विश्व श्रमिक स्मृति दिवस मनाइदै
काठमाडौं ,आज २८ अप्रिल बिभिन्न कार्यक्रम गरि विश्वभर श्रमिक स्मृति दिवस मनाईंदैछ । कामका क्रममा ज्यान गुमाएका, घाइते, अपाङ्ग र अस्वस्थ भएकाहरुको सम्झनामा यो दिवस मनाउँन थालिएको हो । यो दिवसलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवसका रुपमा पनि मनाउने गरिएको छ । दिवसको नारा ‘व्यवसायजन्य रोग निवारण नारा’ तय गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओका अनुसार विश्वभर व्यवसायजन्य रोग श्रम सम्बद्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ ।
विश्वभर वर्षेनी २३ लाख ४० हजार श्रमिकको कामका सिलसिलामा ज्यान जाने गरेको छ । जसमध्ये व्यवसायजन्य दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख २१ हजार रहेको छ भने बाँकी श्रमजन्य रोगका कारण ज्यान गुमाउने रहेका छन् । दुर्घटनामा परेकाहरुको क्षतिपूर्ति, स्वास्थ्य उपचार, पुनस्र्थापना र अपाङ्गताका लागि हुने खर्चको आर्थिक बोझ विश्वभर निकै धेरै रहेको छ ।