एडिडासको ओल्ड सुज एक्सचेञ्ज योजना
काठमाडौं । एडिडासको नेपालका लागि आधिकारीक विक्रेता रुट्स फेशन प्रालीले बुधबारदेखि ‘ओल्ड सुज एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ । अब पुराना जुत्ताहरु पनि एडिडासका नयाँ जुत्तासँग एक्सचेञ्ज गर्न पाइने भएको छ ।योजना अन्र्तगत ग्राहकहरुले पुराना जुत्ता ल्याएर एडिडासका नयाँ जुत्ता खरिद गर्दा १ हजार ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले राजधानीमा रहेका एडिडासका ९ वटा शो-रुममा योजना लागु हुने जनाएको छ । योजना झण्डै डेढ महिनासम्म सञ्चालन हुनेछ ।संकलन भएका पुराना जुत्ताहरु कम्पनीले माइती नेपाललाई हस्तान्तरण गर्ने जनाएको छ । कम्पनीका अनुसार माइती नेपालले जुत्ताको समेत पहुँच नपुगेका गरिव तथा दिन दुखीहरुलाई संकलित जुत्ताहरु हस्तान्तरण गर्नेछ ।