८० हजार भुटानी शरणार्थी तेस्रो देशमा पुनःस्थापित
काठमाडौँ । भुटानबाट विस्थापित भई झापाका शरणार्थी शिविरमा आश्रय लिइराखेका नेपाली मूलका करिब ८० हजार शरणार्थी विश्वका विभिन्न आठ देशमा पुनःस्थापनाअर्न्तर्गत नयाँ जीवनयापन गरिराखेका छन् । अमेरिका, अष्टे्रलिया, क्यानडा, डेनमार्क नेदरल्यान्ड, न्युजल्यान्ड, नर्वे र बेलायतमा गरी हालसम्म ७८ हजार ५१९ शरणार्थी पुनःस्थापन गरिएको शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोग र अन्तर्रर्ााट्रय आप्रवासीसम्बन्धी सङ्गठनद्वारा आयोजित कार्यक्रममा जानकारी दिइयो । तीमध्ये सबैभन्दा बढी अमेरिकामा ६६ हजार २४३, अष्टे्रलियामा चार हजार १९१, क्यानडामा पाँच हजार ३७६, डेनमार्कमा ७४९, नेदरल्यान्डमा ३२६, न्युजिल्यान्डमा ७४७, नर्वेमा ५४६ र बेलायतमा ३५० रहेका छन् । तेस्रो देशमा करिब एकलाख भुटानी शरणार्थी पुनःस्थापन गर्न लक्ष्यअनुरुप ती शरणार्थीलाई ती देशमा पुनःस्थापन गर्नसकिएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा नेपालमा लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले भुटानी शरणार्थीलाई पुनःस्थापन गर्न आफ्नो देशले सहयोग गर्नपाएकामा खुसी व्यक्त गर्न शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोगका नेपाल प्रतिनिधि डाइने गुडम्यान र अन्तर्रराट्रय आप्रवासीसम्बन्धी सङ्गठनका बुसाटी मायुरिजियोले एकलाख भुटानी शरणार्थीलाई तेस्रो देश पुनःस्थापन गर्ने लक्ष्य रहेको बताए ।