आज रामनवमी

२०७० बैशाख ६ गते, शुक्रबार


काठमाडौँ, । आज चैत्र शुक्लनवमी अर्थात ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ ।
असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ । आज काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । आजकै दिन उहाँको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म– –वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ ।

प्रतिक्रियाहरु

[anycomment]