निषेध गर्ने गृह मन्त्रालयकै एक अधिकारी सरकारी गाडिसहित क्यासिनोबाट पक्राउ परेका हुन् । भट्टराई ललितपूरका प्रशासनका उपसचिव हुन् । जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक कुमुद ढुङ्गेल नेतृत्वको टोलीले उपसचिव भट्टराईलाई खालबाटै पक्राउ गरेको हो । छापामा संलग्न एक प्रहरीका अनुसार शुक्रबार राति ३ बजे जुवा खेलिरहेको अवस्थामा उपसचिव भट्टराईसंगै रोयल क्यासिनोबाट ऋनय चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पश्चात छानविन गर्दा ललितपूर जिल्ला प्रशासन कार्यालयमा कार्यरत उपसचिव भट्टराई रहेको खुलेको थियो ।
प्रहरीले निगरानी गरिरहेको अवस्थामा उनी सरकारी गाडीसहित रोयल क्यासिनो प्रवेश गरेको एक घण्टा सम्म बाहिर ननिस्केपछि जुवा खालबाटै पक्राउ गरिएको बताइएको छ । “हाम्रा एकजना ठूला मानिस जुवा खेल्न आउनुभएको छ, उहाँको सुरक्षका लागि म आएको हुँ ” भन्दै क्यासिनो प्रवेश गरेका प्रहरी निरीक्षक ढुँगेलले उनको तस्बिरसमेत लिन भ्याएका थिए । भाइ मेरो फोटो अलि नराम्रो होला राम्रोसंग खिच्नु प्रहरीले उनको तस्बिर लिने क्रममा उपसचिव भट्टराईले भनेका थिए । अत्यधिक मादक पदार्थ सेवन गरेका उपसचिव भट्टराईले आफू ललितपूरको सहायक प्रजिअ भएको र चेकिङमा कोही नआउने र आए पनि बाहिरबाटै जाने बताएका थिए । आफू कहिलेकाँही मात्र क्यासिनोमा छिर्ने गरेको बताउँदै उम्किन खोजेका उपसचिव प्रहरी निरीक्षकले भ्यानमा राखी क्यासिनोमा नेपालीले खेल्न पाँईदैन भन्ने पनि तपाईहरु अनि तपाईहरु नै क्यासिनोमा खाएर खेल्ने भन्दै भ्यानमा राखेपछि बल्ल् आफू पक्राउ परेको होस पाएका थिए ।
प्रहरी परीसर प्रमुख रणबहादुर चन्दले पक्राउ परेका सम्पूर्णलाई जुवा ऐनअनुसार कारवाही गरिने जनाएका छन ।सामान्य आर्थिक हैसियत भएका भट्टराई क्यासिनोमा छिरेकोमा जुवा ऐनअनुसार मात्र नभई सार्वजनिक अपराधको मुद्या लगाएर समेत कारवाही गर्न सहिने प्रहरी परिसरस्रोतको भनाई रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]