क्षतिपूर्तिसहितको नागरिक सेवा सुरु

२०७० बैशाख २ गते, सोमबार


काठमाडौ, । सरकारी कार्यालयमा पाउने सेवालाई सजिलो बनाउन र नागरिकको अठ्यारो कम गर्न क्षतिपूर्तिसहितको नागरिक सेवा आजदेखि सुरु भएको छ । सुशासन ऐन २०६४ को व्यवस्थाअनुसार गत २३ पुसमा मुख्यसचिब लीलामणि पौडेलको अध्यक्षतामा बसेको बैठकले देशका मुख्य सेवा प्रदायक सरकारी कार्यालय पहिचान गरी क्षतिपूर्तिसहितको सेवा दिन सुरु गर्ने निर्णय गरेको थियो ।यो सेवा सुरु भएपछि सेवाग्राहीले पहिलो पटक कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि कति बेला सेवा पाउने भन्ने तत्काल जवाफ दिनुपर्नेछ । सरकारले भनेको समयभित्र सेवा उपलब्ध नगराए त्यसको क्षतिपूर्ति नागरिकलाई दिनुपर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार