जिप्रकामै चोरी
काठमाडौ , जिल्ला प्रशासन कार्यालय काभ्रेको नागरिता फाँटको तीन वटा एलसिडी मोनिटर र एउटा कम्प्युटरको सिपियू गतराति चोरी भएको छ । झ्यालको ग्रिल उप्काएर चोर भित्र छिरेर चोरीभएको बताइएको छ । चोरी सोमबार राति भएपनि मंगलबार विहान कार्यलय खोल्ने बेलामा मात्र थाहा भएको थियो ।कम्युटर चोरी भएपछि नागरिता बनाउने सर्वसाधारण समस्यामा परेका छन् । चोरी गर्नेको खोजी भइरहेको काभ्रेका डिएसपी कृष्णजी अधिकारीले बताए ।